२०७७ कात्तिक ११, मंगलबार

एनआरएनए विश्व ज्ञान सम्मेलनको निष्कर्ष : नेपालमा कोरोनाभन्दा नसर्ने रोग भयावह 

काठमाडौं। नेपालमा नसर्ने रोगहरूको अवस्था भयावह बन्दै गएको विज्ञहरूको निष्कर्ष छ।  

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनका अवसरमा आयोजित ‘लाइफ एण्ड हेल्थ साइन्स’ विषयक कार्यक्रममा विज्ञहरूको छलफलबाट नेपालमा नसर्ने रोगहरूको अवस्था निकै चुनौतीपूर्ण रहेको निष्कर्ष निकालिएको हो।  

कार्यक्रममा बोल्दै डा.अभिनभ वैद्यले मधुमेह, मुटु रोग, उच्च रक्तचाप, क्यान्सर, हृदयघात, मष्तिस्क घात, अम्लपित्त, मृगौला खराबी, दम, माइग्रेन, डिप्रशन, मोटोपना आदी नसर्ने रोगहरूले नेपालमा भयावह अवस्था लिँदै गरेको उल्लेख गरे।

यी रोगहरूबाट ४० वर्षभन्दा मुनि उमेरका युवा वर्ग बढी प्रभावित भएको बताउँदै उनले यी रोगहरूबाट बच्न सोच्नुपर्ने बेला आएको जनाए। ४० वर्षभन्दा कम उमेरका ३७ दशमलव ९ प्रतिशत युवाहरू नसर्ने रोगबाट प्रभावित बनेको डा. अभिनभ वैधले जानकारी दिए।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै डा. सरोज निरौलाले विश्वमा वार्षिक १० लाख मानिसहरूले क्यान्सरका कारण ज्यान गुमाउने गरेको बताए। क्यान्सरबाट ज्यान गुमाउनेहरूमा ७० प्रतिशत निम्न तथा मध्यम आय भएका मुलुकका मानिसहरू रहेको उनले जनाए।

नसर्ने रोग क्यान्सरबाट बचाउन जीवनशैली तथा खानपानमा ध्यान दिनुपर्नेमा उनले जोड दिए।   

धुलो, धूँवा, विकिरण रसायनको प्रयोग, विषाक्त खानेकुराले क्यान्सरको जोखिम बढेको बताउँदै स्वस्थ जीवनशैली नै क्यान्सरसँग लड्ने पहिलो आधार भएको धारणा उनले राखेका थिए।

चेतनाको कमी, प्रविधिको अभाव, मानव स्रोत साधनको अभाव, अनुसन्धानको अभाव लगायत कारण विकासशील मुलुकहरूमा यसको समस्या बढ्दै गएको भनाइ उनको थियो। 

सिनियर मेन्टल हेल्थ एजुकेशन अफिसर भरत नेपाल (अष्ट्रेलिया)ले मानसिक स्वास्थ्यको विषय महामारीभन्दा अगाडिदेखि नै उठेको बताए। कोरोना महामारीका कारण थप यसको जटिलता बढेको उनले उल्लेख गरे।   

कार्यक्रममा बोल्दै उनले नेपालले कोरोना महामारीका कारण रोजगारी गुमाउँदा, लामो  समयसम्मको बेरोजगारीका कारण कमजोर आर्थिक अवस्था तथा अभावका कारण अधिकांशको मानसिक स्वास्थ्यमा असर परेको जनाए।

मानसिक समस्याकै कारण मानिसहरू आत्महत्या गर्ने अवस्थासम्म पुग्ने गरेको बताउँदै पुरूषको तुलनामा ठूलो संख्यामा महिलाहरूले आत्महत्या गर्ने उनले बताए। ४५ प्रतिशतसम्म महिलाहरूले आत्महत्या गर्ने प्रवृत्ति देखिएको उनले जानकारी दिए। मानसिक समस्याबाट बच्नका लागि सकारात्मक सोच, स्वस्थ जीवनशैलीमा ध्यान दिनुपर्ने उनले जोड दिए।

कार्यक्रममा डा. कृष्णबहादुर थापाले बालबालिकामा जन्मजात देखिने डिस्लेक्सियाको प्रभाव बढ्दै गएको जनाए। विश्वमा विद्यालय जाने अवस्थाका ३ देखि १९ प्रतिशत बालबालिकाहरूमा यस्तो समस्या रहने अध्ययनले देखाएको बताउँदै नेपालको सन्दर्भमा पनि बालबालिकाहरूमा यस्तो समस्या बढ्दै गएको उनले बताए। 

“डिस्लेक्सिया भएका बच्चाहरू अरू सामान्य बच्चाहरूभन्दा फरक हुन्छन्। उनीहरू शुद्ध उच्चारण गर्न नसक्ने तथा एकदमै ढिला अध्ययन गर्ने हुन्छन्। दायाँ र बायाँ छुट्याउन नसक्ने हुँदा उनीहरू स्मल बी र डिलाई एउटै देख्छन्। जसले पनि अध्ययनमा अप्ठ्यारो हुन्छ,” उनले भने।  

यस्ता बालबालिकाको अवस्थाअनुसार पेडागोजि तयार गरी सोहीअनुसार डिस्लेक्सिया भएका बालबालिकालाई सिकाइ प्रणाली लागू गर्न राज्यले पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए।

प्रो.डा. अन्जना सिंहले नेपालमा  डेंगु भाइरस को प्रभावका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेकी थिइन्। डेंगु एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस ) पोथी लामखुट्टेको टोकाइबाट लाग्ने उनले जनाइन्। 

“डेंगु एउटा मानिसबाट अर्को मानिसमा सर्दैन र यो तबमात्र सर्छ जब एउटा लामखुट्टेले संक्रमित मानिसलाई टोक्छ र त्यो लामखुट्टेमा भाइरस विकास भएर  त्यो लामखुट्टेले अर्को स्वस्थ मानिसलाई टोक्छ,” उनले बताइन्।  

बाहिरको नेपाल

एनआरएनए विश्व ज्ञान सम्मेलनको निष्कर्ष : नेपालमा कोरोनाभन्दा नसर्ने रोग भयावह 

प्रकाशित: सोमबार, असोज २६, २०७७ १०:३७
सारांशमा :
  • नेपालमा ४० वर्षभन्दा कम उमेरका ३७ दशमलव ९ प्रतिशत युवाहरू नसर्ने रोगबाट प्रभावित।
  • विश्वमा वार्षिक १० लाख मानिसहरूले क्यान्सरका कारण ज्यान गुमाउने गरेको।
  • पुरूषको तुलनामा ठूलो संख्यामा महिलाहरूले आत्महत्या गर्ने गरेका छन्। ४५ प्रतिशतसम्म महिलाहरूमा आत्महत्या गर्ने प्रवृत्ति देखिएको छ।
पूरा पढ्नुहोस्

सिफारिस