२०७७ कात्तिक ४, मंगलबार

नोभेम्बरमा नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल हुने

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले स्वीकृति दिएसँगै नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

कोरोना भाइरसका कारण सात महिनाभन्दा लामोसमयदेखि ठप्प फुटबल पुनः सुरु गर्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले राखेपलाई स्वीकृतिका लागि आह्वान गरेको थियो।

हालसम्म खेल कुन मितिमा हुने निश्चित भइ नसकेको भए पनि बंगलादेशमा हुने निश्चित भएको राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसूदन उपाध्यायले जानकारी दिए।

“मिति अहिलेसम्म तय भइसकेको छैन, अब यस विषयमा टेक्निकल टोली, व्यवस्थापनसँग बैठक बसेर दुवै टोलीलाई अनुकुल समय मिलाएर मिति तोकिनेछ,” उपाध्यायले भने, “नोभेम्बरमा फिफाको क्यालेन्डर अनुसार ११ देखि १९ सम्म आधिकारिक तथा मैत्रीपूर्ण खेलका लागि छुट्याइएको समय हो। त्यसै बीचमा हुन्छ।”

दशैंलगत्तै त्यो मैत्रीपूर्ण खेलका लागि तयारी सुरु गर्ने एन्फाले जानकारी दिएको छ। यसअघि बंगलादेश फुटबल महासंघले मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेको थियो।

कोरोना भाइरसको महामारीका कारण अहिले सम्पूर्ण खेल गतिविधिसँगै फुटबल पनि ठप्प छ। यसअछि अगस्ट १७ देखि विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोटका लागि क्लोज सुरु भएको थियो। तर, छनोट चरणको तालिका रद्द भएपछि प्रशिक्षण पनि रोकिएको थियो।

खेलकुद

नोभेम्बरमा नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल हुने

प्रकाशित: शुक्रबार, असोज ३०, २०७७ १६:५१
सारांशमा :
  • राखेपको स्वीकृतिसँगै नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने
  • कोरोना महामारीका कारण ७ महिनाभन्दा बढी ठप्प भएको फुटबल खेल पुनः सुरु हुन लागेको
पूरा पढ्नुहोस्

सिफारिस