२०७७ कात्तिक १२, बुधबार

विद्यालय शिक्षाको ‘अर्ग्यानिक बिजनेस’

कोरोना भाइरस महामारीले पूरा विश्वलाई अस्तव्यस्त बनाइरहेका बेला सबभन्दा बढी कुनै क्षेत्र प्रभावित भएको छ भने त्यो शिक्षा नै हो। अन्य क्षेत्र स्वाभाविक रुपमा महामारी सकिएपछि लयमा फर्किएलान्, तर महामारीका कारण बालबालिका घरभित्रै थन्किँदा पूरा विश्वको एउटा पुस्ताकै सिकाइ प्रभावित हुन पुगेको छ। औपचारिक शिक्षामात्र नभई समग्र एउटा पुस्ताकै सिकाइ प्रभावित हुनु भविष्य नै प्रभावित हुनु हो।

कोरोना भाइरसको महामारी र यसको प्रभावका कारण अहिले बन्द विद्यालयहरू, घरमा थन्किएका विद्यार्थी बेरोजगार भएका शिक्षक तथा अन्य कर्मचारीका विषय चर्चामा छन्। तर, यस लेखमा आज त्यसबारे चर्चा गरिन लागेको होइन। विद्यालय शिक्षाको पवित्र उद्देश्य (अर्ग्यानिक बिजनेस अफ स्कुल बजुकेसन)बारे बहस गर्नु अहिलेको समयमा जरुरी छ।

विगत ५० वर्षमा हाम्रो विद्यालय शिक्षा आफ्नो बिजनेसमा कत्तिको अडिग रह्यो भन्नेमा यो लेख केन्द्रित छ। यसमा स्वतन्त्र विद्यालय (निजी लगानीका) र सामुदायिक विद्यालय (सरकारी लगानीका) लाई छुट्टाछुट्टै गरी हेरिएको छैन।

विद्यालय शिक्षा पूर्ण रूपमा तहगत विश्वासमा मात्रै प्रभावकारी हुन्छ। नीति निर्माण तहले अनुगमन तथा पृष्ठपोषण तहलाई विश्वास गर्न सक्नुपर्छ। त्यस्तै, अनुगमन तथा पृष्ठपोषण तहले कार्यकारी तह (विद्यालय व्यवस्थापन समिति), कार्यकारीले प्रधानाध्यापक, प्रधानाध्यापकले शिक्षक–कर्मचारी र उनीहरूले विद्यार्थीलाई विश्वास गर्न सक्नुपर्छ। यसरी यो चक्र पूरा हुन्छ।

आजसम्म हामीले के–के गर्‍यौं?

शिक्षकः पाठ्यक्रममा आधारित भएर सूचना मात्र दियौं। ज्ञान दिन सकेनौं। सिकारूको जिज्ञाशापूर्ण स्वभावलाई निरूत्साहित गर्‍यौं। भयमा राख्यौं, खुल्न दिएनौं। एक प्रकारले डर वितरण गर्‍यौं।

अब के गर्नेः भयरहित वातावरण बनाउने। प्रश्न सोध्न सिकाउने, शिक्षकले त्यसमा सघाउने, प्रश्नमैत्री बन्ने।

गर्दै सिक्ने वातावरण बनाउने। बिगार्ने, भत्काउनेजस्ता विद्यार्थीको स्वतन्त्रता कायम राख्ने।

कक्षा कोठा बाहिरको सिकाइलाई उत्प्रेरित गर्ने।

परीक्षा हटाउने, तर मूल्यांकन गर्ने।

प्रतिस्पर्धा नगराउने, नदाँज्ने, तुलना नगर्ने।

प्रत्येक विद्यार्थीको स्वतन्त्रताको रक्षा गर्ने।

उत्प्रेरक बन्ने। सानैमा सिकारूभित्रको प्रतिभा चिन्ने र त्यही अनुसार अगाडि बढ्ने।

प्रधानाध्यापकः

के गर्‍यौं?

प्रशासनिक प्रमुखमा मात्रै खुम्चियाइदियौं।

अब के गर्ने?

नेतृत्वदायी भूमिकाका लागि तयार गराउने। प्रभावकारी ओजेटी (अन दी जब ट्रेनिङ) हरूमा सहभागी गराउने।

शिक्षकलाई गर्न सक्ने सामर्थ्यवान् बनाउने।

सुविधा थप गर्ने।

स्रोत सम्पन्न बनाउने।

शिक्षक, विद्यार्थी, समुदायले विश्वास गर्न सक्ने पदको रूपमा विकास गर्ने।

पाठ्यक्रम निर्माण गर्न सक्ने ढंगमा विश्वास गर्ने।

विद्यालय व्यवस्थापन समितिः

के गर्‍यौं?

प्राविधिक समिति बनायौं। सर्वपक्षीय (राजनीतिक रूपमा मिलिभगत भो) विद्यालयको हित सोच्न पाएनौं।

अबः

पाठ्यक्रमको आवश्यकता, औचित्य र कार्यान्वयन गर्ने निकायको रूपमा विकास गर्ने। विद्यालयको कार्यक्षेत्रको भौगोलिक, सामाजिक र आर्थिक अवस्था बुझ्ने र स्थानीय क्षेत्र परिचालन गर्ने निकाय हो भन्ने विश्वास गर्ने। स्थानीय, केन्द्र र विश्व परिवेशसँग जोड्ने समन्वयात्मक निकायका रूपमा विकास गराउने।

नीति निर्माण तहको सबभन्दा भरपर्दो शक्ति बनाउने।

शिक्षा अधिकारीः

के गर्‍यौं?

साधारण परीक्षाका भरमा नियुक्त सामान्य अधिकारी बनायौं। सिद्धान्त अधिकृत तयार भए।

अबः

कम्तीमा १८ महिना ‘ट्रेडिस्सिप्लिनरी करिकुलम’ अन्र्तगतको थप विशेष पाठ्यक्रम तयार गर्ने।

शिक्षक, प्रधानाध्यापक समेतलाई स्क्याफोल्डिङ(यस्तो अवस्थामा शिक्षक हुन्छन्, जसमा विद्यार्थीको मजबुत सिकाइ र बुझाइ हुन्छ, अन्ततः सिक्ने प्रक्रियामा अधिक स्वतन्त्रता मिल्छ) गर्न सक्ने बहुआयाम सिकाउने। जब तयार हुन्छन्, अनि विश्वास गर्ने।

स्कुल कन्सल्ट्यान्टको रूपमा काम गर्न सक्ने बनाउने अनि जिम्मा दिने।

मन्त्रालयः

संविधानतः विद्यालय शिक्षाको अधिकार स्थानीय तहको होइन र?

अब के गर्ने? स्थानीय तहलाई विश्वास गर्न आवश्यक पर्ने सबैखाले सहजीकरण गर्ने।

शिक्षा हाम्रो दायित्व हो भन्ने सोचाइको विकास गर्ने। विद्यालय शिक्षामा चासो र रचनात्मक हस्तक्षेप गर्न सकियो भने यसमा उल्लेखनीय परिवर्तन गर्न सकिन्छ।

१५ वर्ष विद्यालय शिक्षामा रहँदा पाएको वातावरणले नै समाज, देश र विश्वको भविष्य निर्धारण गर्छ।

सहकार्यको कला सिकाउने, फरक सोचाइलाई सम्मान गर्ने, फरक प्रकृतिका प्रतिभालाई हुर्कन दिने, समयानुकूल सीपलाई मलजल गर्ने, दयाभाव र समभाव विकास गराउने, अरूलाई मद्दत गर्ने, कामको सम्मान गर्ने सिकाइ मात्रै भयो भने पनि एक्काईसौं शताब्दीको मध्यसम्म फरक पुस्ताको उदय हुन सक्छ।

वातावरणीय चासो, हार्दिकता सिकेको पुस्ता बजारमा हस्तक्षेपकारी बन्दा हामी पनि शान्तिपूर्वक बृद्धावस्थामा बाँच्न सक्छौं।

विद्यालयको ‘अग्र्यानिक बिजनेस’ कायम राख्न सम्बद्ध सबै पक्षमा विश्वासको वातावरण हुनु जरुरी छ।

(लेखक अधिकारी शिक्षा क्षेत्रमा लामो समयदेखि सम्बद्ध छन्।)

विचार / अन्तर्वार्ता

विद्यालय शिक्षाको ‘अर्ग्यानिक बिजनेस’

प्रकाशित: आईतबार, असोज ११, २०७७ ०९:५३
सारांशमा :
  • अहिलेको शिक्षा प्रदान गर्ने गर्ने शैलीलाई तुरून्तै परिमार्जन गर्नुपर्छ।
  • सन् २०४० सम्म नेपालको यही शिक्षा प्रणााली कायम रहिरहने हो भने धेरै बेरोजगार जन्मने छन्।
  • विद्यालय शिक्षा क्षेत्रमा सबैभन्दा पहिला सुधार ल्याउनुपर्छ।
पूरा पढ्नुहोस्

सिफारिस