२०७७ कात्तिक ११, मंगलबार

रोयल्टी विवाद :  गायक गायिकाले कन्सर्टमा गीत गाउन पाउने कि नपाउने ? 

काठमाडौं। बिन्ध्यवासिनी म्युजिक प्रालिले एक करोड क्षतिपूर्तिको माग गर्दै गायक प्रमोद खरेलविरूद्ध उजुरी हाल्यो। कम्पनीका सञ्चालक सुवास रेग्मीले रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका थिए। रजिष्ट्रारको कार्यालयमा उक्त विवाद समाधान नभएपछि अब अदालत जानेछ। 

आफ्नो कम्पनीले उत्पादन गरेका म्युजिक ट्र्याक आफ्नो अनुमतिविना देश तथा विदेशमा हुने सांगीतिक कार्यक्रममा प्रयोग गरेको बिन्ध्यवासिनीको आरोप छ। 

विगत लामो समयदेखि आफ्नो अनुमतिविना ट्र्याक प्रयोग गरेर देश विदेशमा हुने सांगीतिक कार्यक्रममा प्रयोग गरिएको भन्दै रेग्मीले  क्षतिपूर्ति मागेका थिए। 

यस्तो विवाद पहिलोपटक भने होइन। यसअघि पनि बेला-बेला गीतको ट्रयाक प्रयोगबारे गायक गायिका र म्युजिक कम्पनीबीच हुने गरेको थियो। 

रेग्मी गायक गायिकाले निर्माताको अनुमतिबिना ट्र्याक प्रयोग नमिल्ने बताउँछन्। 

“कुनै पनि सिर्जनाका लागि गीतकार र संगीतकार भनेको आमाबुवा हुन्। त्यसपछि गायक गायिका तथा प्रोड्यूसर भनेका त छोराछोरी हुन्। आमाबुवाले बनाएको गीत छोराछोरी प्रयोग गर्न त पाउँछन्। तर, लगानीकर्तासँग अनुमति त लिनुपर्‍यो नि।” उनले भने। 

उनका अनुसार गायक गायिकाले त्यसरी कार्यक्रममा गएर गाउँदा पाएको पारिश्रमिकबाट संगीतकार, लगानीकर्ता, लगायतलाई छुट्याउनुपर्ने छ।

गायक प्रमोद खरेलले भने गीत गाउँन कसैको पनि अनुमति लिन नपर्ने बताउँछन्। गीतको प्रचारप्रसार गर्ने पहिलो अधिकार नै गायक गायिकालाई हुने भन्दै त्यसका लागि कसैसँग अनुमति लिनुनपर्ने उनको दावी छ। 

प्रतिलिपी अधिकार ऐन, २०५९ ले गायक गायिकालाई आफ्नो प्रस्तुतिलाई प्रसारण वा सञ्चार गरी जनसमक्ष पुर्‍याउने अधिकार दिएको छ। एउटा गीतमा गीतकार, संगीतकार, गायकगायिका र निर्माताले २५/२५ प्रतिशत अधिकार पाउँछन्।

६ वर्षपछि उक्त गीतमा लगानीकर्ताको कुनै पनि अधिकार नहुने कानूनमा उल्लेख छ। तर, ऐनले गायक गायिकाको अधिकार भने स्पष्ट उल्लेख नगरेको संगीतकार वसन्त सापकोटा बताउँछन्। 

“कानूनले गायक गायिकाले त्यसरी कन्सर्ट तथा सार्वजनिक कार्यक्रममा गएर गाउन पाउने अधिकारका विषयमा स्पष्ट बोलेको छैन। अहिलेसम्म हामी त व्यवहारिक रूपमा नै अगाडि बढिरहेका छौं”, उनले भने। 

पहिलापहिला हुने कन्सर्ट तथा सार्वजनिक कार्यक्रममा गायकगायिकासहित सम्पूर्ण टीम गएर प्रस्तुति दिने गरेको उनले बताए। “अचेल भने गीतको ट्र्याक बोकेर गायक गायिका मात्र हिँड्ने र पैसा कमाउने गरेका छन्। यो विषयमा कानून नै स्पष्ट छैन्।” संगीतकार सापकोटाले भने।

एउटै फिल्डमा काम गर्दै जाँदा सबैजना सहमति र समझदारीमै अगाडि बढिरहेको भन्दै अब गीत संगीतलाई पनि व्यावासायीक बनाएर अगाडि बढ्नुपर्ने उनी बताउँछन्। सापकोटाले नेपालमा अझै पनि संगीत क्षेत्र व्यावसायीक हुन नसकेको भन्दै बोलीको भरमा काम गर्दै जाँदा बेला बेला यस्तो समस्या आउने गरेको अनुभव सुनाए। 

“हामीहरू सिर्जना बोलीका भरमा गएका छन्। बोली र समझादारीले अगाडि बढ्दा विभिन्न समस्या आउँदोरहेछ। अब यसलाई व्यवसायीक बनाएर कानूनसम्बत ढंगले अगाडि बढ्नुपर्छ।” उनले भने।  

प्रस्तोता समाजका अध्यक्ष शिव हमालले अहिलेसम्म सबै मिलापत्रको आधारमा भइरहेको भन्दै कानूनले स्पष्ट नबोल्दा समस्या झेल्नुपरेको बताए। गीतमा सबैको अधिकार समान हुने भन्दै आइरहने यस्ता विवाद सबैजना मिलेर नै समाधान गर्नुपर्नेमा उनको जोड छ। 

मनोरञ्‍जन

रोयल्टी विवाद :  गायक गायिकाले कन्सर्टमा गीत गाउन पाउने कि नपाउने ? 

प्रकाशित: बिहिबार, असोज २९, २०७७ १०:४०
सारांशमा :
  • आफ्नो अनुमतिविना गीत गाउन नपाउने भन्दै गायक प्रमोद खरेलविरुद्ध बिन्ध्यवासिनी म्युजिक प्रालिले उजुरी दिएको छ। 
  • कानूनले गायक गायिकको भूमिका स्पष्ट गरेको छैन्। 
  • अहिलेसम्म व्यवहारिक आधारमा काम चल्दै आएको छ।
पूरा पढ्नुहोस्

सिफारिस