२०७७ कात्तिक १२, बुधबार

कोभिड-१९ माझ किताब होडबाजी

मौसम थियो पुस्तकको

कुरा गत वर्ष फागुन महिनाको। नेपालवासीमा त्रासको रजगज सुरू हुन बाँकी नै थियो। फागुने मलिन न्यानोपन छाएको काठमाडौंको मौसम। वुहानमा फैलँदो डरले नेपाललाई के छुनु र! नेपाल एकहिसाबले ढुक्कै थियो।

लेखक–प्रकाशकहरू बेफिक्री नयाँ पुस्तक ल्याउने तयारीमा जुटेका थिए। नयाँ वर्षको छेकोमा पुस्तक हाट गुल्जार हुने निश्चित थियो। नाम चलेका लेखकहरूदेखि नाम चलाउन उद्यतहरूसम्म पुस्तक तयारी पूरा भएको घोषणामा व्यस्त थिए।

कुमारी लामा

कतिले त किताब आवरण सार्वजनिक गर्नसम्म भ्याइसकेका थिए। लाग्थ्यो, तयारी लगभग पूरा भइसकेको छ। पुस्तक होडबाजी दरो हुनेछ फेरि यस वर्ष पनि! 

सडकलाई बन्दाबन्दीले छोइसकेको थिएन। उनी सडकमा उत्रिए। अर्थात् लेखक राजेन्द्र पराजुली। औपचारिक पुस्तक अनावरणमा खास रूचि नलिने लेखक उनी। यसपटक पनि उनी पुरानै शैलीमा देखा परे।

नवीनतम् संस्मरणकृति ‘कोटेश्वरको केटो’ कोटेश्वरतिरकै धन्चमन्च सडकछेऊ कतै उभिएरै सार्वजनिक गरिदिए। र, यस्सो तस्बिर हाले सामाजिक सञ्जालमा नातिनीले विमोचनको शैलीमा किताब उचालिरहेको! सञ्जालको भित्तोमा बधाईको धानिनसक्नु ओइरो लागिहाल्यो।

लेखक पुक्क परेको गाला अझ पुक्क पारेर मुस्कुराएको पनि तस्बिरमा देखियो। तर, त्यो मुस्कान खै कत्तिन्जेल पो टिक्यो होला? पुस्तक बजार र धेरै पाठकको हातमा पुग्नुअगावै सरकारले लकडाउन घोषणा ठोकिदियो। चैत ११ कालो दिन बनिदियो। अनि त्यसपछि सबै जनमन स्तब्ध। सबै कुरा ठप्पठाप्प। दालचामलको जोहोतिर मान्छे कस्सिए। त्यसबखत कसको दिमागमा आउनु र किताब? 

सहरमा छायो मौन कोलाहल। देशमा भित्रियो एउटो बुटो कोभिड-१९। ओहो सबै माहोल खत्तम! पुस्तक प्रकाशनका जोशिला घोषणाहरू कतै बिलाए। सबै घरघर थुनिए, थन्किए। एकातिर पुस्तक पारखीहरूको खिस्रिक्क मन अर्कोतिर लेखक-प्रकाशकको।

कतिले धुलाम्मे पुराना पुस्तहरू सफाचट पार्ने समय पाए। धेरैजना सिनेमातिर लहसिए। भर्खर किताब निकालेका लेखकहरू परे फसादमा। महोदय पराजुलीका पुस्तक परिचर्चा, पाठक प्रतिक्रिया सबै परे त्रासको चेपुवामा! उनले दिएको खुराक अगतिलो होइन। समय अगतिलो भइदियो। अहिलेसम्मकै सबभन्दा दामी सीपले खिपेका रहेछन् यस संस्मरण। 

आफूलाई ‘मन्दबुद्धि’ भनिरहने लेखक पराजुलीले आफ्नै खाले शैलीमा धेरै कुरा लेख्न भ्याएका छन् यस कृतिमा। व्यक्तिगत खुसी र सुखका पाटाहरू अलिक कम तर गाँठी कुराहरू धेरै आएका छन्। वर्गीय खाडल, कचौरे काठमाडौंको विस्तारै फेरिएको स्वरूप, वाग्मतीमा मात्र नभई समाजमा व्याप्त हुँदै गएको दुर्गन्धलगायत समसामयिक चिन्तन मीठो गरी पस्किएका छन्। यी सब खारिएकै चेतनाका उपज हुन् न कि मन्दबुद्धिको? तर उनका कुरा आमपाठकछेऊ पुग्नुअघि कोभिड-१९ ले छेकिदियो। यस पटक समय दाहिना बनिदिएन उनका लागि। 

मौसम फिर्‍यो कि?

लगभग पाँच महिना त मौनमै डुब्यो समय। सकस बेस्सरी चुलियो। बजार, व्यापार र जनजीवन पूरापूर बेहाल। त्रास र भयको वातावरण। तर माहोल अनुसारको बानी विकास भइजाने। अवस्था र परिस्थितिजन्य वैकल्पिक उपायाहरू पनि आउने रैछन्। केही महिना बन्दाबन्दीमा रहेको जीवन सरकारले गर्ने लिचिपिचे निर्णय र ठेट्ना व्यवस्थापनहरूमाझ सल्बलाउन थालेको छ।

यसअघि पनि सामाजिक सञ्जाल र भर्चुअल दुनियाँमा बाक्लै चहलपहल पैदा भएकै हो। सार्वजनिक कार्यक्रमहरूका लागि त अर्को वर्ष पनि के कसो हो! तर अचेल किताब पसल खुलेका छन्। अझ अनलाइन पुस्तक प्रदायकहरूले घरघरै किताब पुर्‍याउन थालेका छन्। फेरि पुस्तकको मौसम फिरेजस्तो लाग्दै छ। 

मदन पुरस्कारको ताज पहिरिएपछि जो कोही केही बार त डर लाग्दै वाहवाहीमा परिजान्छन्। तर उमेरले उत्तरार्द्ध समाइसकेका बानियाँ बालाई न मिडियाको खसखस न वाहवाहीको उफरमाउलो चाह! उनी त अझ आफू साहित्यकार नै नभएको दाबी गरिबस्छन्। परेन फसाद? 

यसैमाझ मदन पुरस्कार गुठीले पुरस्कार दावेदार किताबको सर्ट लिस्ट सार्वजनिक गरिदियो। घरबन्दी समयले सुकेनास पारिदिएको दिमागमा ल्याइदियो केही ताजापन। यस वर्ष पनि नेपाली साहित्य माहोल केही समय हरियालीपूर्ण बन्यो। किताबमाथिको टाकानटुकुन कुरा कटाइले फेरि गति लियो।

दाबेदारीमा उत्रिएका भुवन ढुङ्गानाको उपन्यास परित्यक्ता शीर्षक नै पो गतिलो भएन भनेर नाक खुम्च्याउने धेरै भए। हुन पनि हो। परित्यक्ता अर्थात् परित्याग गरिएकी। अस्तित्वको वकालतमा त महिलाले प्रतिरोधी आवाज बुलन्द पार्ने हो न कि परित्यक्ता भई जाने! तर, शीर्षकमा जति झमेला उतारे पनि गुदी उत्ति नमीठो भने पक्का होइन। लामो समय साहित्य साधनारत् भुवन कहाँ चानचुन खेलाडी हुन् र! गजब मीठो छ है प्रस्तुति। दोहोरिरहने केही हरफहरू जिलेबी झैं मीठा। 

त्यो बाल्यकाल अब फर्किंदैन।
जिलेबीको स्वाद फर्किन्छ।

बेस्सरी मेलोडियस लाग्छन् यी दोहोर्‍याइहरू। एउटी छोरीको गर्भावस्थामा हुँदादेखि झण्डै मध्यपचाससम्मको भोगाइ गहकिलै छ। अलिक नमिलेको भनेको विचारको गज्याङगुजुङमात्र हो।  खोई हौ, लेखकले महिला स्वतन्त्रताको उद्घोष गरेको हो कि ‘आ... एकबारे जीवन यस्तै त हो, म अडेस पन्साएर छेऊ लाग्न सक्दिनँ’ भनेको हो उत्ति सुलह पाइन्न। तर हेलाँ नै गरिहाल्ने किताबचाहिँ होइन परित्यक्ता। 

हेभीवेट मानिएकी शारदा शर्मा यस पटक उत्ति हेभी नभएको पाठकमाझ गाइगुइँ छ। पुरस्कारका लागि खरै पल्टेको हो उनको कविताकृति यात्रामा। तर शंका छ कविताले कतिको जीवन बोल्न सक्यो। आफ्नै मात्र जीवनबारे बोल्ने छुट त छ सर्जकलाई, तर गर्नु के? पाठकले त आफ्नो कुरा नि भन्लान् कविले भनी कुर्दा हुन्!

यात्रामा यस्तैयस्तै केही बठ्याइँ भाको छ। लेखक आफू केन्द्रित भइदिँदा समाज स्वाट्टै छुटेको छ। पाठक खल्लो अलुनोमा पर्ने सम्भावना जागै छ। यस माहोलमा महारानीहरू त कडा उत्रने नै भए। कहिले नाउँ नसुनेको मनुवा चन्द्रप्रकाश बानियाँ एकाएक हिरो ठहरीगए। मदन पुरस्कारको ताज पहिरिएपछि जो कोही केही बार त डर लाग्दै वाहवाहीमा परिजान्छन्। तर उमेरले उत्तरार्द्ध समाइसकेका बानियाँ बालाई न मिडियाको खसखस न वाहवाहीको उफरमाउलो चाह! उनी त अझ आफू साहित्यकार नै नभएको दाबी गरिबस्छन्। परेन फसाद? 

चन्द्रप्रकाशको उपन्यास महारानी निःसन्देह गतिलो हकदाबीसहित उत्रिएको छ नेपाली साहित्यिक पाठकमाझ। अलि अघिसम्म नामै नसुनेका लेखकको कृति छुने आँट धेरैले जोरेनन्। कतिपय पाठक गणतान्त्रिक युगमा पनि केको महारानीका कुरा भनी पन्छिरहे। चालचुल–साइँसुइँ केही भएन महोदय चन्द्रप्रकाशको! पोखराको रमणीयतामाझ रमाइबस्ने लेखकलाई आनन्दै। पुरस्कार नै हात पारेपछि त सरगर्मी फैलिगो पाठकमाझ। रातारात महारानी घरघर भित्रिए। अनि दिन फिर्‍यो परित्यक्ता महारानीको। 

इतिहास रूचाउनेका लागि महारानी सुस्वाद्य लाग्न सक्छ। बानी नपरेका लागि अपच हुन पनि बेर लाग्दैन। पर्वतका महाराज घनश्यामका दुई पुत्रहरू मलेबम र भद्रीवमबीचको सत्ता र राजगद्दीका लागि भएको खिचातानी र षड्यन्त्रमाझ राजकुमारी विश्वप्रभाले गर्नु परेको त्यागको कथा हो महारानी। ‘त्याग’ महिलाको एकलौटी पेवा झैं स्थापित छ नेपाली समाजमा।

देउपुरकी राजकुमारी विश्वप्रभा त्यसैको एक हिस्सा। भविष्यका राजा मलेबमका लागि पर्वत दरवारमा डोला भित्राइएकी राजकुमारी एकाएक अनेक दरवारिया जालसाजीको सिकार हुन्छिन्। अन्ततः भद्रीबमकी दुलही हुन बाध्य पारिन्छिन्। पर्वतकी महारानी भई राज गर्ने सपना ज्यामरूक दरवारमा थन्किन पुग्छ। कान्छी महारानी पुत्र भद्रीबमको राजगद्दी या अंशभागको हकदावीलाई ठेगान लगाई पर्वत राज्य टुक्रिन नदिनका लागि पर्वत दरवारले राजकुमारीको त्याग माग गर्छ। 

जीवन खिपाइका स्वादिला पाटाहरू सोममायादेखि, आइतीमाया, स्याङम्हेन्दो, पुतली, सेर्मो या जुनेदो सबै जीवन्त उभिएका छन् पुस्तकमा। तामाङपना र सांस्कृतिक बिम्बहरू कथामा भित्रिनु स्वाभाविक हो। लेखकले जन्मै लिई आएको जात, हुर्केको संस्कृति, बोलेको भाषा इत्यादि त कसरी नआइ छाड्छ र!

देशको अखण्डता र राजकुमार मलेबमसँगको प्रेमका लागि विश्वप्रभाले आफ्नो जीवन अर्पण गरिदिन्छन्। यही कथाको सेरोफेरोमा उनिएको महारानीको स्वादिलो पक्ष भनेको स्थानीयपन हो। बाइसी–चौबीसी राज्यकालीन समयको ‘मलेबम प्रदेश’ भनी लोकप्रसिद्ध सोह्र हजार पर्वत राज्यको परिवेश, जीवन, बोलीचाली, चालचलन, भाषा, संस्कृति, चाडपर्वलगायत सिङ्गो समाज यस उपन्यासले उतारेको छ। उनै त्यागी महारानीको नाममा फैलिएका अनेका किंवदन्तीहरूको विश्लेषणका साथै सत्यतथ्यहरूको आधारमा तयार गरिएको रहेछ यस उपन्यास। ‘...सम्भावित सत्यतथ्यमा आधारित भएर गरिएको इतिहासको पुनर्लेखको अभ्यास र तत्कालीन समाजको कथा हो’ भनी दाबी गर्छन् लेखक चन्द्रप्रकाश। पढ्दै जाँदा पाठकले उनको दाबी सही नै भएको भेटिहाल्छन्। 

छोपिएको या लुकाइएको इतिहास उत्खनन्को उर्वर समयमा हामी छौं। यसै छेकोमा उपन्यास महारानीले उप्काएको तत्कालीन पर्वत राज्यको कथाले वैकल्पिक इतिहास लेखनमा टेवा दिएको छ। बजारको हाट्हुट् भन्दा पर रहेका लेखक चन्द्रप्रकाशले नेपाली साहित्यका लागि गतिलो कृति दिएका छन्। भलै, घटनाको लम्बेतान वर्णन, बुझ्नै मुस्किल त्यस बखतको पर्वते भाषा या हरेक कुराका ज्ञाता पल्टाइएका सुमन्त बानियाँ वर्णन कतिको लागि स्वादिलो नपर्ला पनि। तर महारानीले धेरै पाठकको मनमस्तिष्क हल्लाउने क्षमता भने पक्का राखेको छ। 

पछिल्ला किताबका कुरा   

मौसम परिर्वतन निश्चित छ। वैशाख–जेठको उखरमाउलो गर्मीपछि साउन–भदौरे भेलबाढी। कोभिड-१९ संक्रमणमाझ सरकारी आदेशले मानिसलाई घरभित्र थुने पनि प्राकृतिक चक्रलाई थुन्ने कल्ले? तब न फेरिगो वातावरण। साउने झरीसँगै किताबी खेती गजबै सप्रिने छाँटकाँट देखिन थाल्यो। साउन अन्तिम र भाद्र लाग्दै त छ्याप्छ्याप्ती बर्सिन थालिगए सामाजिक सन्जालभर पुस्तक वर्षा। लेखक–प्रकाशक पुस्तक अनुहार खोल्न होडबाजी नै गर्न थालिगए। पुस्तक माहोल मस्त बन्दै रह्यो। त्यसै छेक सन्जालीय जगजगी मचाउन सफल भइगयो सरला गौतम लिखित डेब्यु उपन्यास डुमेरो। भर्चुअल संसारमा निकै तामझाम मचाउन सकेको यस कृतिले पाठकमाझ केकस्तो असर छाड्छ समयमौकामा कुरो आइजाला। सानो सहर यानिकी स्मल टाउनकी युवतीको पहिचान, स्वतन्त्रता र स्थान दाबीमा केन्द्रित डुमेरोले लकडाउनमै पाठकमाझ जाने पुस्तकमध्येको एक भनी सम्झने ठाउँ भने राखेको छ।

पहिलो संस्करण मिति २०७७ साउन टंकण भई आइपुगेको छ बिना थिङको कथासंग्रह याम्बुनेर। छापिएको मिति जे भए नि लेखककै हातमा पुस्तक भाद्र १० मा परेको कुरा सामाजिक सन्जालभरि फैलिएको थियो। लगभग पाँच महिना ढिला गरी याम्बु पसेको किताबले खतरा त मोलेकै हो बन्दाबन्दीमाझ। फेसबुकभरि याम्बुनेरको चर्चा। वाह्, गजबको माहोल। फेरि जुर्मुराएको हो त लेखपढ समय? बढ्दो अनलाइन डेलिभरी सर्भिस र थोरधेर खुकुलिएको लकडाउनले पो केही जादु चलाएको हो कि? याम्बुनेरबारे खासखुस मात्र हैन हल्लाखल्ला नै भइछाड्यो। लेखकलाई भर्चुअल वार्ताको चटारो अनि पाठकलाई पढ्नुको। 

याम्बुनेर अर्थात् काठमाडौंनेर। राजधानी काठमाडौं अर्थात् शक्ति र सत्ताको केन्द्र। शक्तिको आडमा उन्मत्त कचौरे काठमाडौंका मठाधीशहरू वरपरलाई सुन्दैनन्। छेउछाऊ यानिकी सिमानाकाहरूका लागि राजधानी केवल परबाट देखिने झिलिमिली बनिदिन्छ। सिमान्तीय जीवनका असली नाकनक्सा बोकी आएका छन् याम्बुनेरका पात्रहरू।

सुम्निमा उदासदेखि सुरू भई उनकै कुरमा टुङ्गिएको पुस्तकले पाठकलाई दिन्छ चाहिँ के? पाठकले नै खुट्याउलान्। पृष्ठ २५२ मा उल्लेख गरिएको ‘नोबेल विजेता माया एङ्लो...’ लेखिदिँदा चाहिँ यो पाठकको मन निकै निचोरिएको छ। उनले कोट गरेको लाइन लेखक माया एन्जोलोको हो। सन् २०१४ मा बितेकी उनले कहिले नोबेल पुरस्कार पाएछिन् हँ? अचम्म छ नि! ओबामाकालमा प्रेसिडेन्सियल ‘अवार्ड अब फ्रिडम’ चाहिँ पाएकी हुन्। बेकारमा उनका सातवटा जीवनी र भएभरका कवितासंग्रहमा भएको परिचय पल्टाउन बाध्य पारे मलाई। समय बर्बाद भो मेरो। यस्तो त लेखिदिनु भएन नि वरिष्ठ महोदय विजय कुमार...!

कथामा आएका नौलो भाषा या संस्कृतिको अड्कोफड्को फुकाउने जिम्मा कहिलेकाहीँ पाठकले पनि बेहोर्नु पर्ला। असिलो के भने बाहिरियाले देख्दा स्वादले तामाङ पहिचानको कुरो उठेको देख्छन्। भित्रियाले भने ‘सोचेजति ल्याइदिएन होई’ भनेको गाइँगुइँ कुरा। लेखक बिनाले यसबारे अलिक सोचविचार गरेकै होलिन्। सबै नभए पनि निकै कथाहरू खास्साका छन्। छोटा र छाँट परेका वाक्यहरूले मीठो लय दिएको छ। कविले लेखेको कथाहरूमा काव्यिकता मिसिएकै हो प्रशस्तै। सीमान्त जीवनका कलरव सुन्न याम्बुनेर जाँदा पाठक मर्कामा अवस्थ नै नपर्लान्।  

भदौमासको रापिलो घाम छ बाहिर। आँत हरर हुनु स्वाभाविक हो। सुराइको चिसो पानी घुट्क्याए भई गयो त। तर किताबको तिर्सना मेट्न त किताबै पढ्नु पर्‍यो । फिकर किन लिनु? भदौ लाग्दै त भेलबाढी नै पल्टिगो त किताबको। के मतलब कोभिड-१९ को। बरु यसैबारे कथा किन ननिकाल्ने भनी तम्सिएथे क्यार महोदय निर्मलकुमार थापा।

कोभिड १९ कथाहरूका सम्पादक संयोजक थापा होडबाजीमा अघि बढे। पुस्तकै ल्याइछाडे भाद्रमा त। बाफ् रे! छब्बीस मान्ठाका छब्बीसतिर फर्किएका कथाहरू। कुनै कथा, कसनै चिन्तन, कुनै संस्मरण र कुनै अनुभूतिजस्ता। यसअघि कहिल्यै कथालेखनमा नदेखिएका अनि अन्य विधामा लेखिरहेका लेखक यसमा कथाकार बनेका छन्!

यस कोरोनाकालमा नाम–ऐस फैल्याउने ठूलै दिलचस्पी भएजस्तो देखिन्छ त धेरैलाई। निकै जना त सम्पादक भई नेपाली साहित्यमा पदार्पण गरिनै भ्याए। जेहोस् कोभिडकालीन समयमा लेखिएका, उनिएका, अनुभूत गरिएका कुराहरू रंगीचंगी सही एकमुष्ट आउनु नजाती होओइन। सम्पादक थापाले दाबी गरे झैं हामीले बाँचेको यस समयखण्डका बारेमा विभिन्न कोणबाट व्यक्त भावना त हुन् नै यी लेखोटहरू। पाठकले कसरी लिँदा हुन् त्यो उनैलाई जिम्मा भो। 

अर्चना थापाको सम्पादनमा अघि पनि पुस्तक आएकै थिए। राम्रै चर्चा पाएकै थिए। २०७७ भाद्र महिना नकटाउने संकल्प थियो कि? स्मृतिकथामा सत्व भदौमै पाठकसामु आएको छ। पहिचानका विषयमा खरै बोल्ने थापाले यस संग्रहमा विभिन्न लिङ्ग, वर्ग, समुदायका चौबीस व्यक्तिहरूको स्मृतिकथन समेटेकी छन्। हुन त नसमेट्दा नै श्रेयस्कर हुने खालका केही अति सामान्य भोगाइहरू पनि आएका छन् पुस्तकमा। त्यसको जिम्मा लेखक र सम्पादकतिरै छाड्नु उत्तम होला। तर जेजति आएका छन् ती हाम्रै वरपरका घटनाहरू हुन्। विभेदको पर्खाल खडा गर्ने मूलजरो पितृसत्तात्मक संरचना र त्यसले निर्माण गरेको सामाजिक मनोविज्ञान हो नै। 

समय परिवर्तनका गर्जनहरू उसै बिलाए झैं लाग्छन् जब एकल महिला रञ्जना निरौलाको पीडा सार्वजनिक हुन्छ। यो भ्रान्तिपूर्ण समय छलाङ पो हो कि लाग्छ जब पवित्रा सुनारहरूमाथि धमाधम विभेदपूर्ण व्यवहार हुन्छन्। अनि खोई त समय बद्लेको भनी आफैंलाई ‘ई’ भन्न मन लाग्छ जब फरक यौनिकता भएका अनुज पिटरहरू अनेक दुव्र्यवहारमा पर्छन्। समस्याग्रस्त छ समाज। प्रगतिशीलताको नाममा समाज झन् भ्रष्टीकरणतिर लागेको देखिन्छ। यस्तै धूमिल समयमा यस पुस्तकले स्मृतिकथामार्फत् सामाजिक इतिहास चिहाउने एक आँखिझ्याल दिएको छ। विभिन्नखाले भोगाइको कोलाज यस पुस्तक पाठकको मनमा बस्ने सम्भावना बलियो छ।

सञ्चार सेलिब्रेटी विजय कुमारको पुस्तक सम्बन्धहरू भदौमै सम्बन्ध गाँस्न आइपुगेको छ। यस पुस्तकका लागि लिएको ‘साइनिङ अमाउन्ट’लगायतका कुराहरूले धेरैको ध्यान तानेकै थियो। अन्ततः पुस्तक आयो। तर यस पुस्तकले पाठकसँग कस्तो सम्बन्ध गाँस्ला भन्नेमा शंका परेको छ। उनी समीपकाहरूसँगको व्यक्तिगत लेखोट फेहरिस्त हो यस पुस्तक। ठूला मान्छेको संगत पनि ठूलैसँग!

स्वाभाविक हो। तर सुम्निमा उदासदेखि सुरू भई उनकै कुरमा टुङ्गिएको पुस्तकले पाठकलाई दिन्छ चाहिँ के? पाठकले नै खुट्याउलान्। पृष्ठ २५२ मा उल्लेख गरिएको ‘नोबेल विजेता माया एङ्लो...’ लेखिदिँदा चाहिँ यो पाठकको मन निकै निचोरिएको छ। उनले कोट गरेको लाइन लेखक माया एन्जोलोको हो। सन् २०१४ मा बितेकी उनले कहिले नोबेल पुरस्कार पाएछिन् हँ? अचम्म छ नि! ओबामाकालमा प्रेसिडेन्सियल ‘अवार्ड अब फ्रिडम’ चाहिँ पाएकी हुन्। बेकारमा उनका सातवटा जीवनी र भएभरका कवितासंग्रहमा भएको परिचय पल्टाउन बाध्य पारे मलाई। समय बर्बाद भो मेरो। यस्तो त लेखिदिनु भएन नि वरिष्ठ महोदय विजय कुमार...!

बन्दाबन्दी समयलाई चिर्दै लेखक–प्रकाशकहरू पाठकमाझ पुस्तक पुर्‍याउन व्यस्त छन्। असोज लागेपछिको पुस्तक माहोल गजबको बनेको देखिएको छ। सबैको वर्णन–विश्लेषण यहाँ सम्भव छैन।

लेखक खगेन्द्र संग्रौलालाई कसरी छुटाउनु? उनले विश्वचर्चित आठ चिन्तकका चिन्तन अनुवाद गरी सत्ता र सत्य मार्फत् बजारमा ल्याएका छन्। बुढेसकालको बसिबियाँलो ठीकै होला। नामी आइन्स्टाइनदेखि, ग्यालियानो, सइद, ग्राम्स्की आदि सके अंग्रेजी नत्र दक्षिणी छिमेकीको भाषामा धेरै अघिबाटै नेपाली पाठककले सफाचट पारेकै छन्। अब यस बखत किन दुःख गरेका होलान्? जे होस् छनोटमा परेका लेखकहरू भने गजबका छन्। किताब किनिहालियो अटोग्राफ लिन जाउँ कि लागेको छ चाबहिलतिर। खोई महोदय संग्रौलाचाहिँ कता छन् अचेल? 

नवीन सम्पादित कथासंग्रह छकालै असोजमा आएको छ। युवा जोस, जाँगर र मोर्चासहित झुल्किएका छन् उनी। नवीनलाई किन हो सम्पादन खुब मन पर्छ। अलि अघि पनि यस्तै मोर्चाबन्दी गरी दमाले दौंतरीहरू मिली कवितासंग्रह अनुहारको भीड ल्याएका थिए। राम्रै थियो। यस पटक पनि बीस जनाको जम्बो टोली बनाई उत्रिएका रैछन् कथासंग्रहमा।

कविता गरिरहेकाहरू कथा लेखनमा आएका छन्। अनुमान लाउनुस् कसो होला? प्रयास मीठै छ सबैकै। तर ख्याल गर्नु पर्ने आफ्नो मौलिकता यानिकी निजी हस्ताक्षर। केही कथाहरूमा अग्रज प्रभाव भारी छ है। ख्याल गरूम्। अनिल वान्तवा, कुन्साङ, संगीत मगर लगायतका कथाहरू बेसै छन्। अरूका नि अगतिलो भनेको हैन। प्रयास न हो, गर्दै जाऔं। नवीनले दाबी गरेजस्तै ‘भोगाइ, चिन्तन र सिर्जनाको सामुहिक प्रयास’ निश्चय नै हो यो संग्रह। युवा जमातलाई शुभकामना। 

असोज लाग्दोसम्म अर्थात् सन् २०२०को सेप्टेम्बरसम्ममा आएका केही पुस्तकमाथिको थोरबहुत घोत्लाइ मात्र हो। पछिल्लो समय विश्वका चर्चित पुस्तकहरूको नेपाली अनुवाद पनि निकै देखिन थालेका छन्। कोभिडकालीन बन्दाबन्दी समयको उपज हुन् कि यी अनुवाद कर्म? नयाँ कृतिहरू धमाधम नेपाली साहित्यिक भण्डारमा भित्रिनु राम्रो कुरा हो। राम्ररी निफनी असली चिज छुट्याई काम नलाग्नेहरू फ्याँक्ने काम त पाठकले गरी नै हाल्छन्। राम्रो कृतिले अवश्य नै पाठक मन जित्ने छ। अहिलेलाई त कामना यति नै गरेँ मैले।  

साहित्य

कोभिड-१९ माझ किताब होडबाजी

प्रकाशित: शनिबार, कात्तिक १, २०७७ ०८:२०
  • वुहानमा फैलँदो डरले नेपाललाई के छुनु र! लेखक–प्रकाशकहरू बेफिक्री नयाँ पुस्तक ल्याउने तयारीमा जुटेका थिए। 
  • सहरमा छायो मौन कोलाहल। देशमा भित्रियो एउटो बुटो कोभिड– १९। ओहो सबै माहोल खत्तम! पुस्तक प्रकाशनका जोशिला घोषणाहरू कतै बिलाए।
  • अचेल किताब पसल खुलेका छन्। अझ अनलाइन पुस्तक प्रदायकहरूले घरघरै किताब पुर्‍याउन थालेका छन्। फेरि पुस्तकको मौसम फिरेजस्तो लाग्दै छ। 

सिफारिस