२०७७ कात्तिक १२, बुधबार

रिसाउने-झर्किने अनि फकाउने प्रेम सम्बन्धमा ‘नरिसाउन होई.. मयाँ नरिसाउन होई’

‘कति लाउँछ मयाँ नसोध न होई...
छाती चिरी कसरी पो देखाउनु र खोई...’

भनिन्छ नि, साहित्य जहाँ, जहिले, जतिखेर पनि फुर्छ। त्यस्तै अनौठो सयम र परिवेशमा जन्मिएको गीत (नरिसाउन होई) को कथा। 

“ड्युटी सकेर कर्नरतिर फ्रेस हुन साथी र म यसो बसेका थियौं। यत्तिकैमा दिमागमा झ्वाट्ट ‘नरिसाउन होई’ आयो,” तीन हप्ताअघि ८के एभरेस्ट मोसन पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक भएको ‘नरिसाउन होई’ गीतका लेखक सुरज गैरेले सुनाए।

“त्यत्तिकैमा रिसाउने, फकाउने र झर्किने विशेषगरी माया-पिरतीमै हुन्छ भन्ने पनि दिमागमा आयो,” गैरे भन्छन्, “ती शब्दलाई पनि च्याप्प समातेर गीतको दोस्रो लाइनमा हालेँ।”

‘तर्किन्छ्यौ किन....
मयाँ, झर्किन्छ्यौ किन...’

अनि फेरि- ‘नरिसाउन होई... मयाँ नरिसाउन होई।’

“पहिलो दिन गीत त्यत्ति मात्रै बन्यो। कोठा गएँ। खाना खाएर सुतेँ,” गैरेले सुनाए, “यसै गरी बाँकी शब्द आज नफुरे पनि भोलि त फुर्लान् नि...”

वैदेशिक रोजगारीका लागि हाल युएईमा छन्, सुरज गैरे। उनी सुरक्षा गार्डको जागिरे हुन्। उनलाई लेखिरहन मन लाग्छ।

“कहिले-कहिले यत्तिकैमा खरर दिमागमा विभिन्न कुरा पंक्ती बनेर मिलेर आउँछन्,” उनी भन्छन्, “कहिले काहिँ एक दुई शब्द आउँछन्, बाँकी शब्द खोज्नुपर्छ।”

गीतको स्थायी बनिसकेको थियो। “पाँच लाइन बेलुका नै लेखेको नै रहेछु,” उनी भन्छन्, “अब अरू ५/७ लाइन थप्दा त गीत बनिहाल्छ।”

बिहान उठेर बेलुका मनमा भुलुक्क उम्लिएका २५÷३० शब्द पढ्दै गर्दा उनलाई त्यसैमा अलिकति मेहनत गर्न मनलाग्यो। “बेलुका ती लाइन लेख्दै गर्दाको सन्भर्द उही ‘माया-प्रेम’। त्यसैलाई अझै गीतमा मिसाउन मन लाग्यो,” गीतैको कथा भन्न थाले गैरे, “प्रेमी-प्रेमिका रिसाउँदा कत्ति असर पर्छ, अझ परिवारमा शंका गर्दा झनै गाह्रो।”

यस्तै-यस्तै सोच्दै गर्दा गैरेले आफैँलाई एक प्रेमीको रूपमा उभ्याए। त्यसपछि सबै कुरा मनमा भिजुअलसहित आए झैँ भयो उनलाई। “प्रेमी-प्रेमिकाबीच झगडा हुन ठूलो कुरा नै चाहिँदैन। सानै कुरामा पनि चित्त दुखाउने, रिसाउने भइहाल्छ, यो पनि त एक लाइन हो भन्ने लाग्यो। त्यो पनि राखेँ,” गैरे भन्छन्।

‘तिम्रो सानो गल्तिले दुख्छ मेरो मन...
तर्किएर हिँड्यौ भने, दुख्न थाल्छ झन्...’

प्रेम सम्बन्धमा आफैँलाई उभ्याएर लेख्दै गरेका गैरेलाई रिसाएपछि केही दिन दुवै जनाले एक-अर्कालाई ‘अभोइड’ गर्ने कुरा दिमागमा आयो। अनि तर्किएपछि उत्पन्न हुने शंका पनि सँगसँगै आयो।

“अर्को लाइन तर्किएपछि उत्पन्न हुने शंकाले जन्मायो,” गैरे भन्छन्।

‘ढाँट्यौ कि अन्तै... माया साट्यौ कि अन्तै..
शंकै लाग्छ है माया, शंकै लाग्छ है...’

“ड्युटी सकिएपछि सुरू गरेका थिएँ, भोलि पल्ट ड्युटीमा जानुभन्दा अगाडि नै गीत तयार भयो,” गैरे भन्छन्, “एक साँझ-एक बिहानमा गीत बन्यो।” तर, गीतमा परेको प्रेमी-प्रेमिकाको झगडा त शंकामा मात्रै पुगेको थियो। केटाकेटी दुवै पक्ष गीतमा भएपछि फकाउने भाग पनि चाहियो।

‘तिमीविना मेरो जीवन अपुरो...
उजाड लाग्छ, संसारको यात्रा अधुरो...’

“अक्सर रिसाएपछि फकाउन भन्ने कुरा- ‘तिमी नै त मेरो जिन्दगी हौ’लाई अलि सरल तरिकाले भन्न मन लाग्यो,” प्रेम-प्रेमिकाको आफ्नै संसारको चर्चा गर्दै उनले भने, “तर, जति सजिलै चित्त दुख्छ, उफ्, फकाउन त्यति नै गाह्रो। जे भने पनि शंका नै लाग्ने।”

‘छेपारोको रङ्ग फेर्ने बानी जे को त्यहि...
मुखले ठिक्क पार्छौ, मनमा के छ के...’

“लेख्दै-पढ्दै-फेरि लेख्दै.. आनन्द आइरहेको थियो,” उनी गैरे भन्छन्, “केटाकेटी दुवै तीरबाट लेख्दा अलि सजिलो, दोहोरी झैँ हुने रहेछ।”

‘हिँड्न थाल्यौ किन, नबोली-नबोली..
भेट्नै पनि गाह्रो तिमीलाई, हुन्छ आज भोलि...
तर्किन्छ्यौ किन... मयाँ... झर्किन्छ्यौ किन...
नरिसाउन होई... मयाँ, नरिसाउन होई...’

प्रेमिका रिसाएको प्रसंगबाट सुरु भएको गीत लम्बिँदै गयो। झगडा मिलेन। “गीतले ‘ह्यापी-इन्डङ’ मागिरहेको थियो। तर, प्रशङ्ग त्यस्तै नै आएन,” गैरे भन्छन्, “भर्खरै लेख्दै छु, गीत बन्न धेरै कुरा त बाँकी नै छन्, भन्ने लाग्यो र झगडा मिलाउन तिर लागिँन...”

‘कत्ति धेरै कुरा लुकाउँछौं अझै...
माया गर्ने मुटु किन दुखाउँछौ सधैँ...

“शंका, झगडा र दुखेको चित्त पनि बुझ्नै लागेको थियो। गीत त्यहिँ टुङ्गियो,” गैरेले सुनाए, “लेखिसकेर गीत राजेन्द्र भट्ट (मिस्टर आरजे)लाई पठाएँ। वहाँले मन पराउनु भयो। र, म आफैँ यसलाई बनाउँछु भन्नुभयो। अनि बाँकी करिश्मा वहाँकै। सार्वजनिक हुने बित्तिकै ट्रेन्डिङमा पर्‍यो। मलाई पनि खुशीको सीमा नै रहेन।”

“अनि साँची,” गैरेले थपे, “मैले गीतमा नमिलाई छोडेको झगडा भिडिओ निर्देशक शान थापाले मिलाईदिनु भएछ।”

गैरेले शब्दमा गरेको मेहेनत र भिडिओमा चर्चित कलाकारहरू- पल शाह, वर्षा शिवाकोटी, सरोज अधिकारी र आश्मा विश्वकर्माको उपस्थितिले सुनमा सुगन्ध थप्यो।

“मैले जुन कन्सेप्टसहित गीत लेखेको थिएँ, भिडिओमा ठ्याक्कै त्यहि देखाइदिनु भयो,” गैरे भन्छन्, “अहिले मलाई लाग्छ, मेरो प्रयास सफल भयो।”

‘कति आउँछ मयाँ नसोध न होई...
छाति चिरी कसरी पो देखाउनु र खोई...’

मनोरञ्‍जन

रिसाउने-झर्किने अनि फकाउने प्रेम सम्बन्धमा ‘नरिसाउन होई.. मयाँ नरिसाउन होई’

प्रकाशित: शुक्रबार, असोज ३०, २०७७ ०९:४५
  • “त्यत्तिकैमा रिसाउने, फकाउने र झर्किने विशेषगरी माया-पिरतीमै हुन्छ भन्ने पनि दिमागमा आयो,” गैरे भन्छन्, “ती शब्दलाई पनि च्याप्प समातेर गीतको दोस्रो लाइनमा हाललें।"
  • “पहिलो दिन गीत त्यत्ति मात्रै बन्यो। कोठा गएँ। खाना खाएर सुतेँ,” गैरेले सुनाए, “यसै गरी बाँकी शब्द आज नफुरे पनि भोलि त फुर्लान् नि...”
  • “तर, जति सजिलै चित्त दुख्छ, उफ्, फकाउन त्यति नै गाह्रो। जे भने पनि शंका नै लाग्ने।”

सिफारिस