२०७७ कात्तिक ४, मंगलबार

‘हाम्रो जीवन नै एउटा मिथक निर्माण हो’

जेनिफर नान्सुबुगा माकुम्बी युगान्डाको कम्पालामा १९६७ मा जन्मिएकी लेखक हुन्। अहिले उनी म्यानचेस्टरमा बस्छिन्। उनको पहिलो उपन्यास ‘किन्टु’ एटिसालट पुरस्कारका लागि २०१४ मा लामो सूचीमा परको थियो। उनले सोही वर्ष कमनवेल्थ सर्ट स्टोरी पुरस्कार जितिन्। मकुम्बीको पहिलो कथासंग्रह ‘म्यानचेस्टर ह्यापेन्ड’ २०१९ मा प्रकाशित भयो। उनले आख्यानमा प्रतिष्ठित पुरस्कार ‘विन्डहाम–क्याम्पबेल’ २०१८ मा पाइन्। उनको नयाँ पुस्तक ‘दि फर्स्ट वुमन’ महिलावाद तथा उगान्डाका कथा भन्न सफल छ। उनीसँग दि गार्जियनले गरेको कुराकानीको अनुदित तथा सम्पादित अंशः

पुस्तकमा रहेको सन्दर्भमै निहित एउटी आमा हुनुको महसुस कस्तो हुन्छ?

म १० वर्षको हुन्जेल मेरी आमासँग भेट भएको थिएन, तसर्थ यो प्रश्नबारे म आफैं सोच्थेँ। म एउटा बच्चाका रूपमा पितासँग बस्थेँ। उनी त्यसबखतका क्रूर शासक इदी अमिनको समयका मानिस थिए, उनले आफ्नो दिमाग नै गुमाएका थिए। त्यसैले म आफ्नो काकीसँग बस्न गएँ। तपाईंसँग आफ्नी आमा नहुँदा तपाईं एक विचार बनाउनु हुन्छ र आमालाई देवीमा रूपान्तरित गर्नु हुन्छ। जब किराबो (पात्र)ले आफ्नी आमालाई भेट्छिन् तब आमा नहुँदा परेको नोक्सानमा शोक मनाउँछ। यस्तो खालको नोक्सानसँग म जुध्न चाहन्थेँ।

पुस्तकमा धन्यवाद दिने क्रममा तपाईंले आफ्नी आमा एभेलिनलाई सम्झनु भएको छ, जसले आफ्नो पारिवारिक र गाउँको इतिहास बताउनु भएको छ नि?

किन्टु मेरा पिताको संसारमा केन्द्रित छ। यो पछिल्लो पुस्तकमा मेरी आमा जन्मिएको स्थानलाई महत्व दिएकी छु। उनी अंग्रेजी जान्दिनन्, त्यसैले पुस्तक पढ्दिनन्। उनले आफ्ना पितापुर्खाले भोगेको पीडा बताएकी छन्, ती र त्यस्ता इतिहास मैले विद्यालयमा पढ्न पाइनँ। मेरो पुस्तकबाट त्यस क्षेत्र (युगान्डा)का मानिसले आफ्ना इतिहास बुझ्न पाउने छन्।

तपाईंले युगान्डाका मानिस क्रूर तानाशाहीबाट कसरी प्रभावित थिए भन्ने अप्रत्यक्ष रूपमा देखाउन खोज्नु भएको हो?

यो पुस्तक १९७५ मा सुरू हुन्छ, जब इदी अमिनले एसियाली नागरिकलाई देशबाट निष्कासित गरिदिएका थिए। एसियाली मानिसले निष्कासन हुनु पर्दा आफैंलाई मारिरहेका थिए र नाइल नदीमा मिल्काइएका थिए, एक बालक हुनुको नाताले ममाथि यसको प्रभाव गहिरो थियो। मानिसहरू एसियालीले फर्किएर भारत गए हुने सोचिरहेका थिए। तर ती युगान्डामा जन्मिएका हुनाले तिनको घर युगान्डा नै थियो। थुप्रै संख्यामा भारतीयलाई केन्या र युगान्डामा मजदुरका रूपमा लगिएको थियो। यस्तो क्रूर इतिहास विद्यालयमा पढाइनै पर्थ्याे।

तपाईंले पुस्तकमा उठाएको घरको महत्व भने निकै शक्तिशाली छ हैन?

निश्चित रूपमा मैले आफूलाई अपनाउने म्यानचेस्टरबारे लेख्नुपर्‍यो। म रचनात्मक लेखन अध्ययन गर्ने क्रममा यता आएको थिएँ। मलाई थाहा थियो, मसँग कथाको थुप्रो छ तर त्यसलाई लेख्ने कौशल आवश्यक थियो। दि फस्र्ट वुमन मैले आफ्नो पढाइका क्रममा एमएका लागि लेखेको थिएँ। जमिनका बारेमा लेख्नु मलाई महत्वपूर्ण लाग्छ, जमिनले कथा बताउँछ।

तपाईंका अधिकांश कथामा लोककथाको मुटु हुन्छ हो?

म सानो छँदा बिदाको समय हजुरबा–हजुरआमासँग बस्थेँ। साँझपख तिनले कथा भन्थे, त्यसबाट मैले कथावाचनको महत्व बुझ्न पाएँ। मेरो लेखन साहित्य भए पनि तिनै लोककथाबाट सूत्रहरू टिप्न थालेँ। कथावाचनका मौखिक परम्परामा हुर्किएको मलाई लोककथा र परिकथाको प्रभाव परेको हुन सक्छ। साथै, कथामा मनोरञ्जन, पाठकलाई तान्ने तत्व र सन्देश त महत्वपूर्ण भइहाल्यो।

तपाईं आफ्ना पाठकलाई किन स्वदेशी नारीवादसँग परिचय गराउनु हुन्छ, जुन पश्चिमा नारीवादभन्दा पुरानो हो?

मेरो लेखनको प्रमुख उद्देश्य नै यही हो। यी कुरा हाम्रा लोककथा, हाम्रा मौखिक परम्परामा पहिलादेखि नै थिए। मध्यमवर्गीय तथा कामकाजी महिलाका बीचको खाडलले युगान्डामा नारीवादको प्रभाव कमजोर हुन पुग्यो। युगान्डामा नारीवादले टाउको उठाउन नपाएको अवस्थामा मैले मेरी हजुरआमाले छाडेको सन्देश लेख्न थालेँ। निकै अघिदेखि कसरी महिला दमन गरिएको रहेछ भन्ने देखाउन खोजेँ।

किराबोले मिथकको शक्तिबारे केही सिक्छ?

हाम्रो जीवन नै एउटा मिथक निर्माण हो। हामी निरन्तर चौतर्फी ढंगमा मिथक बनाइरहेका छौं, हामी चाहन्छौं मानिसहरूले हामीलाई विशेष रूपमा हेरून्। हामी व्यक्ति, समाज तथा जनजातिहरूको वरपर रहेर मिथक निर्माण गर्छौं। समस्या के छ भने, महिलालाई तल पार्नका लागि थुप्रै विनाशकारी मिथकको उपयोग गरिँदै आएको छ। दबिएको आवाज खोज्नका लागि मिथक निर्माण एउटा उपकरण हो।

तपाईंको टेबुलमा कुन किताब छ?

मार्लोन जोन्सको ‘ब्ल्याक लियोपार्ड, रेड वुल्फ’ ले निकै प्रभाव पारिरहेको छ। मैले आफ्नो प्रकाशकको कार्यालयमा गएर थुप्रै किताब ल्याएको छु, मसँग डायने कुकको ‘दि न्यु वाइल्डरनेसदेखि निकोल डेनिस–बेनको ‘पात्सी’सम्म छ।

कुन लेखकले तपाईंलाई बढी प्रभाव पारेका छन्?

हुर्कंदै गर्दा मैले आफू लेखक बन्छु भन्ने सोचेको थिएन। अहिले पछि फर्किएर हेर्दा किन्टुमा सेनेगली लेखक तथा सिनेमा निर्माता अस्मान सेम्बेनको ‘गड्स बिट्स अफ वुड’को प्रभाव परेको पाउँछु। अलि पछि टोनी मरिसन पढ्न थालेँ। उनले मलाई सधैं ‘तिमी केवल कागजको पृष्ठमा वाक्य फालिरहन सक्दैनौ, त्यसले आफ्नो स्थान सुरक्षित गर्न सक्नुपर्छ’ भनेर सिकाइरहिन्। एलिस वाकरका साथै तित्सी डांगरेम्बाको ‘नर्भस कन्डिसन’ मन पर्छ।

लेख्नका लागि कुनै निश्चित तालिका छ?

छैन। मेरा सबै कथा लेख्नुअघि लामो समय मेरो दिमागमा रहन्छन्। तिनले मलाई ढकढक्याउँछन् र म पुनर्गठन गर्छु। म तबसम्म कागजमा कलम डुलाउँदिनँ जबसम्म त्यसको नक्सा तयार हुँदैन। लेख्नु मेरो बाध्यता हो। मलाई केही लेख्नु छ भने, म त्यो पूरा नभएसम्म आफूसँगै लिएर हिँड्छु।

विचार / अन्तर्वार्ता

‘हाम्रो जीवन नै एउटा मिथक निर्माण हो’

प्रकाशित: सोमबार, असोज १९, २०७७ ०८:४७
सारांशमा :
  • पछिल्लो पुस्तकमा मेरी आमा जन्मिएको स्थानलाई महत्व दिएकी छु। उनी अंग्रेजी जान्दिनन्, त्यसैले पुस्तक पढ्दिनन्। उनले आफ्ना पितापुर्खाले भोगेको पीडा मलाई बताएकी छन्।
  • थुप्रै संख्यामा भारतीयलाई केन्या र युगान्डामा मजदुरका रूपमा लगिएको थियो। यस्तो क्रूर इतिहास विद्यालयमा पढाइनै पर्थ्याे।
  • म सानो छँदा बिदाको समय हजुरबा–हजुरआमासँग बस्थेँ। साँझपख तिनले कथा भन्थे, त्यसबाट मैले कथावाचनको महत्व बुझ्न पाएँ।
  • कथावाचनका मौखिक परम्परामा हुर्किएको मलाई लोककथा र परिकथाको प्रभाव परेको हुन सक्छ। साथै, कथामा मनोरञ्जन, पाठकलाई तान्ने तत्व र सन्देश त महत्वपूर्ण भइहाल्यो।
  • मध्यमवर्गीय तथा कामकाजी महिलाका बीचको खाडलले युगान्डामा नारीवादको प्रभाव कमजोर हुन पुग्यो। मैले निकै अघिदेखि कसरी महिला दमन गरिएको रहेछ भन्ने देखाउन खोजेँ।
पूरा पढ्नुहोस्

सिफारिस