२०७७ कात्तिक ११, मंगलबार

कोभिड सामान्यचाहिँ होइन है

‘डर लाग्यो माई लर्ड’, सम्भवतः यो अहिलेको टिकटके जमानाको एउटा भाइरल वाक्यांश हो। मेरो अवस्था ठीक यस्तै थियो।

परिस्थिति भने बिल्कुलै फरक, न त म कुनै भिडिओ बनाउँदै थिएँ, न कुनै रमाइलो नै गर्दै थिएँ। म त एउटा कोठामा, कोभिडको बन्दी भएको थिएँ।

मेरो डरको कारण बन्धन कदापि थिएन, थियो त बस् हुन सक्ने कम्प्लिकेसनको उदारता। कोभिड लागेपछि देखिने लक्षण र कम्प्लिकेसनहरु नि बन्द कोठा झैं अनुदार भैदिए यति डर पटक्कै लाग्दैनथ्यो होला। जे हुनु थियो त्यो भैसकेको थियो।

दुई दिनदेखिको ज्वरो र जीउ पूरै गल्न थालेपछि गरेको पीसीआर टेस्टको रिजल्ट पोजिटिभ जो आएको थियो। मनमा अनेक प्रश्न थिए, मास्क पनि लगाएकै थिएँ, फेस सिल्ड, स्यानिटाइजर सब प्रयोग गरेकै थिएँ। सर्न चैं कताबाट सरेछ? प्रश्न अनुत्तरित नै थियो।

यतिमै थाहा भयो, सँगै काम गर्ने रेसिडेन्ट डाक्टर दाइको नि पोजिटिभ रहेछ। अनि घैंटोमा घाम लाग्न थाल्यो। ठीक ६ दिनअघि दाइसँग ओपीडीमा काम गर्दै बसेको याद आयो। केही गल्ती अवश्य भएको थियो। गल्ती आफ्नै सामान्य मानवीय थियो कि बजारमा पाउने तल्लो स्तरको केएन९५ मास्कको थियो? यो प्रश्नको उत्तर पनि अझै पाउन सकेको छैन। यो सधैं अनुत्तरित नै रहन पनि सक्छ।

फ्रन्टलाइनर भएर काम गर्दाको फल पाए जस्तो लाग्यो। सबै फल सोचे जस्तो मीठो त हुँदैन नै! ६ महिनादेखि घरमा आमाले ‘जान पर्दैन काममा, नपुग्दो केही छैन, घरमा नै बस’ भनेको याद आयो। अनि ‘हैन आमा डाक्टर भएपछि आफ्नो जिम्मेवारीबाट कहाँ पछि हटन मिल्छ र, जादिनँ-गर्दिनँ भन्न त कहाँ पाइन्छ’ भन्दै ड्युटी गरेको याद आयो।

कुन पो आमालाई आफ्नो सन्तानको माया हुँदैन र? न वहाँको माया गल्ती थियो न मेरो निर्णय गलत थियो। तर, समयले पीसीआर दिएको दिनदेखि सँगै फ्ल्याटमा बस्ने साथीहरुलाई पराइ बनाइदिएको थियो।

छुट्टै खान्थेँ, आफूले खएको भाँडा आफैं माझ्थेँ अनि ट्वाइलेट जाँदा मास्क लगाउथेँ, कतै छुनुअघि स्यानिटाइजर दलिहाल्थेँ। लक्षण आएदेखि पीसीआर रिपोर्ट नआउँदासम्मको दुई दिन यसरी नै बित्यो। त्यही कारण होला एउटै फ्ल्याटमा बस्ने साथीहरुलाई नि पोजिटिभ देखिएन, आत्मसन्तुष्टि यही मिलिहाल्यो।

अब फेरि आफ्नो कारण अरुलाई खतरामा राख्नु मन थिएन। लक्षणहरु सामान्य नै थियो, त्यही कारण अंकलको खाली फ्ल्याटमा गएर बस्ने निधो गरेँ। अनि सुरु भयो १४ दिने होम आइसोलेसन।

आफैं डाक्टर भए नि के खाने के नखाने निकै कन्फ्युजन भएको थियो। घरबाट बेसार, गुर्जो फर्माइस भयो, सिनियर दाइ, कोभिड सर्भाइभर साथीहरुले भिटामिन सी, जिन्क, एसिलक, मल्टिभिटामिन, हनी वाटर खान भन्नु भएको थियो। हल्का ज्वरो र जीउ दुख्ने भएकोले प्यारासिटामोल नि खाएँ। जीउमा अक्सिजनको मात्रा पल्स अक्सिमिटर भन्ने यन्त्रले चारचार घण्टामा चेक गर्थें। भिटामिनको आफ्नै टक्सिसिटी हुन सक्थ्यो, तर रिस्क लिइयो, एक क्यापसुल खाइयो।

‘डर के आगे जित है’ जो भनिन्छ! हुन त रिस्क भन्दा फाइदा नै बढी थियो। प्रशस्त पानी, दिनको एक लिटर ओ आर एस, अण्डा, दूध र प्रोटिन भएको डाइट पेलियो। जीउ दुख्ने, हल्का काम गर्दा नि चिटचिट पसिना आउने, ज्वरो, हल्का खोकी ८-९ दिनसम्मै चलिरह्यो। केही भैहाल्ने पो हो कि भन्ने डर चैं साह्रै लाग्दो रहेछ। म आफैं ज्यान र औषधिको ज्ञान भएको मान्छेलाई त यति डर छ, आममानिसलाई कतिको डर लाग्दो हो? कुरा मनमा खेल्थ्यो।

९ दिनपश्चात् त लगभग सब ठीक हुन थालेको थियो, एक किसिमको छुट्टै कम्फिडेन्स आउन थालेको थियो। अनि फाइनल्ली १४ दिनको पीसीआर नेगेटिभ आयो।

कैदी जो रिहा भएको थ्यो, मन निकै खुसी भयो। आनन्द त नेगेटिभ आयो भन्दा पनि बढी मेरो कारणले कोहीलाई कोभिड सारिनँ भन्ने कुराको सन्तुष्टिमा थियो। अनि सोचेँ साँच्चै सबैजनाले यसरी नै आइसोलेसनमा कडाइका साथ बसिदिएको भए त महामारी यति हाहाकार बनाउने रूपमा फैलँदैनथ्यो कि!

सबैजनाले सोसल डिस्ट्यान्सिङ (सामाजिक दूरी), ह्यान्ड हाइजिन (हात सफा गर्ने) र मास्क लगाउने निर्देशिका फलो गरेको (मानेको) भए यो अवस्था आउँदैनथ्यो कि भन्ने लागिरहन्छ। जेहोस्, बुझ्न जरुरी के छ भने, सामान्य रुघाखोकी र अझ केही नै नभै कोभिडबाट बचे पनि, फ्युचर (भविष्य) मा के हुने हो, केही रेसिड्युअल इफेक्ट र कम्प्लिकेसनहरु कस्तो हुने हो, यो अर्को अनुत्तरित प्रश्न हो। कोभिडलाई हल्का रुपमा नलिऊँ, आफू पनि बचौं र अरूलाई पनि बचाऔं।

ब्लग स्वास्थ्य

कोभिड सामान्यचाहिँ होइन है

प्रकाशित: शुक्रबार, असोज २३, २०७७ ०९:२६
सारांशमा :
  • गल्ती आफ्नै सामान्य मानवीय थियो कि बजारमा पाउने तल्लो स्तरको केएन९५ मास्कको थियो? यो प्रश्नको उत्तर पनि अझै पाउन सकेको छैन।
  • फ्रन्टलाइनर भएर काम गर्दाको फल पाए जस्तो लाग्यो। सबै फल सोचे जस्तो मीठो त हुँदैन नै।
  • कोभिडलाई हल्का रुपमा नलिऊँ, आफू पनि बचौं र अरुलाई पनि बचाऔं।।
पूरा पढ्नुहोस्

सिफारिस