मेरो समाचार

आन्दोलन प्रचण्डलाई प्रधानमन्त्री बनाउन कि अदालतलाई प्रभावित पार्न ?
- पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटन सदर हुने कि बदर हुने भन्ने बारेमा अब अन्तिम निर्णय गर्ने अधिकार सर्वोच्च अदालतको ‘कोर्ट’ मा पुगेको छ ।
- चण्डनिकट प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै पत्रकार नारायण वाग्लेले प्रश्नसमेत गरेका थिए, ‘के प्रचण्डलाई प्रधानमन्त्री बनाउनका लागि यो आन्दोलन गरिरहेको हो ? यदि त्यो व्यक्ति परिवर्तनका लागि आन्दोलन हो भने हामी समर्थन गर्न सक्दैनौं ।’
- प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा बहसका क्रममा छ । तर ओलीसँग पुनर्स्थापनाको माग राखेर आन्दोलन गरिरहेका छन्, यदी ओलीसँग पुनर्स्थापनाको माग गरेका होइनन् भने अदालतलाई सडक प्रदर्शन गरेर दबाब दिन मिल्छ ?
१५ घण्टा पहिले

नेकपा विभाजनमा दर्जनौं समस्या, प्रचण्डले आफ्नै पत्र सच्याए
- ओली र प्रचण्ड दुवैले पार्टी विभाजन भएको भन्दै आधिकारिकताको दाबी अहिलेसम्म गरेका छैनन्।
- पार्टी विभाजनका लागि राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ अनुसार दावी गर्नुपर्नेमा दफा ५१ अनुसार अद्यावधिक मात्रै गराएको पत्राचार गरेपछि आयोग अन्यौलमा परेको छ।
- एकीकरण भएका पार्टीलाई पाँच वर्षसम्म प्रतिबन्ध लाग्ने धारा ३३ (३)मा उल्लेख भएकाले त्यो नेकपाको हकमा पनि लागु हुन सक्ने कानुनविद्हरूको भनाइ छ।
बुधबार, माघ ७, २०७७

देउवा पुनः शक्तिशाली हुने कांग्रेसका नेताहरूको डर
- नेकपा विभाजन भएको अवस्थामा मध्यावधि निर्वाचनमा भाग लिँदा कांग्रेस स्वतः ठूलो पार्टी बन्ने देखिएको छ ।
- देउवा मध्यावधि निर्वाचनमार्फत पार्टीलाई ठूलो बनाई ‘बिग्रिएको छवि’ सुधार गरेर महाधिवेशनबाट पुनः नेतृत्वमा पुग्ने दाउमा छन् ।
- सभापति र महामन्त्रीका दाबेदार मानिएका प्रायः सबैजसो नेता प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा राजनीतिक माहौल बनाएर देउवालाई थप कमजोर बनाउने रणनीतिमा छन् ।
बुधबार, माघ ७, २०७७

माघ ९ को प्रदर्शनलाई ‘हिंसात्मक’ बनाउन चाहन्छन् प्रचण्ड ?
- प्रचण्डले घेरा तोडने, लाठी खाने भन्दै आन्दोलन ‘ननभेज’ बनाउने घोषणा गरे पछि सर्वत्र चिन्ता छाएको छ
- युवा र बिद्यार्थी दुवैको भेलामा पुगेर आवेश र आक्रोशसहित प्रदर्शनमा सहभागी हुन प्रचण्डको निर्देशनले सुरक्षा संवेदनशिलता बढाएको छ
- माघ ९ को प्रदर्शन हिसांत्मक हुन सक्ने भन्दै गृह मन्त्रालयले सुरक्षा सर्तकता बढाउने भएको छ
मंगलबार, माघ ६, २०७७

निर्वाचन आयोगलाई प्रधानमन्त्रीको जवाफ : पार्टी विभाजन भएको छैन, पेश गरे दर्जन बढी प्रमाण
- निर्वाचन आयोगले पार्टीको ‘राजनीतिक विभाजन’पछि सोधेको प्रश्नको जवाफ दिदै नेकपाका प्रथम अध्यक्ष ओलीले आयोगमा पत्रचार गर्ने अधिकार आफूलाई मात्रै भएको भन्दै प्रचण्डको पत्रको खारेजीको माग गरेका छन्।
बुधबार, पुस २९, २०७७

प्रचण्डमा तीव्र एमालेकरण, फेरि पनि दोस्रो तहका अध्यक्ष
- अब माधवजीलाई प्रथम अध्यक्ष मान्न मलाई कुनै सङ्कोच छैन।
- नेकपाको असन्तुष्ट समूहमा प्रचण्डको बहुमत छ।
- एमालेपंक्ति जोगाउन रणनीतिक रुपमा लागेका प्रचण्डले जबज पनि मान्ने संकेत गरेका छन्।
बुधबार, पुस २९, २०७७

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा : संवैधानिक इजलासबाट पूर्ण इजलासमा लैजाने कानुन नै छैन
- सर्वोच्च अदालतसबन्धी नियमावली संशोधन गर्न सके मात्रै संवैधानिक इजलासबाट पूर्ण इजलासमा लैजान सकिने तर नियमावली संशोधन नगरी लैजान कानुनी बाटो नभएको सर्वोच्चका एक वरिष्ठ अधिकारीकाे भनाइ।
- ‘‘श्रीमानले पूर्ण इजलासमा लैजाऊँ त भन्नुभयो तर मैले बोकेर लान मिलेन, त्यसका लागि कानुनी प्रबन्ध नै छैन, त्यो कानुन त परै जाओस्, संविधानले पनि परिकल्पना गरेको छैन,’’ प्रधानन्यायाधीश राणाको जवाफ थियो।
- संविधानको व्याख्या गर्ने अधिकार संवैधानिक इजलासको भएको भन्दै पूर्ण इजलासप्रति प्रधानन्यायाधीश राणाले ‘रेड सिग्नल’ देखाइदिएका छन्।
बुधबार, पुस २९, २०७७

दोहोरो नागरिकता लिएर नेपालमा गैरकानुनी व्यवसाय गर्दै ‘भारतीय व्यापारी’
- हाजिपुर, वैशाली बिहारका सोमेशकुमारले वीरगञ्ज-७ बाट जन्मको आधारमा नागरिकता लिएको खुलेपछि गृह मन्त्रालयमा उजुरी परेको छ।
- उजुरी परेलगत्तै मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले पर्साका प्रजिअ आशमान तामाङलाई छानबिन गर्न निर्देशन दिएका छन्।
- दोहोरो नागरिकता र गैरकानुनी रूपमा व्यवसाय गरेको भन्दै उनीमाथि दुवैतर्फबाट छानबिन सुरू भएको छ।
बुधबार, पुस २२, २०७७

संविधानले नै गरेको छ प्रतिनिधिसभा विघटनपछि उठेका पाँच प्रश्नको खण्डन
- प्रतिनिधिसभा विघटनको सिद्धान्तलाई संविधानले स्वीकार गरेको छ, ७६, ८५ र १११ लगायतका धाराले त्यसलाई पुष्टि गरेका छन्।
- प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई मात्रै हुन्छ। संसदीय प्रणाली भएका सबैजसो देशमा यो प्रचलन छ।
- अल्पमतको अवस्थामा भए मात्रै वैकिल्पक सरकारको सम्भावना रहन्छ, तर बहुमतप्राप्त सरकारले प्रतिनिधिसभा विघटन गरेको अवस्थामा वैकिल्पक सरकार बन्न सक्ने अवस्था छैन।
मंगलबार, पुस २१, २०७७

प्रचण्ड-नेपाल समूहले गरेका चार भूल, जसले प्रतिरक्षात्मक बनायो
- प्रतिनिधिसभा विघटन भएको तीन घन्टापछि अविश्वासको प्रस्ताव दर्ता गराउने काम प्रचण्ड-नेपाल समूहले गरेको थियो।
- संसदीय दलका नेता नभई प्रधानमन्त्री र मुख्यमन्त्रीमा दाबी गर्न पाइँदैन भन्ने सामान्य ज्ञान लिएको देखिएन।
- वैकल्पिक उम्मेदवार भन्दै प्रधानमन्त्री र मुख्यमन्त्रीमा दावेदारी गरेपछि मात्रै संसदीय दलका नेता चयन गरेर उल्टो काम गरिएको थियो।
आईतबार, पुस १९, २०७७

प्रचण्ड-नेपाल समूहलाई चौतर्फी ‘रेड सिग्नल’, आन्दोलन अन्यौलमा
- भारतबाट भएका चार ‘हाई प्रोफाइल भिजिट’का सदस्यले प्रचण्ड–नेपाल नभेटी फर्केका थिए, जसले उनीहरूको चिन्ता बढाएको थियो।
- शान्ति प्रक्रिया र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भारतले गरेको सहयोगझैँ प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सहयोग नगरेकोमा आश्चर्य व्यक्त गरेका छन्।
- चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग उपमन्त्री चौलेको टोलीले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि दबाब देओस् भन्ने चाहना व्यक्त गरे पनि ‘आन्तरिक मामिला’ भन्दै पन्छिएको छ।
बिहिबार, पुस १६, २०७७

दलहरूको आन्दोलन क्रमशः शिथिल, निर्वाचन केन्द्रित कार्यक्रममा ध्यान
- नेमकिपाको कुनै आन्दोलन छैन, राप्रपाद्वारा ताजा जनादेशका लागि कार्यक्रम सुरू।
- कांग्रेसले संसद् पुनर्स्थापनाको माग नै राखेन, निर्वाचन केन्द्रित कार्यक्रम सुरू, जसपा आन्दोलन कि निर्वाचन भन्ने निर्णयमा पुग्न सकेन।
- प्रचण्ड-नेपाल समूहले आन्दोलनको कार्यक्रम घोषण गर्ने जनाए पनि अन्तिममा रोकिए।
बिहिबार, पुस १६, २०७७

प्रचण्ड-नेपाल समूहबाट सहकर्मीहरूमाथि ‘दुश्मनझैँ’ कारवाही, ओली नरम
- प्रचण्ड-नेपाल समूहद्वारा ओलीलाई अध्यक्ष र संसदीय दलबाट निष्कासनको घोषणा भएको छ, तर ओलीले कसैलाई निष्कासन गरेका छैनन्।
- प्रचण्ड-नेपालले ओलीनिकट मुख्यमन्त्रीविरुद्ध धमाधम अविश्वासको प्रस्ताव दर्ता गरिरहेका छन्। तर ओली पक्षले आफ्नै पार्टीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने योजना बनाएका छैनन्।
- प्रचण्ड-नेपाल समूहविरुद्ध चर्को आलोचना नगर्ने तर राजनीतिक विभाजनसम्मका घटनाक्रमबारे भने कार्यकर्तालाई बुझाउने योजनामा ओली लागेका छन्।
मंगलबार, पुस १४, २०७७

प्रचण्ड-नेपाल समूहको महासचिवमा विवाद कायमै, पूर्व एमालेले नपाउने सम्भावना!
- प्रचण्ड-नेपाल समूहमा महासचिवका लागि पूर्व एमालेका सुरेन्द्र पाण्डे, भीम रावल, घनश्याम भुषाल तथा पूर्व माओवादीका कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्माको दाबी छ।
- प्रचण्ड-नेपाल समूहमा सांसद र केन्द्रीय सदस्य पनि पूर्व एमालेको भन्दा बढी संख्यामा भएकाले महासचिव आफ्नो पक्षको हुनुपर्ने माओवादीको दाबी छ।
- पूर्व माओवादीमा महासचिव नपाए भोलि एमालेहरूले अप्ठयारो पार्ने बुझाईका कारण महासचिव चयन प्रकृया पेचिलो बनेको हो।
मंगलबार, पुस १४, २०७७

प्रचण्ड-नेपाल समूहले महासचिव चयन विषय कार्यसूचीबाट हटायो, महासचिवमा ६ जना नेताको दाबी कायमै
- प्रचण्ड-नेपालले सुरेन्द्र पाण्डेलाई महासचिव बनाउन तयार भए पनि अन्यको आपत्ति
- पूर्वएमालेबाट भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषालको दाबी प्रस्तुत
- पूर्वमाओवादीबाट कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्माको दाबी प्रस्तुत
बिहिबार, पुस ९, २०७७

नेकपा, राप्रपा र नेमकिपा निर्वाचनमा जान तयार, कांग्रेस-जसपा-जनमोर्चा अन्योलमा, प्रचण्ड-नेपाल समूह विरोधमा
- ओली नेतृत्वको नेकपा र राप्रपाभित्र चुनाव केन्द्रित छलफल सुरु, नेमकिपाद्वारा निर्वाचनका लागि तयार रहेको जनाउ।
- नेपाली कांग्रेस, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाभित्र निर्वाचन र संसद् पुनस्र्थापनाका बारेमा आधा–आधा मत प्रकट भएको छ, निर्णयमा पुग्न अझै सकेका छैनन्।
- प्रचण्ड–नेपाल समूह निर्वाचनको विरोधमा, संसद् पुनर्स्थापनाको अजेन्डामा अडिग।
बिहिबार, पुस ९, २०७७

पूर्वएमालेका १२१ मध्ये ८२ सांसद ओलीसँगै, नेता नेपाल ३९ सांसद लिएर प्रचण्डसँग (सूचीसहित)
- गत मंगलबार राजनीतिक रूपमा विभाजन भएका तथा अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने संख्यालाई आधार बनाउँदा पूर्वएमाले समूहमा अध्यक्ष ओलीको पल्लाभारी देखिएको छ भने सांसद सदस्य संख्याको हकमा नेपाल समूह अल्पमतमा परेको छ।
- ओलीविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर नगर्ने घनश्याम भुषाल र योगेश भट्टराई भने नेपालसँग प्रचण्डले नेतृत्व गरेको अर्को नेकपाको समूहमा लागेका छन्।
- प्रत्यक्ष निर्वाचितमध्ये ५४ जना र समानुपातिकबाट निर्वातमध्ये २६ जना सांसद ओलीसँगै रहेका छन्।
बुधबार, पुस ८, २०७७

माधव नेपालले किन मानेनन् ओली-प्रचण्ड बीचको सहमति ?
- नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले ओली-प्रचण्डबीचको सहमतिलाई निजी र व्यक्तिगत सहमति भनेका छन्।
- नेपाल जसरी पनि राष्ट्रपति कार्यालयमा संसदको विशेष अधिवेशनको बोलाउन मागको निवेदन दर्ता गराएर ओलीलाई बाध्य बनाउने पक्षमा थिए।
- ओली-प्रचण्ड बिच सहमति भएर स्थायी कमिटीमा आए पछि नेपालले दुई नेताको सहमतिलाई घुमाउरो पारामा बिरोध गरेका छन्।
बिहिबार, पुस २, २०७७

प्रचण्ड, नेपाल र बाबुरामलाई नभेटी दिल्ली फर्किए भाजपा विदेश प्रमुख चौथाईवाले
- भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेले महन्थ ठाकुर र राजेन्द्र महत्तोलाई भेटे तर प्रचण्ड-नेपालसँग भेटघाट गर्न मानेनन्।
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका ‘विशेष दूत’ सामान्त गोयलको भ्रमणलाई राजनीतिकरण गरेकोमा भारत सरकार र भाजपा असन्तुष्ट, प्रचण्ड-नेपाल विश्वासिलो नभएका निष्कर्ष।
- जसपा नेपालको शीर्षस्थानमा बाबुराम भट्टराई छन्, उनीसँग भेट्न नमानेका भारतीयहरूले महत्तोलाई भने महत्त्व दिएको देखिन्छ।
शनिबार, मंसिर २७, २०७७

व्यक्तिगत विषयमा छलफल र राजनीतिक पूर्वाग्रही निर्देशन दिँदा संसदीय समिति प्रभावहीन
- राज्य व्यवस्था समितिले एकजना एआईजी बढुवामा छलफल चलायो, सदस्यहरूले आपत्ति गर्दा गर्दा सभापतिद्वारा रोकको निर्देशन
- शासन प्रणाली र देशको नाम फरक भन्ने थाहा पाउँदा पाउँदै कार्यान्वयन हुन नसक्ने निर्देशन जारी
- वाइडबडी खरीदकर्तालाई उन्मुक्ति र किस्ता तिरेर जहाज ल्याउनेलाई कारवाही गर्न लेखा समितिको निर्देशन विवादमा
बिहिबार, मंसिर २५, २०७७

ओली-प्रचण्डका पत्र कार्यसूचीमा नअट्ने, ‘सन्दर्भ सामग्री’का रूपमा राखिने
- प्रचण्डको ‘अभियोग पत्र’ र ओलीको ‘प्रत्युत्तर पत्र’ का बारेमा स्थायी कमिटीमा कार्यसूचीगत छलफल नहुने।
- स्थायी कमिटी सदस्य शंकर पोखरेलले दुवै पत्रलाई छलफलमा नलगी ‘सन्दर्भ सामग्री’को रूपमा राख्ने प्रस्ताव अघि सारेका छन्।
- पोखरेलको प्रस्तावमा प्रचण्डले ‘मौन स्वीकृति’ दिएको नेताहरूले बताएका छन्।
सोमबार, मंसिर २२, २०७७

ती चार घटना, जसका कारण प्रचण्डले आफ्नै ‘पत्र’ कार्यसूचीमा राख्न सकेनन्
- स्वतन्त्र न्यायपालिकामाथि प्रहार गरेकोमा मंसिर ९ गते क्षमायाचना गर्दै प्रचण्डले स्पष्टोक्ती दिएका छन्।
- केन्द्रीय कार्यालयको दुरुपयोग गरी ‘अभियोग पत्र’ प्रकाशन गरेकोमा उपाध्यक्ष बामदेव गौतमले समेत आलोचना गरे।
- लोगो र झन्डा दुरुपयोग गरेको भन्दै ओलीद्वारा अनुशासनको कारवाही भोग्नु पर्ने तर्कसहित ‘अभियोग पत्र’ र ‘प्रत्युत्तर पत्र’ छलफलको अजेन्डा नबन्ने अडान कायमै।
सोमबार, मंसिर २२, २०७७

प्रचण्ड-नेपाल रणनीति : महाधिवेशन सामना नगरी नेतृत्व हडप्ने
- महाधिवेशनवाट नेतृत्व चयन भएर आउन प्रचण्ड-नेपाल समूह डराएको ओली पक्षधरको आरोप
- महाधिवेशनबिनाको अध्यक्ष तथा गैरसंसदीय प्रक्रियाबाट प्रधानमन्त्रीलाई हटाउन खोजेकोमा नागरिक समाजको आपत्ति
- प्रचण्ड-नेपाल समूह पार्टी एकताको आधार भत्काउँदै बहुमत-अल्पमतको आधारमा निर्णय लिने प्रयास जारी
आईतबार, मंसिर २१, २०७७

ओली-प्रचण्डले एक अर्कालाई लेखेको पत्र कार्यसूचीमा अटेनन्, अध्ययन गर्न छाडियो
- प्रचण्डले नेतृत्व गरेको असन्तुष्ट समूहले ओली-प्रचण्डका पत्रलाई कार्यसूचीमा राखेर छलफल गर्ने जनाए पनि आजको बैठकमा अटेनन्।
- दुवै पत्र सात दिन अध्ययन गर्ने भन्दै स्थायी कमिटी सदस्यलाई वितरण गरिएको छ।
- बैठकले एक मात्र कार्यसूची ‘पार्टीका आन्तरिक समस्याबारे’ भन्ने मात्रै तय गरेर मङ्सिर २८ गतेसम्मलाई बैठक स्थगित गरेको छ।
आईतबार, मंसिर २१, २०७७

ओलीको निष्कर्ष : महाधिवेशन र निर्वाचनबाहिरबाट नेतृत्व लिने प्रयास गर्दा पार्टीमा समस्या
- प्रचण्ड-नेपाल समूह महाधिवेशनबाहिरबाट अध्यक्ष र निर्वाचनबाहिरबाट प्रधानमन्त्री हुने मोहका कारण नेकपामा समस्या सिर्जित भएको ओलीको आरोप।
- सहमतिका आधारमा अन्तरिम कमिटी सञ्चालन गर्ने एकताका आधार छाडेर अल्पमत र बहुमतमा गएर पार्टी विभाजनको आधार बनाएको ओलीको आरोप।
- प्रचण्डले नेतृत्व गरेको असन्तुष्ट समूहले विधि र प्रक्रिया सबै भुलेर गएको भन्दै विवेकपूर्ण निर्णय लिन प्रधानमन्त्रीको स्थायी कमिटी सदस्यसमक्ष आग्रह।
आईतबार, मंसिर २१, २०७७

नेकपा विग्रहको मूलकारण : प्रस्ताव र कार्यसूचीबिनाका सचिवालय बैठक
- हाल नेकपाको ५ वटा सचिवालय बैठक बसिसक्यो तर कुनै अजेन्डा, कार्यसूची र प्रस्तावहरू तय नगरी यसै बसेको देखिन्छ।
- कार्यकारी अध्यक्ष प्रचण्डको ‘अभियोग पत्र’ र प्रधानमन्त्री ओलीले दिएको ‘प्रत्युत्तर पत्र’ जस्ता शीर्ष नेताका व्यक्तिगत विवादमा सिंगो नेकपा रुमल्लिरहेको देखिन्छ।
- न सचिवालय बैठकले विकास र समृद्धिको विषयमा छलफल गर्यो, न पार्टी एकीकरणको बाँकी कार्यभार टुंग्याउने काम गर्यो, न त महाधिवेशनलाई सम्पन्न गराउने बारेमा छलफल गरेको देखियो।
शुक्रबार, मंसिर १९, २०७७

महाधिवेशनबाट नेतृत्व लिन प्रचण्ड-नेपाल किन तयार हुँदैनन्?
- ओलीले महाधिवेशनबाट लोकप्रियता परीक्षा गर्न प्रचण्ड-नेपाललाई ओपन च्यालेन्ज गर्दा पनि दुवै नेता मौन देखिएका छन्।
- सचिवालय र स्थायी कमिटीमा बहुमत पुर्याएर ओलीलाई एक पद छाड्न लगाउने योजनालाई ओलीले ‘हतारो र विधिसम्मत’ नभएको टिप्पणी गरेका छन्।
- न त ओलीले झैँ त्यागको प्रतिबद्धता प्रचण्ड-नेपालले गरेका छन्, न त महाधिवेशनमा जान आफू तयार रहेको जनाएका छन्, यही अन्योलका बीचमा सचिवालय बैठक कुदिरहेको छ।
बिहिबार, मंसिर १८, २०७७

ओली भन्छन्, ‘विकास र समृद्धिका अजेन्डामा छलफल गरौं’, प्रचण्ड-नेपाल भन्छन्, ‘अभियोग र प्रत्युत्तर पत्रलाई कमिटीगत छलफल गरौं’
- ओलीले जहिल्यै भन्दै आएका छन्, 'अजेन्डा र कार्यसूची तय गरेर मात्रै बैठक बसाऔं, त्यसो नगरिएकाले बैठकले बिग्रह मात्रै उत्पन्न गराउने काम गरिरहेका छन्।'
- बैठकमा महाधिवेशनको तयारी, विकास र समृद्धि हाँसिल गर्ने विषय, चीन र भारतसँग विकसित हुँदै गरेको सम्बन्धमा छलफल गर्नुपर्ने तर्क गर्दै आएका छन्।
- प्रचण्ड-नेपाल समूहले एक-अर्काप्रति लाञ्छना लगाईएका ‘अभियोग पत्र’ र ‘प्रत्युत्तर पत्र’लाई कमिटीगत छलफल गर्नुपर्ने तर्क गरिरहेका छन, जुन ओलीले मानेका छैनन्।
बुधबार, मंसिर १७, २०७७
.jpg)
लाञ्छानायुक्त आरोपमा छलफलको अजेन्डा नबनाऔं, महाधिवेशनमा केन्द्रित होऔं : प्रधानमन्त्री
- प्रधानमन्त्री ओली र प्रचण्डको प्रस्तावका बारेमा कमिटीगत छलफल गर्ने कि नगर्ने? भन्ने विवाद हल नगरी सचिवालय बैठक स्थगित।
- दुवैको प्रस्ताव पार्टीको अंग बनेको प्रचण्डको तर्क।
- ओलीले भने लाञ्छनायुक्त आरोप लगाएको, पार्टी केन्द्रीय कार्यालय र लोगो दुरूपयोग गरेको अभियोगमा प्रचण्डलाई अनुशासनको कारबाही गर्ने चेतावनी।
मंगलबार, मंसिर १६, २०७७
.jpg)
प्रचण्डले ‘जबर्जस्ती बोलाएको’ भन्दै भोलिको सचिवालय बैठकमा ओली नजाने
- यसअघि प्रचण्डले सहमतिबिना एकलौटी बैठक बोलाएको भन्दै आज धुम्बाराही गएका थिएनन्।
- आज पनि सहमतिबिना बुधबार १ बजे बोलाइएको बैठकमा ओलीले नआउने जानकारी दिएर बैठकबाट बाहिरिएका छन्।
मंगलबार, मंसिर १६, २०७७

जसपामा नयाँ विवाद : श्रीवास्तव ‘पार्टी विभाजन’को खेलमा, डा. यादव राजीनामाको ‘मुड’मा
- जसपा नेपालको ८०१ केन्द्रीय कमिटी हुँदा पनि ६ सांसद अटाउन नसकेपछि नयाँ विवाद सुरू।
- पर्साका सांसद विमल श्रीवास्तव पार्टी विभाजनको खेलमा लागेको केन्द्रीय कार्यालयमा रिपोर्टिङ।
मंगलबार, मंसिर १६, २०७७

प्रचण्डसामु दुई विकल्प : अभियोग प्रमाणित गरी ओलीलाई कारबाही गर्ने कि आफैंले माफी माग्ने!
- गम्भीर आरोप लागेको भन्दै आफू ‘आत्मालोचना’ गरेर उम्किन नसक्ने जनाउँदै ओलीले प्रचण्डलाई आरोप पुष्टि गरी राज्यको कानुन र पार्टीको विधानअनुसार कारबाही गर्न चुनौती दिएका छन्।
- ओलीले सार्वजनिक र लिखितरूपमा दिएको चुनौतीपछि प्रचण्डले कि त अभियोग प्रमाणित गरेर कारबाही गर्नुपर्ने हुन्छ, नत्र ओलीले भनेझैँ पार्टी विभाजनका लागि काम गरिरहेको स्वीकार गर्नुपर्ने हुन्छ।
सोमबार, मंसिर १५, २०७७

प्रचण्डलाई ओलीको चुनौती – म अध्यक्ष छाड्न तयार छु, तपाईँ तयार हो?
- मैले स्थायी कमिटीको बैठकमा औपचारिक रूपमै आगामी महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा नरहने र आगामी निर्वाचनपश्चात् प्रधानमन्त्री नबन्ने जानकारी गराइसकेको छु, योभन्दा बढी मैले के त्याग गर्नुपर्ने हो? – ओली
- म आज खुल्ला आह्वान गर्न चाहन्छु – त्यागको यो सिलसिला आजै सुरु गरौँ! बारम्बार सरकार र पार्टीको नेतृत्व गरेका कमरेडहरूले अब जिम्मेवारी नलिऔँ र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने घोषणा गरौँ! – ओली
शनिबार, मंसिर १३, २०७७

प्रधानमन्त्री र प्रचण्डबीच १९ सवाल-जवाफ
- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले गत कार्तिक २८ गते सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपाकै अर्का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लगाएको ‘अभियोग पत्र’को आज प्रधानमन्त्रीले ३८ पृष्ठ लामो लिखित जवाफ दिएका छन्।
शनिबार, मंसिर १३, २०७७

पार्टीमा विग्रह ल्याउने भन्दै प्रचण्डको प्रस्ताव खारेज गर्ने ओलीको भनाइ
- म कमरेडहरूलाई आग्रह गर्न चाहन्छु, पार्टीमा विग्रह निम्त्याउने कथित प्रस्ताव सचिवालय बैठकबाट खारेज गरौँ र पार्टीलाई २०७७ भदौ २६ गते स्थायी कमिटीले निर्माण गरेको सहज अवस्थामा फर्काऔँ, प्रधानमन्त्रीको लिखित भनाइ छ।
- प्रचण्डद्वारा ‘प्रस्ताव’ बैठकमा छलफल या परामर्श गर्नका लागि रितसमेत नपुगेको, तपाईंको नितान्त व्यक्तिगत असन्तुष्टि, सीमाहिन कूण्ठा र निहित स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो मात्रै भएको ओलीको निष्कर्ष।
शनिबार, मंसिर १३, २०७७

प्रचण्डले ‘आरोप पत्र’लाई पुस्तक बनाई तल्ला कमिटीमा पठाएपछि नेपाल असन्तुष्ट
- प्रचण्डले ‘राजनीतिक दस्तावेज’ भन्दै सचिवालय बैठकमा पेश गरेको ‘आरोप पत्र’ प्रकाशन गरेर तल्लो कमिटीमा पठाउन सुरु गरे।
- सचिवालय बैठकमा कुनै पनि निर्णय नभएसम्म जिल्ला कमिटी र प्रदेश कमिटीमा पठाउने कामले विभाजनतर्फ लैजाने नेपालको निष्कर्ष।
- माधव नेपालले पुस्तक रूपमा प्रकाशन गरी वितरण गर्ने काम रोक्न प्रचण्डलाई निर्देशन।
मंगलबार, मंसिर ९, २०७७

नेकपाको दोस्रो पुस्ता : न संयोजनकारी भूमिकामा, न नेतृत्वको आँट
- पछिल्ला आठ महिनामा थुप्रैपटक फुटको नजिक पुगे पनि नेकपाको डुंगा अहिलेसम्म सुरक्षित छ।
- मंसिर ३ को सचिवालय बैठकले १० दिनका लागि ‘फुट’ धकेलेको छ। तर एकजुट भइरहने ग्यारेन्टी गर्न सकेको छैन।
- दोस्रो पुस्ताबाट समाधानका उपायसहित नेतृत्वमै आउने गरी हस्तक्षेपकारी भू्मिका खेलोस् भन्ने पनि अपेक्षा थियो।
- दोस्रो पुस्ताका अधिकांश नेताहरूले मौन रहन सुरक्षित ठानेका छन्। कसैले बोलिहाले पनि आफ्नो गुटको डम्फु बजाउनमै शब्द खर्चेका छन्।
मंगलबार, मंसिर ९, २०७७

स्थायी कमिटीले जिम्मेवारी दिएका तीन काम बामदेवले पनि गरेनन्
- असोज महिनाभित्र सांगठानिक कार्ययोजना पेस गर्नुपर्ने भनिएको थियो, त्यो कार्ययोजना नै बनाएनन्।
- विवाद भएका जिल्ला र जनवर्गीय संगठनको समस्या हल गर्न विशेष टोली पठाउन निर्देशन दिएको थियो तर गौतमले पठाएनन्।
- सांगठानिक विवाद हल गर्नका लागि गौतमले सुरूआती छलफलसमेत नगरेपछि बैठकमा उनीमाथि प्रश्न उठाइने भएको छ।
७ घण्टा पहिले

नेकपाको दोस्रो पुस्ता परीक्षणमा: गणेश प्रवृत्तिमै रम्ने कि नेतृत्वमा हस्तक्षेप गर्ने ?
- प्रधानमन्त्री ओलीले दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर जानु पर्ने सार्वजनिक प्रस्ताव गरेका थिए।
- ६० प्लसको पहिलो पुस्ता देश चलाउन असफल भएको र नयाँ पुस्ता सक्षम मात्रै होइन, तयारी अवस्थामा रहेको राजनीतिक विश्लेषक श्याम श्रेष्ठको भनाइ छ।
- शंकर पोखरेल, जनार्दन शर्मा, प्रदीप ज्ञवाली, टोपबहादुर रायमाझी, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र विष्णुप्रसाद पौडेललगायतलाई नेकपाको नेतृत्वमा दाबी गर्न आग्रह गरिएको छ।
शुक्रबार, मंसिर ५, २०७७

तिक्तता बढाउन मैले अलग प्रस्ताव गरेको होइन : प्रचण्ड
बुधबार, मंसिर ३, २०७७

प्रचण्डको ‘राजनीतिक प्रस्ताव’ सचिवालयमै अलपत्र, छलफलसमेत भएन
- प्रचण्डको प्रस्तावमा प्रवेश नै नगरी सचिवालय बैठक १० दिनसम्मका लागि स्थगित
- मंसिर १३ को सचिवालय र मंसिर १८ को स्थायी कमिटीमा छलफलको अजेण्डा बन्न नसक्ने
बुधबार, मंसिर ३, २०७७

प्रचण्डलाई ओलीले भने, ‘लाञ्छानायुक्त आरोपका एक-एक जवाफ पाउनुहुन्छ’
- प्रचण्डको प्रस्तावलाई ‘राजनीतिक प्रस्ताव’मान्न प्रधानमन्त्रीद्वारा अस्वीकार
- प्रचण्डको आरोपमा तथ्यहीन, कुण्ठाग्रस्त र आधारहीन भएको प्रधानमन्त्रीको भनाइ
- मंसिर १३ गते बस्ने सचिवालय बैठकमा प्रधानमन्त्रीले एकल रूपमा राजनीतिक प्रस्ताव पेश गर्ने
बुधबार, मंसिर ३, २०७७

नेकपा सचिवालय भङ्ग गर्न महासचिव पौडेलको प्रस्ताव
- नेकपा सचिवालय अक्षम भएको महासचिवको निष्कर्ष
- सचिवालयको सांगठानिक संरचना कायम राखे नेकपा विघटनतर्फ जाने भनाई।
- सचिवालयको काम स्थायी कमिटीले गराउनु पर्ने पौडेलको जोड
बुधबार, मंसिर ३, २०७७

प्रचण्डजीले लगाएको आधारहीन लाञ्छानाको जवाफ व्यवस्थित र तथ्यपरक रूपमा दिनेछु : प्रधानमन्त्री
- कार्यकारी अध्यक्ष प्रचण्डले लगाएको आरोप स्वीकार गर्न नसक्ने भन्दै प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा व्यवस्थित रूपमा जवाफ दिने जनाएका हुन्।
बुधबार, मंसिर ३, २०७७

अन्तरिम विधान, कार्यविभाजन र स्थायी कमिटीको निर्णयविपरीत प्रचण्डको ‘प्रस्ताव’
- अध्यक्षद्धयको परामर्श मात्रै महासचिवले बैठकमा प्रस्ताव र कार्यसूची पेश गर्न सक्ने प्रावधान छ।
- अध्यक्ष र महासचिवसँग परामर्श नै नगरी अचानक प्रचण्डद्धारा ‘प्रस्ताव’ पेश भएपछि प्रधानमन्त्री ओलीको अस्वीकारोक्ति।
- कार्यकारी अध्यक्ष प्रचण्ड भने जसरी पनि छलफल गर्नुपर्ने अडानमा छन्।
मंगलबार, मंसिर २, २०७७

नेपाल र गौतमसमक्ष ओलीको गुनासो : प्रचण्डले काम गर्नै दिएनन्, बखेडा मात्रै झिकिरहे
- वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमसँग अलग-अलग भेटघाट।
- अब हुने मन्त्रीमण्डल पुनर्गठनदेखि महाधिवेशनको नेतृत्वसम्म छलफल।
- प्रचण्डका कारण पार्टी गम्भीर मोडमा पुगेको भन्दै सहमतिको वातावरण तयार पार्न नेताद्वयसँग आग्रह।
- प्रचण्डले जिम्मेवारी पाएको काम नगर्ने तर सरकारको काममा हस्तक्षेप मात्रै गरेको गुनासो प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसमक्ष राखेका छन्।
आईतबार, कात्तिक ३०, २०७७

नेकपा सचिवालय बैठक सम्पन्न : अन्तरपार्टी निर्देशका (अपानि) पढ्ने निर्णय
- प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले मंसिर ३ गतेसम्म सो अन्तरपार्टी निर्देशिनका अध्ययन गरेर आउने निर्णय गरेको छ।
शुक्रबार, कात्तिक २८, २०७७

सचिवालय बैठकमा जानुअघि प्रचण्डले गरे एक्लाएक्लै परामर्श
- सचिवालय बैठकमा जानुअघि अध्यक्ष प्रचण्डले बिहीबार र शुक्रबार सामूहिक रूपमा नभइ एक्लाएक्लै परामर्श गरेका हुन्।
- पत्रको जवाफ पत्रमा पाएपछि प्रचण्डले अन्तिममा उपाध्यक्ष बामदेव गौतमसँग राय लिएका थिए।
- गौतमले सचिवालय बैठकमा नरम भएर प्रस्तुत हुन प्रचण्डलाई सुझाव दिएको बुझिएको छ।
शुक्रबार, कात्तिक २८, २०७७

सचिवालय बैठकमा दुवैतर्फको साझा अजेण्डा : पत्रका सवालजवाफ!
- अजेण्डा नभएको भन्दै प्रधानमन्त्रीले सचिवालय बैठक बोलाउन अस्वीकार गरिरहेका थिए।
- प्रचण्ड नेतृत्वको असन्तुष्ट समूहले प्रधानमन्त्रीलाई आरोप लगाउँदै कात्तिक २२ गते पत्र पठाएर सचिवालय बैठक माग गरेको थियो।
- प्रधानमन्त्रीले कात्तिक २७ गते पत्रको जवाफ दिने क्रममा उल्टै प्रचण्डमाथि प्रतिप्रश्न गरेका थिए।
शुक्रबार, कात्तिक २८, २०७७

कांग्रेसमा नेतृत्व हस्तान्तरण बहस : ‘टेस्टेड’लाई दोहोर्याउनु भन्दा ‘अनटेस्टेड’लाई मौका दिन सुझाव
- ‘टेस्टेड’ भन्दा ‘अनटेस्टेड’ व्यक्तिले सफल नेतृत्व गर्ने भएकाले नयाँलाई प्राथमिकता दिनुपर्ने बहस सुरू।
- अहिलेको ६० प्लसको पुस्ता असफल भएको राजनीतिक विश्लेषक श्याम श्रेष्ठको भनाई।
- नयाँ पुस्ता तयार छ, तर उनीहरुलाई अवसर छैन भन्ने मतको मात्रा बढी।
बिहिबार, कात्तिक २७, २०७७