२०७७ कात्तिक ४, मंगलबार

के हो हेडमास्टर ? को हो हेडमास्टर !

देशभर ३६ हजार स्कूल रहेको आँकडा छ। ३६ हजार नै हेडमास्टर। २०८२ सालभित्र ३ करोड ६० लाख जनसंख्या पुग्ला। अनि त १ लाखमा १ हेडमास्टर ! 

(यहाँ उठाइएका प्रसंग उड बी, कुड बी र सुड बी, १६ वर्षसम्म विद्यालयदेखि विश्वविद्यालय तहसम्मका नेतृत्वमा रहँदा भएका प्रयासमा आधारित छ। र, सामान्यीकरण गरिएको छैन भन्ने मान्यतामा पनि आधारित छ।)

हेडटिचर, हेडमास्टर, प्राचार्य वा प्रिन्सिपल के हो यो पद ? प्रशासनिक प्रमुख वा म्यानेजर वा नेतृत्व ! के हो हेडमास्टर ? को हो हेडमास्टर !

अहिलेसम्मको अभ्यास 

हेडमास्टर प्रशासनिक प्रमुख वा म्यानेजर मात्र होइनन् भनेनौं। हामीले यो पदलाई कुपोषित गर्‍यौं। पोषणयुक्त वातावरण नबनाएर ‘ओभर रेटिङ’ भो ‘पावर नदिई सुपरम्यान’ को कल्पना गरियो।

ज्ञानबहादुर न्वारान गरियो, बनायौं ज्यानबहादुर ! केन्द्रमै परिकल्पना गरियो, फोकल पर्सन भनियो। दिनदिनै समस्याको जालोमा मात्रै घुमिराख्नु पर्‍यो। समस्या बोकेर समाधान गरिदिने निकायमा पुग्ने हुलाकीमा सीमित गर्‍यौं। 

अब के गर्ने ?  

स्कुल लिडर भनौं । 

कुनै एक विषयमाथि विश्वविद्यालयमा प्राप्त डिग्री र शिक्षक योग्यता परीक्षामा सफल भएको व्यक्ति शिक्षक त भयो, सोही शिक्षक समयक्रममा वरिष्ठतम् भो र हेडमास्टर बन्यो। चलन आजसम्म चल्यो। परिणाम सबैलाई थाहा छ। 

१. ३० हजार स्कूल लिडर तयार गरौं  !

केन्द्र सरकार-प्रादेशिक विश्वविद्यालयहरुले स्थानीय आवश्यकताको अनुसन्धान गरी ‘लोकल टू ग्लोबल’ स्कूल लिडर पाठ्यक्रम तयार गर्न स्वतन्त्र छन्। यस्ता पाठ्यक्रम तयार गर्दा बहुविषयक (मल्टी डिसिप्लिनरी र ट्रान्सडिसिप्लिनरी अप्रोच) मा जान अनिवार्य बनाउने। स्नातक तह पार गरेकोले दुई वर्ष र स्नातकोत्तर गरेकाले एक वर्ष सैद्धान्तिक कोर्स पढ्नुपर्ने।

मोड अफ लर्निङ- रेगुलर वा डिस्ट्यान्स। 

मूल्यांकनः निर्माणात्मक हुने।
 
२. पाठ्यक्रम  

दृष्टिकोण

– सम्बद्ध पक्षको समग्र इमोसन्सलाई समाउन सिकाउने।

– साहस भर्न सक्ने। परिवर्तनलाई आत्मसात् गर्न सक्ने।

– सदाचार (इन्टिग्रिटि) का अवयवहरू सिकाउने।

– ह्युमिलिटी (आत्मसम्मान र अरुको महत्वको समेत ख्याल गर्ने) का तत्वहरु सिकाउने।

– रणनीतिक योजना बनाउन सिकाउने। भविष्यको संकेत आकलन गर्ने बनाउने र विश्व परिवेश कता जाँदैछ भन्ने कुराको चिन्तन गरी तयारीमा लाग्न सक्ने बनाउने।  

– सम्बद्ध संस्थाको ‘कोर कम्पिटेन्सी’ बुझ्ने कला सिकाउने। 

– सहकार्यका तत्वहरू सिक्ने 

– रचनात्मक चिन्तन (क्रिटिकल सोचाइ) का लागि प्रोत्साहन गर्ने।

– आफ्ना कर्मचारीको निरन्तर विकासको योजना बनाई हरदम अवसर निर्माण गरिरहने।

२. प्रवेश परीक्षा 

प्रवेश परीक्षा तीन चरणको बनाउने। क) कार्ययोजना ख) सामूहिक छलफलपछिको कार्ययोजना, ग) कम्तीमा १५ दिनको अनुसन्धानसहितको सामूहिक कार्ययोजनाको प्रस्तुति। कम्तीमा ३ महिनामा भर्ना योग्य बनाउने।

३. शुल्क व्यवस्थापन 

पढाइ अवधिभर पैसा नलिने !

प्रति विद्यार्थी शुल्क भर्नाका बेला तोक्ने। तर, पढाइ अवधिभर पैसा तिर्नु नपर्ने। नियमित र समयमै पढाइ र अनुसन्धान सक्नेले नियुक्ति पाएको ६ महीनापछिदेखि तलवमानबाट कट्टा हुने गरी सरकारी बैंकबाट निर्व्याजी ऋण दिने। 

४. अहिलेका प्रधानाध्यापकहरूलाई के गर्ने ? 

२९ हजारमध्ये २०८१ सालसम्ममा नौ हजार ५०० जना निवृत्त हुनेछन् भने बाँकी सात हजार ४०० जना २०८५ सम्म बिदा हुने छन। समायोजनले करिब तीन हजार पदस्थापन हुने किताबखानाको अनुमान छ। उमेर समूह बाँकी भएकोले सोही योजनामा सहभागी हुन पाउने छन्। अध्ययन विदा पाइनेछ।

५. सेवा सुविधा 

सन् २०२७ मा पदस्थापन हुने माध्यमिक तहको स्कुल लिडरको तलब सुविधा न्यूनतम एक लाख हुने छ। निजामती सरहको वृद्धिदर लागू हुनेछ। 

६. इन्टर्नसिप 

एक वर्ष र दुई वर्षको स्कूल लिडर कोर्स गरेका प्रशिक्षार्थीहरुले एउटा कमजोर प्रदर्शन गरिरहेको विद्यालय छान्ने छन र पूरा एक शैक्षिकसत्र त्यसमा स्कूल कन्सल्ट्यान्ट भएर काम गर्ने छन्। त्यो अवधिमा सुधार गर्ने छन्। उनीहरूका लागि त्यही मूल्यांकन हुनेछ । स्कूल लिडरका रूपमा ग्रयाजुएसन हुनेछ। 

२०८२ सालमा पहिलो ब्याचका स्कूल लिडरहरूले सम्बन्धित स्कूल व्यवस्थापन समितिमार्फत् स्कूल लिडर्सको सात दिने जम्बोरीबाट आफूलाई उपयुक्त विद्यालयमा नियुक्ति लिनेछन्। निजी विद्यालयले सरकारले दिनेभन्दा ४० प्रतिशत बढी सुविधा दिएर नियुक्ति दिने छन्। संस्थापकहरूलाई सकिनसकी प्रिन्सिपल हुनुपर्ने बोझबाट मुक्ति मिल्ने छ।

यही वर्ष शुरू गरे २०९० सम्ममा विद्यालय शिक्षाको स्वरूप फेरिने छ। लिडरसीप मिसन बनाएका, लिडरसीप आइडेन्टिटीले निथ्रुक्क भिजेका, जे बोल्छन् त्यही गर्ने, स्कूलमा छिर्नेबित्तिकै रहरपूर्वक सिकाइको मुड बनाउने, सर्वपक्षीय भलाइमा लाग्ने कुशल नेतृत्वको पर्यायहरू हरेक स्कूलमा देखिने छ।

कोरोनाकालमा ब्युरोक्रेसीले देखाएको यो आँटलाई इतिहासमै साहसिक मानिने छ। सरकारले अहिलेसम्म गरेका सबै अन्डरअचिभमेन्टको क्षतिपूर्ति हुने छ।

विचार / अन्तर्वार्ता शिक्षा

के हो हेडमास्टर ? को हो हेडमास्टर !

प्रकाशित: आईतबार, असोज २५, २०७७ ०८:५७
सारांशमा :
  • अहिलेका प्रधानाध्यापकलाई उनीहरूको नेतृत्वदायी शैलीमा परिवर्तन ल्याउनुपर्छ। 
  • अहिले प्रअहरू नेतृत्वकर्ता भन्दा पनि शासक बनेका छन्। 
  • प्रअहरूलाई बदल्न सकियो भने समग्र शिक्षा क्षेत्र नै परिवर्तन हुन्छ। 
पूरा पढ्नुहोस्

सिफारिस