२०७७ कात्तिक १२, बुधबार

अमेरिकाले भिसा ‘रिजेक्ट’ गरेपछि फेरिएको सोच, जसले दिलायो अन्तर्राष्ट्रिय अवार्ड (भिडिओसहित)

काठमाडौं। उनी आफूलाई ‘परिवर्तनकर्ता’ भन्न रूचाउँछिन्। समाजमा केही गर्नुपर्छ- यही प्रेरणाले उनी अघि बढिन्। उनले केही सफलता पनि हात पारेकी छन्।

उनी अर्थात् बोनिता शर्मा।

शर्मा २०१९ को विश्वका प्रेरणादायी १०० महिलाको सूचीमा परेकी थिइन्। शर्माको नाममा भर्खरै अन्तर्राष्ट्रियस्तरको अर्को पुरस्कार थपिएको छ- ग्लोबल गोल प्रोग्रेस अवार्ड।

यो अवार्ड अन्तर्राष्ट्रिय संस्था द बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले हरेक वर्ष प्रदान गर्ने गर्छ। संस्थाले प्रदान गर्दै आएको ‘प्रोग्रेस’ विधामा उनले अवार्ड पाएकी हुन्।

“यो अवार्ड नेपालबाट पाउने म पहिलो व्यक्ति हुँ। मैले देशलाई प्रतिनिधित्व गरेर पाएकी हुँ। यसले हामीले गरेको कामलाई विश्वमा चिनाइदिएको मात्र छैन, हामीलाई बाटो देखाइदिने काम पनि गरेको छ,” शर्माले भनिन्। अवार्ड स्वरूप उनले १० हजार अमेरिकी डलर पनि प्राप्त गर्नेछिन्। 

अवार्डको घोषणासँगै आफूलाई थप चुनौती थपिएको अनुभूति उनले गरेकी छन्। 

“कति जना महिलाको जीवनमा परिवर्तन ल्याउन सकियो? मेरो कारणले कुपोषण कति मात्रामा घट्यो?,” यस्ता प्रश्नहरूले शर्मालाई झन् बढी झक्झक्याउन थालेको छ, “मेरो दायित्व समाजमा अझै बढेर गएको छ।”

अमेरिकाको भिसा नलागेपछि फेरिएको सोच

काठमाडौंको भद्रवासमा जन्मिएकी शर्माले उच्च शिक्षा पढ्नका लागि अमेरिका जाने सोच बनाएकी थिइन्। यो सन् २०११ को कुरा। धेरै साथीसँगै उनले पनि भिसाको लागि आवेदन दिएकी थिइन्। साथीहरूले भिसा पाए, उनको ‘रिजेक्ट’ भयो।

“त्यो बेला विदेश जाने लहड थियो। साथीहरू सबै विदेश गएका थिए, मेरो पनि त्यही इच्छा थियो। विदेश गएका साथीहरू चिल्ला सडकमा टलक्क टल्कने गाडी चढेका फोटो सामाजिक सञ्जालमा राख्थे। त्यो उमेरमा त्यो लाइफ स्टाइलले कसलाई आकर्षित गर्दैनथ्यो होला र?,” नौ वर्षअघि विदेश जान खोज्नुको राज उनले खोलिन्।

अमेरिका जान पाए तुरून्तै सफल भइन्छ भन्ने उनलाई लाग्थ्यो। नेपालमा केही गर्न सकिँदैन, वातावरण नै छैन भन्ने उनको बुझाइ थियो। उनले थपिन्, “भिसा रिजेक्ट हुँदा लाइफ नै सकियो भन्ने भयो। मलाई असफल भएजस्तो भयो। तर परिवारले वातावरण सहज बनाउँदा म उठ्न सकेँ।”

त्यसपछि उनले जनस्वास्थसम्न्धी अध्ययन थालिन्। अध्ययनकै क्रममा गाउँ-गाउँ पुग्ने मौका पाइन्। त्यहाँको जनजीवन र परिस्थितिले उनलाई निकै भावुक बनायो।
 
उनको सोचलाई परिवर्तन भने ललितपुरको एक गाउँको घटनाले गरायो, जहाँ सानो २ महिनाको दुधे बालकलाई ठोस खुराक खुवाउँदा घाँटीमा अड्किएर बालकको मृत्यु भएको थियो। सोही घटनाका कारण आमालाई परिवारले घरबाट निकाले। 

“त्यो घटनाले मलाई निकै दुःखी बनायो। त्यसपछि मैले सोचे ती महिला समस्यामा पर्नुको पछाडि मेरो पनि हात छ,” उनलाई लाग्यो। 

दूरदराजका यस्ता महिलाहरूलाई आफ्ना बच्चालाई कस्तो पोषण कहिले खुवाउने भन्ने कुरा जानकारी दिनु उनले आफ्नो जिम्मेवारी ठानिन्। उनलाई लाग्यो, “सही सूचना नपाएकै कारण एउटी आमाले आफ्नो सन्तान गुमाउने परिस्थिति बन्नु हुँदैन।”

त्यसपछि उनले अठोट गरिन्, “सानो नै भए पनि एउटा पाइला चाल्छु। अरूले के गर्‍यो भन्ने भन्दा मैले के गरेँ भन्ने महत्त्वपूर्ण हो।”

शर्मालाई अन्य तीन जना साथीले समेत साथ दिए। “कुपोषणको समस्या र यसको समाधानका लागि हामी के दिन सक्छौं?,” उनीहरू घोत्लिन थाले। समाधान खोज्न थाले। समुदायस्तरमै गएर अध्ययन गरे।

सबै कुरा समेटेर उनीहरूले एउटा निचोड निकाले- एउटा ‘माला’ले बच्चाको पोषणमा प्रभाव पार्न सक्ने रहेछ। जसको परिणाम ‘पोषण माला’ र ‘महिनावारी माला’ तयारीको चरण अघि बढ्यो।

सन् २०१७ मा उनले केही साथीहरूसँग मिलेर ‘सोचाइ’ संस्थाको सुरूआत गरिन्। “सुरूमा भटमास र सोयाविनलाई रंग लगाएर माला बनायौं। न कुनै नेटवर्क न कुनै चिनजान। शून्य अवस्थाबाट काम सुरू भयो,” शर्माले सुनाइन्।
 
पोषणमाला र महिनावारी माला हेर्दा साधारण हातमा लगाउने जस्तो देखिन्छ। तर यसमा सन्देश निकै ठूलो रहेको शर्माको विश्वास छ।

पोषणको समस्या समाधान गर्न कति ब्यानर बनेका छन्। सरकारले लगानी गरेको छ। तर धेरैले बुभ्mन सकेका थिएनन्।

“त्यसैलाई हामीले रङको माध्यमबाट बुझाउने प्रयास गर्‍यौं। रङ त पढे/नपढेका सबैले बुझ्ने भए। जसले खाने कुराको प्रकार बुझाउँथ्यो। मालामा रहेको हरेक रङले फरक-फरक अर्थ दिन्थ्यो। जसमा ‘सुनौलो हजार दिन’ भन्नाले गर्भवती भएदेखि बच्चा दुई वर्ष हुँदासम्मको समयावधिलाई बुझाउँथ्यो। माला हातमै लगाउन पनि पाइयो। सुरक्षित रूपमा बच्चालाई खान खुवाउन पनि सिकाउनेभयो,” यो माला देखेर धेरै आमाहरू निकै खुसी भएको अनुभव उनले सुनाइन्।

महिनावारी मालाको समेत यस्तै महत्त्व रहेको उनी बताउँछिन्। “महिनावारीमालाका सम्बन्धमा किशोरीहरू निकै उत्साहित भए। त्यो किन्नसमेत निकै उत्साहित हुन्थे,” यसले शर्मालाई पनि उत्साहित बनाउँथ्यो।
 
सुरूआती दिनमा काम गर्न निकै कठिन भयो। कुनै कार्यक्रममा गयो भने पनि विश्वासै नगर्ने। कुनै कार्यालय गयो भने ‘तपाईंको बोसलाई बोलाउनु’ भन्थे। विश्वास निकै कमले गर्ने।

संयोग नै मान्नुपर्छ दुई वर्षपछि अर्थात् सन् २०१९ मा शर्मा विश्व चर्चित बेलायती सञ्चारमाध्यम बीबीसीले प्रकाशित गरेको ‘विश्वका प्रभावशाली १०० महिला’को सूचीमा पर्न सफल भइन्।

“बीबीसीको अवार्ड पाउँदा त आफैंलाई विश्वास लागेको थिएन। बीबीसीले विश्वको प्रभावशाली महिलाको १०० भित्र पर्नुभयो भन्दा ल मलाई नै भनेको हो र! जस्तो लाग्यो,” एक वर्षअघिको खुसीको क्षण उनले स्मरण गरिन्। 

कतिपय अवस्थामा आफैंले गरिरहेको काममा आफैंलाई विश्वास नहुने रहेछ। तर अरूले ‘राम्रो काम गरेका छौं’ भन्दा आत्मविश्वास बढ्ने उनको अनुभव छ। त्यसैले युवालाई भविष्यका कर्णधार नभनि वर्तमानका सहयात्री बनाउनुपर्ने सुझाव शर्माको छ।

जीवनशैली फिचर

अमेरिकाले भिसा ‘रिजेक्ट’ गरेपछि फेरिएको सोच, जसले दिलायो अन्तर्राष्ट्रिय अवार्ड (भिडिओसहित)

प्रकाशित: बिहिबार, असोज १५, २०७७ १३:५३
सारांशमा :
  • अमेरिका जान पाए तुरून्तै सफल भइन्छ भन्ने उनलाई लाग्थ्यो। 
  • नेपालमा केही गर्न सकिँदैन, वातावरण नै छैन भन्ने उनको बुझाइ थियो।
  • अमेरिकाले भिसा रिजेक्ट गरिदिँदा जीवन नै सकियो भन्ने भयो। पूर्ण असफल भए जस्तो।
  • उनको सोचलाई परिवर्तन गरिदियो ललितपुरको एक घटनाले, जहाँ दुई महिने दुधे बालकको ठोस खुराक घाँटीमा अड्किँदा मृत्यु भएको थियो। सोही घटनाका कारण आमालाई घरबाट निकालियो।
पूरा पढ्नुहोस्

सिफारिस