२०७७ कात्तिक १२, बुधबार

नेहापछि आदित्यले सार्वजनिक गरे प्रेमिका, यसै वर्ष विवाह गर्दै

एजेन्सी। चर्चित गायिका नेहा कक्करले केही दिनअगाडि आफ्ना प्रेमी सार्वजनिक गरिन्। जब कि केही समय अगाडिसम्म उनी गायक आदित्य नारायण झासँग विवाह गर्न लागेको चर्चा चलेको थियो। तर, एकाएक उनले आफ्नो प्रेमी सार्वजनिक गरेकी थिइन्। 

अहिले आदित्यले पनि आफ्नो प्रेमिका सार्वजनिक गरेका छन्। उनले प्रेमिका श्वेता अग्रवालको तस्बिर सार्वजनिक गरेका हुन्। उनले यसै वर्ष विवाह गर्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

दुई जनाको भेट सन् २०१० मा प्रदर्शनमा आएको चलचित्र ‘शापित’को सेटमा भएको थियो। उक्त चलचित्रमा दुवै जनाले एकसाथ काम गरेका थिए। त्यही काम गर्ने क्रममा आदित्यले प्रेम प्रस्ताव राखेका थिए। 

श्वेतासँग आफूले यस वर्षको अन्त्यमा बिहे गर्ने तयारी गरेको आदित्यले बताएका छन्। भारतीय मिडियासँग कुरा गर्दै आदित्यले भनेका छन्, “हरेक सम्बन्धझैँ १० वर्षदेखि प्रेम सम्बन्धमा रहँदा हामीबीच निकै धेरै उतारचढाव आएका छन्। मेरो परिवारले श्वेतालाई बुझेको छ। विवाह त हाम्रो लागि एक प्रक्रिया मात्र हो। म खुशी छु कि श्वेता मेरो जीवनमा आएकी छिन्।” 

आदित्य र श्वेता प्रेम सम्बन्धमा जोडिएको केही समयपछि उनीहरूबीच ब्रेकअप भएको चर्चा पनि चलेको थियो। तर, प्रेम सम्बन्धमा यस्तो उतारचढाव आइरहने आदित्यको भनाइ छ। केही दिन अगाडि मात्र गायिका नेहा कक्कडले प्रेमी रोहनप्रित सिंहसँग बिहे गर्न लागेको जानकारी दिएकी थिइन्। 

आदित्यको काँधमा लागेको चोटका कारण उनको नजिकको साथी नेहाको विवाहमा सहभागी हुन नपाउने भएका छन्। टीआरपी बढाउनका लागि इण्डियन आइडलको सेटमा नै नेहा र आदित्यको विवाहसमेत गराइएको थियो।

मनोरञ्‍जन

नेहापछि आदित्यले सार्वजनिक गरे प्रेमिका, यसै वर्ष विवाह गर्दै

प्रकाशित: सोमबार, असोज २६, २०७७ १४:२८
सारांशमा :
  • आफ्नो प्रेमिकाबारे सार्वजनिक रूपमा नै उनले  गरेका हुन्। 
  • यसअघि नेहा कक्करसँग विवाहको समेत कुरा चलेको थियो।
  • नेहाले समेत यसै महिना विवाह गर्दैछिन्। 
पूरा पढ्नुहोस्

सिफारिस