२०७७ कात्तिक १२, बुधबार

आङ्दम्वेको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञसभाका सदस्य एवं प्रजातन्त्र सेनानी नारायणप्रसाद आङ्दम्वेको निधनप्रति दुःख व्यक्त गरेका छन्।

प्रजातन्त्र सेनानी आङ्दम्वेको आज बिहान इलामको फाल्गुनन्द गाउँपालिका-१ स्थित आफ्नै निवासमा ८३ वर्षको उमेरमा निधन भएको हो।

सभापति देउवाले शोक वक्तव्यमार्फत उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन्। 

स्वर्गीय आङ्दम्वेले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनका श्रीमती, पाँच छोरा र एक छोरी छन्। रासस

राजनीति

आङ्दम्वेको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

प्रकाशित: शुक्रबार, असोज ३०, २०७७ १९:३८
  • प्रजातन्त्र सेनानी आङ्दम्वेको आज बिहान इलामको फाल्गुनन्द गाउँपालिका-१ स्थित आफ्नै निवासमा ८३ वर्षको उमेरमा निधन भएको हो।

सिफारिस