२०७७ कात्तिक ४, मंगलबार

विश्‍वविद्यालयलाई ‘विष विद्यालय’ हुन नदिन के गर्ने ?

शताब्दीमा आउने महामारीले केही नयाँ कुरा सिकाएरै जान्छ। यसपटकको कोरोनाले नेपालीलाई दिने चेतमा विश्‍वविद्यालयको पुनर्कल्पना गर्ने आँट दिएको विषयमा यो सन्दर्भ केन्द्रिकृत छ।

अर्जुन अधिकारी

आलेखले विशेषगरी विश्‍वविद्यालयलाई विष विद्यालय बन्नबाट रोक्न के–कस्ता मान्यतालाई भत्काउनु पर्ला भन्ने दृष्टान्त दिनेछ।

लक्ष्मीप्रसाद देवकोटाले देखेको त्रिभुवन विश्‍वविद्यालय सिनियर सिटिजन (वृद्धावस्था) मा प्रवेश गरेको छ। डा. सुरेशराज शर्माको परिकल्पनामा स्थापित काठमाडौं विश्‍वविद्यालय पनि ३० वर्षको जवानीमा छ। 

हाम्रा विश्‍वविद्यालय क्लबमा आज दर्जन सदस्य छन्। यी किन स्थापित भए ? उद्देश्य के छन् ? कति पूरा गरे ? थपिने जमर्को गर्नेहरूलाई के गर्ने ?  यी प्रश्नहरुमाथि केही थप पेचिला प्रश्नहरु मात्रै यो लेखको गर्भाधारण हो ।

प्रवेशद्वार 

प्रवेशद्वार जुन संस्थाको सजिलो भो त्यसमा सहज पहँच हुने हो। हामीले विश्‍वविद्यालयको प्रवेशद्वार भयंकर अग्लो बनाइदिएछौं। हामीमध्ये अधिकांशले सोचेजस्तो विश्‍वविद्यालय बनाएनछौं। कसैले दिएको सोचाइलाई टपक्कै टिपेछौं। तिनलाई चाहिएको मानक बनाएछौं। तिनकै सुर र तालमा हाम्रो पद्धति नाचेछ, दिव्य पौने शताब्दी। 

अब के गर्ने ?

१) युनिभर्सिटी इन्ट्री 

– विश्‍वविद्यालयमा प्रवेश सहज बनाऔं। मानवशास्त्री जोन डिवेले भने जस्तै प्रत्येक पुस्तासँगै युग परिवर्तन हुनुपर्छ र शिक्षाले युगपरिवर्तन हुँदा धाईआमाको भूमिका खेल्नेछ भन्ने चेत राखौं।

– १८ वर्षको संसार जित्न हिँडेका युवालाई युनिभर्सिटी इन्ट्रान्समा नगलहत्याऊँ। तिनीहरूमा युनिभर्सिटीप्रति प्रेम जाग्ने उद्देश्यहरु स्थापित गरौँ। सोच विकास गर्ने थलोका रूपमा उसलाई प्रवेश गराऊँ। ४-७ वर्ष तिमी यहाँ बस्दा तिमीले के गर्छौ भन्ने सोधौं। भौतिकशास्त्र बुझ्न खोज्नेले पनि संस्कृति सिक्नुपर्ने छ भनम्। 

मेडिकल साइन्समा पनि नागरिक चेत चाहिन्छ, इन्जिनियरिङमा पनि सामाजिक चेत पोसाउने पाठ्यक्रम छ है भन्ने सुनाइदिऊँ। मानवशास्त्रमा सामाजिक-आर्थिक उभार बुझ्नु के गर्छौ भनी तिनका सोच मागौं। विश्‍वविद्यालयले के गरिदिए एक्काइसौं शताब्दीको मध्यसम्म बोक्सी (सोच) हटाउन सक्छौ भनी उनीहरूसँग सहकार्यको पहेलुहरु खोजौं।
 
उनीहरू जुन फ्याकल्टीमा जान चाहेका हुन्, पाठ्यक्रम उनीहरूसँगै माग्ने, तिनले खोजेका पाठ्यक्रममा आधारित उनीहरुको ७ वर्षे योजनलाई २१ खण्डमा बाडौं। प्रत्येक ३ महीनामा यति काम गर्छु भन्ने प्रतिबद्धता नै उसको योग्यता परीक्षा होस्। जुनसुकै फ्याकल्टीमा जान पाउने ल्याकत उसको सोच र प्रतिबद्धताले राखोस्।
 
२) युनिभर्सिटी स्टे  

विश्‍वविद्यालयमा रहने समय अहिलेको जस्तो बोरिङ नबनाउने। अन्तर्निहित सोचलाई पृष्ठपोषण गर्ने गतिविधिमा लगानी गरौं। प्रवेश गर्दा बनाएको निर्दिष्ट लक्ष्यमा केन्द्रीकृत हुन आवश्यक पूर्वाधारमा लगानी गरौं। सिकाइ विश्‍वविद्यालयकै कोठामा हुनुपर्ने पुरानो मान्यता डिकन्सट्रक्सन गरौं। 

जहाँबाट सक्छौ त्यहीँ सिक। जहाँ तिमीलाई जरुरत पर्छ त्यहीँ विश्‍वविद्यालय आउँछ भन्ने विश्वास दिलाऊँ। जे सोच राख्छौ सोहीअनुसारको काम गर। त्यही काम तिम्रो विज्ञता मानिनेछ भन्ने सोचको विकार गरौं।  सिञ्जा उपत्यकाबाट जहाज चढेर कीर्तिपुर आउन पर्दैन भन्दिम्।

खर्चको पिरलो

तिर्नुपर्ने पैसाको पिरले पनि यस्तो पवित्र संस्थाको मानमर्दन भएको छ। विदेशतिर ‘युनिभर्सिटी डेट ट्र्याप’ पढ्दा लागेको ऋण तिर्न जीवनभर गुलाम भन्ने सोच बलियो बनिरहेको छ। किन महँगो भयो हाम्रो पढाइ भनेर आधा घण्टा तथ्यांकमा घोत्लिने जो कोहिले यो तथ्य थाहा पाउने रहेछन्। 

विश्‍वविद्यालयमा जाने बजेटको ७९ प्रतिशत प्रशासनिक खर्चमा सकिन्छ। त्यही खर्च उठाउन विद्यार्थीले पैसा तिर्नुपर्ने हुन्छ। त्यही पैसाको पिरलोले विद्यार्थी पढ्न पाइरहेका छैनन्। 

अबको आँट 

उक्त प्रशासनिक खर्च घटाउने। कम खर्चमा विश्‍वविद्यालय सन्चालन गर्ने। युवालाई समयमै काम पूरा गरे तिमीले खर्चको चिन्ता लिनु पर्दैन भन्ने। पार्टनर एजेन्सीसँग काम गर्ने। (प्रोफिट मेकिङ कम्पनीहरुले सघाउँछन्) युनिभर्सिटीलाई ट्रस्ट मोडेलमा चलाउने। केदारभक्त माथेमालगायतलाई स्वयम्सेवा गर्न उक्साउने, उनका कुरा सुन्ने। विश्वास गर्ने। दोस्रो पुस्ता थप जाँगर बोकेर आउँछ। निरन्तर चल्छ।

३) मूल्यांकन र प्रमाणीकरण 

हालको मूल्यांकन पद्धति काम नलाग्ने भएको सबैलाई थाहै छ।

अबको निशाना कता ?

सिकारुले चाहेको विषयमा, उनैले तोकेको समयसीमाभित्र उनैले आवश्यक ठानेको सहजीकरण (स्काफोल्डिङ) मात्रै गर्ने। त्यसैलाई प्रमाणीकरण गर्ने। परीक्षा (घण्टे) लाई त्याग्ने।

कसले सहजीकरण गर्छ त ?

– ईन्द्रचोकमा हार्मोनियम मर्मत गर्ने कृष्ण दाइ संगीत र गणितको सम्बन्धका लागि सहजकर्ता हुन सक्छन् भन्ने विश्वास गर्ने। 

– कलकत्ते काइँयो केश मेरो बांगो गाउने गन्दर्भ दाइ लोकभाकाका सहजकर्ता हुन सक्छन् भन्ने।

– गलमरी बेच्ने माया दिदी सेलरोटी पकाएर भाटभटेनीमा बेच्ने सीता दिदी (उद्यमशीलता) बाँसको झाडी रोपेर बाढी रोकथाम गर्ने माझी बा (विपत् व्यवस्थापन)  कुकुर र बाँदरलाई विपत्तिमा भात खुवाउने श्रेष्ठ दाइ (दयाभाव विकास) का लागि प्रोफेसर नियुक्त हुनेछन्। 

विश्‍वविद्यालयले प्रमाणीकरण गरिदिनुपर्छ। छोडेर फेरि आउन खोज्नेले जहाँ छोडेको त्यहीँबाट थप योजनाका साथ आउन पाउने छ।

४. एक्जिट !

युनिभर्सिटीबाट निस्कँदा (प्रत्येक पल्टको ग्राजुयसनमा) १२ दिने विपश्यनाबाट निस्केको जस्तो होस्। 

आफ्नै योजनाले मूर्तरुप लिएको, असफलताबाट नभागेको, सहकार्यमा पोख्त, अरुका भावनालाई सम्मान गर्ने, कतिबेला आवाज उठाउने र कतिबेला चुप रहने भन्ने कला राम्ररी जानेको, सिकेर सानो भइँदैन रहेछ भन्ने बुझेको एक नागरिक बाहिर आउनेछ।

तिनले कर छल्ने छैनन्। समाजमा द्वेष फैलाउने छैनन्। विवेकले काम लिनेछन्। प्रकृति, पर्यावरण तिनको धर्म हुनेछ।

विचार / अन्तर्वार्ता

विश्‍वविद्यालयलाई ‘विष विद्यालय’ हुन नदिन के गर्ने ?

प्रकाशित: आईतबार, असोज १८, २०७७ ०९:०२
सारांशमा :
  • विश्‍वविद्यालय सुधारका लागि अहिले उपयुक्त समय आएको छ। 
  • देशभर अहिले १२ वटा विश्‍वविद्यालय छन्। 
  • सबैले परम्परागत शैलीमा पठनपाठन गरिरहेका छन्। 
  • अब तिनीहरूले दिने शिक्षाको परिपाटी परवर्तन हुनुपर्छ। 
पूरा पढ्नुहोस्

सिफारिस