२०७७ कात्तिक १२, बुधबार

म पुतलीको घरमा बस्दिनँ आमा

हामी सानै हुँदादेखि खेलीआएको ‘पुतलीको खेल’ कसले बनाएको होला? यो खेल कस्तो मानसिकताको उपज होला? किन पुतलीका खेल छोरीहरुलाई मात्र खेल्न दिइयो होला?

मेरी सात वर्षकी छोरी पनि मामु मलाई डल हाउस यानी कि पुतलीको घर बनाइदिनुस् न भन्छिन्, अनि मलाई प्रसिद्ध नाट्यकर्मी निशा शर्मा अभिनित नाटक ‘पुतलीको घर’को सम्झना आइहाल्छ।

मलाई थाहा छैन, उनलाई किन पुतलीको खेल मन पर्छ! यो पुतली अनि पुतलीको खेलको रस जन्मँदै हामीले आफ्ना छोरीहरुमा जानीनजानी हालिदिएको हुनुपर्छ। त्यसैले त छोरी जन्मिएपछि उनलाई हामी पुतली झैं सिँगार्न चाहन्छौं, गुलाफी र नरम रंगहरुले। अनि छोरा जन्मिए कडा रंगका लुगाहरुले सजाइदिन्छौं।

खेलौना पनि छोरीहरुलाई नरमनरम गुडियाहरु र छोरालाई कडा खालका दिन्छौं, बन्दुक, भकुन्डो अनि यस्तैयस्तै। यसैगरी हुर्काउँछौं। छोरी रुँदा फकाउँछौं। त्यो स्वाभाविक हुन्छ हाम्रा लागि। तर छोरा रोयो भने ‘कस्तो छोरी मान्छे जस्तो रोएको, छोरा मान्छे भएपछि रुनु हुँदैन’ भनेर कठोर बन्न प्रेरित गरिरहन्छौं।

यही संस्कारकै उपज तथा हाम्रो पितृसत्तात्मक मानसिकताका कारण हुन सक्छ, सानै बेलादेखि छोरा मानिस आफूलाई शक्तिशाली हुँ भनेर प्रमाणित गर्दै कठोर र दृढ हुँदै जाने तथा छोरीहरु क्रमशः कमजोर, रुन्चे अनि नम्र स्वभावका बन्दै जान्छन्। जसले उनीहरुमा कसैको प्रत्यक्ष संरक्षणमा रहनुपर्ने धारणा विकास हुन थाल्छ। त्यही धारणाले छोरीहरुलाई निष्क्रिय र कमलो जीवन बाँच्न बाध्य बनाइरहेको हुन्छ। वास्तवमा यो हाम्रो सामाजिक संरचनाले निम्त्याएको विभेद नै हो।

परापूर्व कालदेखि नै अझ हामीले मान्दै आएको दैविककालदेखि नै छोरी मान्छेलाई मनोरञ्जन (नाचगान र भोग्य वस्तु)को रुपमा पुरुष मानसिकताको सिकार बनाइँदै आएको दृष्टान्त हामीले सीता, द्रौपदी, माधवीजस्ता नारी पात्रलाई देखेर, सुनेर वा पढेर जान्दै आएकै छौं। दैविककालमा पनि नारी पात्रहरु पुरुष मानसिकताको कारण यौनजन्य विकृतिका सिकार भएका थिए। आज पनि भइरहेका छन्। दैनिक जसो यौनजन्य अपराध तथा घरेलु हिंसाका डरलाग्दा घटना सार्वजनिक भइरहेका छन्।

यौनजन्य हिंसा अहिले समाजको सबै तह, क्षेत्र, वर्ग र समुदायको साझा समस्या हो। मानसिक रुपमा कुण्ठित अपराधीहरुको शिकार भोलि मेरोजस्तै ८ वर्ष लाग्न आँटेकी छोरी पनि हुन सक्छे। तेल लगाएर पिँढीमा सुताइएकी दुई वर्षे छोरी पनि हुन सक्छे।

यो कस्तो यौनिकता हो? यो कस्तो पाशविक मानसिकता हो,  जसले ५(६ वर्षका बालिका पनि भन्दैन। जसले छोरी, भान्जी, विद्यार्थी भन्दैन। भन्छ त केवल एउटा यस्तो सामान, जसलाई छुँदा, चलाउँदा, निमोठ्दा, चिथोर्दा उसलाई आनन्द आउँछ! त्यो नारकीय आनन्दले मात्र उसलाई सन्तुष्ट बनाउँदैन। कामवासनामा पशु भइसकेको उसले त्यसपछि पनि आफ्नो अपराध लुकाउन पीडितको हत्या गर्छ। त्यस्तो साहस त्यो पुरुषलाई कहाँबाट आउँदो हो? हामीले छोरालाई हुर्काउने तरिकाले पो उसलाई ‘दुस्साहसी’ बनाएको त होइन?

१२ वर्षीया सम्झनाको घटनाले निर्मला पन्तको घटनालाई बिर्साइदेला त? यौनकुण्ठा पूरा नभएका कारण एसिड अक्रमणमा परेका मुस्कान र पवित्राहरुको के अपराध थियो र खै, पुरुष अहंकारको सिकार बन्नुमा?

बलात्कार र यौन शोषणका घटनाहरु किन यसरी दिनानुदिन डरलाग्दो गरी बढिरहेका होलान् त? सम्झना र निर्मलाहरु निस्फिक्री किन मारिइरहेका होलान्? अपराधीहरु झनै निर्धक्कका साथ अरू कसैकी छोरीको सिकारको लालसामा खुलेआम घुमिरहँदा पनि समाज र राष्ट्र किन मौन होला? पीडकलाई किन कहिल्यै पनि कानुनको कठोर कठघरामा नउभ्याइएको होला?

हजुरबुवाबाट नातिनी बलात्कृत, ससुरा र पतिबाट बुहारी बलात्कृत, काका ससुराबाट बुहारी बलात्कृत, बसमा बन्धक बनाएर किशोरी बलात्कृत, कति पढ्नु र सुन्नुपर्ने हो यस्ता आङै सिरिङ्ङ हुने समाचार? अनि यस्ता कल्पना गर्न पनि नसकिने घटना ती छोरीहरुले कसरी भोगेका होलान्?

यौनिकता पूर्णरुपमा प्राकृतिक चिज हो, तर छोरी मान्छेका लागि यो अभिशाप हुँदै गइरहेको छ। पढ्न र सुन्न पनि नसकिने यौनजन्य अपराध भइरहनुमा कारण यौनिकता नै हो त? पक्कै पनि होइन। कठोर कानुनको अभाव, भएका कानुनको कार्यान्वयन नहुनु, तथाकथित इज्जत-प्रतिष्ठाको आडम्बरले गराइने मिलापत्र वा घटनाको ढाकछोप, पीडकलाई राजनीतिक संरक्षण यसका कारण हुन्। साथै, छोरालाई कठोर र छोरीलाई नरम बन्न सिकाउँदै हुर्काउने हाम्रो तरिका झनै अर्को ठूलो कारण हो।

के छोरी नै यो समस्याको कारण हो त? त्यसो हो भने सृष्टिले अब छोरीको भ्रुणको सिर्जना नै नगरोस्! सृष्टिको निरन्तरताका लागि नारीहरुको योगदानलाई कुनै त्यस्तो शक्तिले विस्थापित गर्न सक्दैन। यो हुँदाहुँदै पनि आफ्ना छोरीका विभिन्न रुपलाई हामीले जोगाउन सकेका छैनौं।

सबै मानिस असल हुँदैनन्। खराब आचरणका मानिसहरुका लागि राष्ट्रले कठोर कानुन बनाओस्, कानुनको पालना अझ कठोर होस्। कुनै पनि अपराधीले उन्मुक्ति नपाओस्। हाम्रा कलिला नानीहरु वा सबै उमेर समूहका छोरी, आमा, भाउजू, बुहारी, नातिनीहरु सुरक्षित हुने वातावरण हामीले नै बनाउनुपर्छ।

किन त मानव समाज आफ्नो सबभन्दा सुन्दर पक्ष (नारी)को अपमानमा, नारीलाई पीडा दिनमा तल्लिन भइरहेको छ?

छोरीलाई जन्म दिने, अत्यन्तै मायाका साथ हुर्काउने, पढाउने, विवाह गरेर पठाउनेलगायतका काममा ऋण गरेर भए पनि करोडौं रूपैयाँ खर्चिने हामीमै समस्या छ। छोरीको बिहेमा दाइजोका लागि अनेकन गर्न सक्ने हामीले छोरीलाई उचित शिक्षा दिने, सक्षम बनाउने, आत्मबल बढाउने, आत्मरक्षाका लागि विभिन्न सीप सिकाउने हो भने धेरै समस्या समाधान भएर जान्छ। कसै न कसैको संरक्षणमा उसलाई हुर्काउनुभन्दा आफू र आफ्नो सुरक्षाका लागि प्रतिकार गर्न सक्ने बन्न प्रेरित गर्नुपर्छ।

छोरीलाई ऊ आफ्ना दाजुभाइ भन्दा कुनै कुरामा पनि कमजोर छैन भनेर सिकाऊँ। छोरालाई पनि सम्पूर्ण छोरीहरुको सम्मान गर भनेर हामीले नै सिकाउनुपर्छ। भातभान्छाका सामान्य दैनिकीका कामहरुमा छोरीलाई मात्र सीमित नगरौं। यो काम छोरालाई पनि गर्न लगाउनु आवश्यक छ। छोराको पनि भावना हुन्छ। उसलाई पनि मन खोलेर रुन दिऊँ। साथै, छोरीलाई पनि फुटबल, क्रिकेट, कराते, तेक्वान्दो वा अरू मार्सल आर्टका खेलमा प्रेरित गरौं। भातभान्छा उनीहरुको मात्र जिम्मेवारी होइन।

पुतलीका खेल खेल्दै हुर्किएका छोरीहरु भोलि त्यही निर्जीव पुतलीको जस्तै नियति भोग्न बाध्य नहुन्। अनि कुनै पनि आमालाई छोरी जन्मँदा अभिशाप भएको अनुभूति नहोस्।

त्यसो गर्न सकियो भने मसँग मेरी छोरीले झैं अरू छोरीहरुले पनि पुतलीको घर वा डल हाउस मागिरहँदा कुनै पनि आमाको मन मेरो जसरी प्रसिद्ध नर्वेजियन नाटककार हेनरिक इब्सेनको नाटक ‘अ डल्स हाउस’को नेपाली अनुवादको सम्झना नहोस्। मलाई निर्जीव पुतलीको घर बनाउनु छैन र त्यसमा बस्नु पनि छैन। आमा स्वच्छन्द आकाशमा रगीचंगी पुतली भएर क्षितिज पुग्न मन छ भनेर छोरीले गर्व गर्दै भनोस्।

ब्लग

म पुतलीको घरमा बस्दिनँ आमा

प्रकाशित: बुधबार, असोज २१, २०७७ ०८:५२
सारांशमा :
  • खेलौना पनि छोरीहरुलाई नरमनरम गुडियाहरु र छोरालाई कडा खालका दिन्छौं, बन्दुक, भकुन्डो अनि यस्तैयस्तै।
  • कसै न कसैको संरक्षणमा छोरीलाई हुर्काउनुभन्दा आफू र आफ्नो सुरक्षाका लागि प्रतिकार गर्न सक्ने बन्न प्रेरित गर्नुपर्छ।
  • मलाई निर्जीव पुतलीको घर बनाउनु छैन र त्यसमा बस्नु पनि छैन।
पूरा पढ्नुहोस्

सिफारिस