२०७७ कात्तिक ११, मंगलबार

अध्यक्ष दाहालबाट प्रा.डा. श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडाैं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार प्रा.डा. राममान श्रेष्ठको निधनको खबरले आफूलाई मर्माहत तुल्याएको बताएका छन्।

अध्यक्ष दाहालले दिवङ्‍गत श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन्।

प्रा.डा. श्रेष्ठ तत्कालीन नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार थिए। राष्ट्रियसभाका पूर्वसदस्य श्रेष्ठ प्राज्ञिक व्यक्तित्वका रुपमासमेत परिचित थिए। 

प्रा.डा. श्रेष्ठको ८२ वर्षको उमेरमा आज काठमाडौं भीमसेनगोलास्थित निवासमा निधन भएको हो। उनी त्रिभुवन विश्वविद्यालय गणित विषयका प्राध्यापक, नेपाल प्राध्यापक सङ्‍घका पूर्वसभापति, नेपाल बुद्धिजीवी परिषद्का पूर्वअध्यक्ष, त्रिभुवन विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष पनि हुन्। 

श्रेष्ठ वि.सं. २०५४ मा तत्कालीन नेकपा (एमाले)को तर्फबाट राष्ट्रियसभा सदस्य बनेका थिए। रासस

राजनीति

अध्यक्ष दाहालबाट प्रा.डा. श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

प्रकाशित: शुक्रबार, असोज ३०, २०७७ १९:३६
  • नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार प्रा.डा. राममान श्रेष्ठको निधनको खबरले आफूलाई मर्माहत तुल्याएको बताएका छन्।

सिफारिस