२०७७ कात्तिक ११, मंगलबार
बजार फोटो फिचर कोभिड–१९ महामारी

कोरोनाले कस्न नसकेको काठमाडौंको किनमेल (तस्वीरहरू)


गोपेन राई
शुक्रबार, असोज २३, २०७७ २०:१०
प्रकाशित: शुक्रबार, असोज २३, २०७७ २०:१०

काठमाडौं। काठमाडौंमा चाडपर्वको किनमेलका अगाडि कोरोनाको कहर फिक्का परेजस्तो देखिएको छ। एकातिर दशैं-तिहार नजिकिँदो छ, अर्कोतिर कोरोनाको प्रसार पनि फराकिलो हुँदैछ। मानिसहरूमा कोरोनाको चिन्ताभन्दा धेरै चासो दशैंको किनमेलमा देखिएको छ। स्वास्थ्य मन्त्रालय दिनहुँ स्वास्थ्य सुरक्षासम्बन्धी सावधानी अपनाउन भनिरहेको छ, मानिसहरू थप लापरवाह हुँदै गइरहेका छन्। जुन कुरा आज काठमाडौंको असन, इन्द्रचोक, महाबौद्ध, जनबाहल, न्यूरोड लगायतका बजार क्षेत्रमा देखिएका निष्फिक्री भीडले पनि प्रष्ट्याउँछ। नेपालमा कोरोना प्रसारको गति उच्च हुँदै जाँदा सङ्क्रमितको संख्याले १ लाखको आँकडा पार गरिसकेको छ। काठमाडौं उपत्यकामा मात्रै एकसाता यता १० हजारभन्दा बढी कोरोना सङ्क्रमित थपिएका छन्। जसमध्ये सबैभन्दा धेरै (३० हजार) काठमाडौंमै थपिएका छन्। तर पनि काठमाडौं सावधान भइरहेको छैन !