२०७७ कात्तिक ११, मंगलबार

कोरोना महामारीका कारण वैदेशिक रोजगारबाट फर्कनेको संख्या लाख नाघ्यो, करिब ५६ हजार फर्कन पालो कुर्दै

काठमाडौं। कोरोना महामारीका कारण रोजगार गुमाई विदेशमा अलपत्र परेका एक लाख ६ हजार १८८ जनालाई सरकारले उद्धार गरी स्वदेश फर्काएको छ। 

कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का अनुसार हालसम्म विश्वका ३२ देशबाट अलपत्र परेका नेपालीलाई उद्धार गरी ल्याइएको छ। 

विदेशमा रोजगारी गुमाई अलपत्र परी स्वदेश फर्कनको लागि तयारी अवस्था अझै ५५ हजार ८३७ जना नेपाली रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयल जनाएको छ। 

मन्त्रालयका अनुसार विभिन्न देशमा अलपत्र परेका १ लाख ४२ हजार ८०७ जनाले आफूहरू अप्ठेरोको परेकोले स्वदेश फर्कने वातावरण बनाइदिन भन्दै त्यहाँ रहेका नेपाली दूतावास तथा नियोगहरुमा आवेदन दिएका थिए। 

स्वदेश फर्कनको लागि आवेदन दिनेमध्ये हालसम्म ८६ हजार ९७० जनालाई उद्धार गरी सरकारले स्वदेश फर्काइसकेको छ। अलपत्र परेका तर आवेदन नदिई स्वदेश फर्कनेको संख्या पनि ठूलो छ। 

सीसीएमसीका अनुसार रोजगारी गुमाई सबैभन्दा बढी नेपालीहरु युनाइटेड अरब ईमिरेट्स (युएई)बाट फर्केका छन्। यूएईबाट हालसम्म ३० हजार ६२३ जनालाई उद्धार गरी ल्याइएको छ। 

कतारबाट हालसम्म १७ हजार ५२६ जना नेपालीहरु फर्केका छन्। साउदी अरेबियाबाट १६ हजार २०७, कुवेतबाट ९ हजार ६९५, मलेसियाबाट १४ हजार ९६५ र टर्कीबाट २ हजार ७८ जना नेपाली फर्केका छन्। 

यस्तै, अफगानिस्तानबाट ५०, अष्ट्रेलियाबाट १ हजार ९१, ओमानबाट १ हजार ७८३, म्यानमारबाट २६, जापानबाट २ हजार ८७६, थाईल्याण्डबाट ३२६, दक्षिण कोरियाबाट १ हजार ८११, बंगलादेशबाट ९३०, माल्दिभ्सबाट १ हजार २६, श्रीलंकाबाट ६, सिंगापुरबाट ८५६, हङकङबाट ३३४, पाकिस्तानबाट १११, बहराइनबाट १ हजार ३३९, अमेरिकाबाट ४३७ जना नेपाली स्वदेश फर्केका छन्। 

बेलायतबाट २२९, ईजरायलबाट १२७, चीनबाट ४४२, टर्कीबाट २०७८, फिलिपिन्सबाट २०१, स्वीट्जरल्याण्डबाट १०, दक्षिण सुडानबाट २५०, सेन्ट्रल अफ्रिकन रिपब्लिकबाट ६८, भारतबाट ८५, इराकबाट ३९, साइप्रसबाट ६४ र जोर्डनबाट ५७७ जनालाई सरकारले उद्धार गरी ल्याएको सीसीएमसीले जनाएको छ। 

विदेशबाट फर्कनेमा सबैभन्दा बढी बागमती प्रदेशका रहेका छन्। हालसम्म स्वदेश फर्केकाहरु मध्ये प्रदेश नंं. १ का १५ हजार ६०४, प्रदेश नं.२ का १३ हजार २२३, बागमती प्रदेशका १८ हजार ७४८, गण्डकी प्रदेशका ९ हजार ७४३, लुम्बिनी प्रदेशका १२ हजार ६०१, कर्णाली प्रदेशका १ हजार ६०८ र सुदुरपश्चिम प्रदेशका १ हजार ८३७ जना रहेका छन्।

फर्कनेमध्ये ३१ हजार ८७० जना कुन प्रदेशका हुन् छुट्टिएको छैन। 

बाहिरको नेपाल

कोरोना महामारीका कारण वैदेशिक रोजगारबाट फर्कनेको संख्या लाख नाघ्यो, करिब ५६ हजार फर्कन पालो कुर्दै

प्रकाशित: बुधबार, असोज २८, २०७७ ११:०१
सारांशमा :
  • हालसम्म विश्वका ३२ देशबाट अलपत्र परेका नेपालीलाई उद्धार गरी ल्याइएको छ। 
  • विभिन्न देशमा अलपत्र परेका १ लाख ४२ हजार ८०७ जनाले आफूहरू अप्ठेरोको परेकोले स्वदेश फर्कने वातावरण बनाइदिन भन्दै आवेदन दिएका छन्। 
  • आवेदन दिनेमध्ये हालसम्म ८६ हजार ९७० जनालाई उद्धार गरी सरकारले स्वदेश फर्काइसकेको छ।
पूरा पढ्नुहोस्

सिफारिस