२०७७ कात्तिक १२, बुधबार

रेम्डिसिभिर औषधि आयात गर्न तीन कम्पनीलाई अनुमति

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रेम्डिसिभिर औषधि आयातका लागि नेपालका दुई र भारतको एक कम्पनीलाई आयात तथा बिक्रीवितरणका लागि अनुमति दिएको छ।

मन्त्रालयले यती फर्माकेम डिस्ट्रिब्युटर्स प्रालि ललितपुर, सिनर्जी ओभरसिज प्रालि काठमाडौं र हेट्रो ल्याब्स् लिमिटेड भारतलाई रेम्डिसिभिर औषधि आयात तथा बिक्रीवितरण गर्नका लागि अनुमति दिएको हो।
 
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जारी गरेको सूचनाअनुसार उक्त औषधि प्रयोग गरिरहेका कोभिड-१९ उपचार गर्ने अस्पतालले चिकित्सकको सिफारिसमा सूचीकृत गरेका फर्म र फार्मेसीमा सम्पर्क राख्नुपर्नेछ।
  
कोरोना भाइरसको उपचार लागि नेपालमा रेम्डिसिभिर नामक औषधि प्रयोगमा ल्याइएको छ। उक्त औषधि गम्भीर खालका बिरामीलाई प्रयोग गर्दै आइएको छ।

स्वास्थ्य कोभिड–१९ महामारी

रेम्डिसिभिर औषधि आयात गर्न तीन कम्पनीलाई अनुमति

प्रकाशित: शुक्रबार, असोज ३०, २०७७ १६:४१
सारांशमा :
  • सूचीकृत गरिएका कम्पनीमार्फत मात्र औषधि लिन पाइने।
  • कोरोना भाइरसको उपचार लागि नेपालमा रेम्डिसिभिर नामक औषधि प्रयोगमा ल्याइएको छ।
पूरा पढ्नुहोस्

सिफारिस