२०७७ कात्तिक ११, मंगलबार

ब्राण्ड बन्दै संकटमा थालेको पौरखी प्रयास (भिडिओसहित)

काठमाडौं। कोरोना भाइरसको महामारी र त्यसकारण सिर्जित त्रास र लकडाउनले पूरा विश्वलाई ठप्प बनायो, कम्प्युटरमा पज बटम थिचेजस्तै गरी। 

मानिसहरूका दैनिक भौतिक गतिविधिमात्र होइन मानसिक रूपमा पनि जीवन पज मोडमा पुग्यो। महामारीबाट आफू, परिवार, समाज र पूरा मानव जातिलाई जोगाउनुपर्ने जिम्मेवारी कोरोना भाइरसले प्रत्येक व्यक्तिलाई बोकाएको थियो। साथमा जीवन चलाउन अत्यावश्यक उत्पादकत्व पनि कायम राख्नुपर्ने थियो। 

अधिकांशको तनमन सबै पज मोडमा पुगिसकेका बेला उत्पादकत्व र सिर्जनसिलताको अपेक्षा कसरी गर्नु ?

आम सर्वसाधारणले आफैसँग गरेको यो प्रश्न सबैका हकमा भने लागू भएन। कठिन परिस्थितिमै त हो, नवीनतम सोच, सिर्जनात्मक काम र पौरख गर्ने आँटले मानिसलाई सफलताको शिखर चढाउने। 

कुन समयमा कुन तरकारीको माग बढी हुन्छ र उत्पादन कम हुन्छ त्यो विचार गरेर खेति गर्नुपर्ने उनी बताउँछन्। ‘ग्रिन हाउस’ प्रविधिमा खेती गर्दा बेमौसमी तरकारी पनि उत्पादन गर्न सकिन्छ। प्रविधिको त्यही फाइदा उठाउन सके किसानले कृषिकर्मबाटै राम्रो आय आर्जन गर्न सक्ने बुझेका उनले त्यहीअनुसार खेती गर्ने गरेका छन्।

भक्तपुरको गाम्चामा एक सिर्जनशील पौरखी युवा खेम पौडेलले महामारी र त्यसबाट सिर्जित कठिन परिस्थितीमा अवसरको खोजी गरेर त्यस्तै उदाहरण दिए। कोरोना माहामारी र लकडाउनकै बीचमा उनले थालेको एउटा कृषिजन्य प्रयासले छोटै समयमा आधुनिक व्यावसायको रूप लिइसकेको छ।

पछिल्लो १० वर्षदेखि कृषि व्यवसाय गर्दै आएका पौडेल बजार पाउन सजिलो काठमाडौं उपत्यकामै पनि कृषि फार्म चलाउने योजनामा थिए। त्यसका लागि उनले लामाटारमा जग्गा भाडामा लिइसकेका थिए। तर लकडाउन सुरु भएपछि खाद्यान्न असुरक्षा महसुस गरेर जग्गाधनीले उनलाई जग्गा दिन अस्वीकार गरे। नयाँ ठाउँ खोज्दै जाँदा भक्तपुरको गाम्चामा उनले २० रोपनी जग्गा पाए र त्यहीँ तरकारी फार्म शुरू गरे।

“कृषिमा प्रचूर सम्भावना रहेको थाहा थियो। त्यही कारण पहिलादेखि नै एउटा योजना बनाएका थियौं। अचानकको महामारीले केही बाधा पार्‍यो। तर हामीले जोखिम मोलेर लकडाउनकै बीचमा फार्मको काम सुरु गरेका हौं,” आफूलाई ‘किसानी भाई खेम पौडेल’ भनेर चिनाउन रुचाउने उनी भन्छन्, “महामारीको त्रास र लकडाउनको अवस्थाले गर्दा काममा धेरै अप्ठ्यारो भयो। तर छोटो समयमा हासिल भएका उपलब्धिहरूबाट हामी उत्साहित छौं।”

लकडाउनकै बीच मध्य जेठमा गाम्चामा पौडेलले फार्म बनाउन थालेका थिए। तर बजार बन्द थियो, सवारी साधनहरू चलेका थिएनन्। फार्मका लागि बनाउनुपर्ने टनेल (ग्रिन हाउस) बनाउने कम्पनीहरू बन्द थिए। कामदार पाइँदैनथ्यो। तर योजना बनिसकेको थियो। जग्गा भाडामा लिइसकिएको थियो। अठोट भइसकेको थियो। यस्तोमा पौडेलको अठोटका सामु परिस्थितिको असहजता प्राविधिक मात्र बन्न सक्यो, उनको अभियानलाई रोक्न सकेन। 

“काम गर्ने मानिस नपाएपछि हामी आफै संरचना तयारीमा जुट्यौं। त्यसले हामीलाई आफै पनि गर्न सकिन्छ भन्ने आत्मविश्वास दियो, यो चाँही लकडाउनको फाइदा भयो,” उनले सुनाए, “फार्म सेटअप गर्ने कामसँगै हामीले काउली, ब्रोकाउली र गोलभेँडालगायतका तरकारीको विरुवा पनि राखेका थियौं। त्यसैले त साउनमा टनेल तयार हुँदा रोप्नका लागि हामीसँग विरुवा पनि थिए।”

पौडेलको फार्ममा अहिले साग, काँक्रो, काउली, भिण्डी, धनिया र गोलभेँडालगायतका तरकारी धमाधम उत्पादन भइरहेका छन्।

फार्मवाट सोझै भान्छामा 

फार्म तयार हुँदासम्म केही उत्पादन बिक्रीका लागि तयार भइसकेका थिए। तर लकडाउन/निशेधाज्ञाका कारण सबै बजार बन्द हुँदा कहाँ लगेर बेच्ने ? दश नङ्ग्रा खियाएर गरेको उत्पादन त्यत्तिकै खेर जाने त होइन ? जस्ता प्रश्नले पौडेललाई दिनरात सताइरहन्थ्यो।

तर जहाँ इच्छा, त्यहाँ उपाय भनेजस्तो उनले पनि बजारीकरणको स्वावलम्वी र सोझै उपभोक्तासम्म पुग्ने तरिका अपनाए, उपभोक्ताको ढोकैमा तरकारी पुर्‍याइदिने अर्थात ‘डोर टू डोर सर्भिस’। यसरी उपभोक्ताको ढोकैमा तरकारी पुर्‍याउँदा पौडेलले तरकारीलाई प्लास्टिकले र्‍याप गर्नुका साथै आफ्नै ब्राण्डमा तरकारीको लेभलिङ गर्ने गरेका छन्। जसले दुई थरी फाइदा भएको उनको अनुभव छ। 

“उपभोक्तासम्म ताजा अवस्थामै पुगोस भनेर हामीले केही मापदण्ड बनाएका छौं। सबभन्दा पहिला तरकारी टिपेपछि राम्ररी सफा पानीले धोइपखाली गरेर त्यसको ग्रेडिङ गर्छौ। त्यसपछि प्लास्टिकले र्‍याप गरेर ब्राण्ड ट्याग लगाउँछौं, अनि उपभोक्ताकहाँ पठाउँछौं,”

“बजार पठाउनुअघि हाइजिन मेन्टेन गर्दै आफैले प्याकिङ र लेभलिङ गर्ने सोच्यौं। यसो गर्दा उपभोक्ताले गुणस्तरीय सामान पाउने भए हाम्रो पनि ब्राण्ड स्थापित हुने भयो,” पौडेल उत्साहित भए, “यसैगरी किसान र उपभोक्ताबीचमा रहँदै आएको परम्परागत सप्लाईको चेन ‘डोर टू डोर सर्भिस’ ले भत्काउँदा उपभोक्ताले सस्तो मुल्यमा ताजा तरकारी पाउने र हामीले पनि उचित मुल्य पाउने भयौं।”

“कालीमाटीमा आज गोलभेँडा प्रतिकिलो मुल्य ६० रूपैयाँ छ भने किसानले ४० रूपैयाँ मात्र पाउँछन्। तर उपभोक्ताले त्यही चिज १५० रूपैयाँमा किन्नुपर्छ। तर अब हामीले ‘डोर टु डोर सर्विस’ दिँदा बारीबाट टिपेको तरकारी सोझै किसानले ७० रूपैयाँमा पाउँछन्,” उनले थप प्रष्ट्याए।

परम्परागत तरिकाले किसानको बारीबाट उपभोक्ताको भान्छासम्म तरकारी पुग्न धेरै चरण पार गर्नुपर्छ। किसानको बारीमा फलेका तरकारी सबभन्दा पहिला क्रेट वा बोरामा कोचिएर थोक बजार पुग्ने गर्छन। त्यहाँ खुद्रा व्यापारीले थुप्रै पटक त्यसलाई ओल्टाई पल्टाई गरेपछि छानेर आफ्नो पसलसम्म पुर्‍याउँछन्।

यसरी बारीबाट दुई चरणका बजार पुग्ने क्रममा गाडीमा ठोक्किँदै पुगेको तरकारीमा ताजापन पाउन सकिन्न, विभिन्न हातले ओल्टाई-पल्टाई गर्दा तथा गाडीमा कोचेर ओसार-पसार गर्दा सड्ने गल्ने समस्या पनि हुन्छ।

“उपभोक्तासम्म ताजा अवस्थामै पुगोस भनेर हामीले केही मापदण्ड बनाएका छौं। सबभन्दा पहिला तरकारी टिपेपछि राम्ररी सफा पानीले धोइपखाली गरेर त्यसको ग्रेडिङ गर्छौ। त्यसपछि प्लास्टिकले र्‍याप गरेर ब्राण्ड ट्याग लगाउँछौं, अनि उपभोक्ताकहाँ पठाउँछौं,” उनले थपे।

कोरोना महामारीको त्रासमा तरकारीलाई प्लास्टिकले र्‍याप गर्ने ‘आइडिया’ ले उपभोक्तालाई ढुक्क बनाएको उनको अनुभव छ। विदेशमा झै पहिल्यै ग्रेडिङ गरेर प्लास्टिकले र्‍याप गरेर तरकारी बेच्न राख्ने चलन पछिल्लो समय नेपालमै पनि केही डिपार्टमेन्ट स्टोर तथा मार्टहरूले गर्न थालेको उनले देखेका थिए। 

“तर किसानकै तहबाट भने हामीले शुरू गरेका हौं,” उनले भने, “यो प्रयासले किसानलाई पनि फाइदा हुन्छ। उपभोक्ताले पनि ढुक्कसँग ताजा तरकारी पाउँछन्। कोरोनाको त्रासमा रहेका बेला बजार नडुलिकन सोझै बारीबाट आउने तरकारीबाट संक्रमणको डर पनि तुलनात्ममक रूपमा कम हुन्छ।”

व्यवस्थित गरे कृषिमा सम्भावना धेरै छ 

व्यवस्थित र सुझबुझपूर्ण तरिकाले गरे नेपालमा तरकारी व्यवसाय नाफामुलक रहनेमा उनी विश्वस्त छन्। अझै पनि नेपालमा आवश्यक तरकारी उत्पादन नहुँदा विदेशबाट आयात गर्नुपरेको प्रशंग कोट्याउँदै उनी मागलाई ध्यानमा राखेर खेति गर्नुपर्ने सुझाव दिन्छन्।

“हामीले कालिमाटीको ५ वर्षको डेटा हेरेका छौं। कुन महीनामा कुन सामानको माग कति छ, कहाँ उत्पादन भइरहेको छ जस्ता कुराहरू हेरेर हामी योजना बनाउँछौं। यसो गर्दा सधै राम्रो मूल्य पाइन्छ,” उनले भने।

नेपाली किसानहरूका लागि बजारीकरण सबभन्दा ठूलो समस्या रहँदै आएको विषयमा पनि उनी प्रष्ट छन्। भन्छन्, “जुत्ता दिनहुँ पुछेर सोकेशमा सजाएर बेच्न राखिएको हुन्छ। तर, खानेकुरा तरकारी चाहीँ जथाभावी भुँईमा धुलो र हिलोमा राखेर बेच्ने तरिकामै समस्या छ। यसलाई झन सफा र आकर्षक तरिकाले प्रस्तुत गर्नुपर्छ। त्यसो भयो भने बजार समस्या होइन। समस्या हाम्रो बुझाई र अहिलेसम्म अपनाउँदै आएको तरिका हो।”

फिचर रोजगार

ब्राण्ड बन्दै संकटमा थालेको पौरखी प्रयास (भिडिओसहित)

प्रकाशित: शुक्रबार, असोज ९, २०७७ ०७:३०
सारांशमा :
  •  कठिन परिस्थितिमै त हो, नवीनतम सोच, सिर्जनात्मक काम र पौरख गर्ने आँटले मानिसलाई सफलताको शिखर चढाउने।
  • महामारीको त्रास र लकडाउनको अवस्थाले गर्दा काममा धेरै अप्ठेरो भयो। तर छोटो समयमा हासिल भएका उपलब्धिहरूबाट हामी उत्साहित छौं।
  • उपभोक्ताको ढोकैमा तरकारी पुर्‍याउँदा पौडेलले तरकारीलाई प्लास्टिकले र्‍याप गर्नुका साथै आफ्नै ब्राण्डमा तरकारीको लेभलिङ गर्ने गरेका छन्।
  • किसान र उपभोक्ताबीचमा रहँदै आएको परम्परागत सप्लाईको चेन ‘डोर टू डोर सर्भिस’ ले भत्काउदा उपभोक्ताले सस्तो मूल्यमा ताजा तरकारी पाउने र किसानले पनि उचित मूल्य पाउने।
पूरा पढ्नुहोस्

सिफारिस