२०७७ कात्तिक ४, मंगलबार

सपनामा माओ

(हुनान प्रान्तको माओको पुर्ख्याैली घर। माओ सोचमग्न अवस्थामा देखिन्छन्। घरैअगाडिको माछा पोखरीभन्दा केही पर उनलाई भेट्न आउनेहरूको ठूलो भीडलाई लालसेनाले रोकिराखेकोले म सरासर उनीसम्म पुग्न सकेको थिइनँ। भीडमा फरक नश्लको मानिस देखेर होला मलाई छोडिदिन उनले लालसेनालाई आदेश दिए। भेट्नासाथ मैले मुठ्ठी उठाएर लालसलाम गरेँ र गर्विलो हस्तमिलन पनि। सन्चोबिसन्चोबारे सामान्य औपचारिकतापछि नेपालको बारेमा अन्तर्वार्ता सुरु भयो।)

प्रश्नः नेपालको कम्युनिस्ट आन्दोलनको विकासक्रमसँग कत्तिको सन्तुष्ट हुनुहुन्छ?

माओः कमीकमजोरी त नभएका होइनन्, तर असन्तुष्ट हुनुपर्ने कारण खासै छैन। म सम्झन्छु- नेपालमा कम्युनिस्ट पार्टी गठन हुँदा त्यसमा अक्टोबर क्रान्तिको प्रभाव बढी थियो। नेकपाको पहिलो घोषणापत्रले सोभियत क्रान्तिको पक्षमा आफूलाई उभ्याउँदै बलियो कम्युनिस्ट पार्टीमार्फत् जनताको (लोक) जनवादी राज्यसत्ता कायम गर्ने लक्ष्य राखेको थियो। म सम्झन्छु- केही समय पनि नबित्दै विभाजित भएको नेपालको कम्युनिस्ट पार्टी मेरो नेतृत्वमा चीनमा भएको नौलो जनवादी क्रान्तिको प्रेरणाबाट ७०को दशकमा फेरि बौरियो।

मेरो फोटो अंकित राता किताब बोकेर नेपाली कम्युनिस्टहरूले देशभरि संगठन निर्माण गर्न थाले। कसैले मेरो वा नोलौ जनवादी क्रान्तिको आलोचना गर्यो भने ऊ दक्षिणपन्थी संशोधनवादी कहलिन्थ्यो। झापाली विद्रोही समूहले त कति समयसम्म मलाई अध्यक्ष माओ भनेर सम्बोधन गरिरह्यो। त्यो समूह नेकपा(माले) हुँदै नेकपा (एमाले)ले करिब दुई दशकपछि मलाई सही थान्कामा राख्यो। त्यसपछि एमालेजनहरू माओ, नौलो जनवादभन्दा बढी आफ्नो देश र क्रान्तिबारे चिन्तनमनन गर्न थाले।

कमरेड मदन भण्डारीले जनताको बहुदलीय जनवादी कार्यक्रम अगाडि सारेपछि यो क्रार्यक्रम नेपालमा निकै लोकप्रिय बन्यो। यो कार्यक्रम लोकप्रिय हुनुमा यसको सार र रुपको राम्रो संयोजन हुन सक्नु पनि प्रमुख थियो। यो कार्यक्रमका नवीन विशेषता त थिए नै, यसको रुपको संयोजन पनि उत्कृष्ट थियो। ‘जनता’ शब्दले वर्गीयता समेटेको थियो भने ‘बहुदलीय’ शब्दले नेपाली समाजको बहुलवादी चरित्रलाई मात्र इङ्गित गरेको थिएन, नेपाली कम्युनिस्टहरू एकदलीय तानाशाही तरिकाले शासन सत्ता सञ्चालन गर्ने छैनन् भन्ने इमानदार घोषणा थियो। ‘जनवाद’ शब्दले समाजको समग्र लोकतान्त्रीकरणको मर्मलाई बोकेको प्रष्टै बुझ्न सकिन्छ। त्यसकारण यो नेपालको मात्र होइन, विश्व कम्युनिस्ट आन्दोलनकै नौलो अभ्यास थियो।  

म सम्झन्छु- तेस्रो सहश्राब्दी सुरु हुनै लाग्दा नेपाली कम्युनिस्ट आन्दोलनको अर्को धारले कमरेड प्रचण्डको नेतृत्वमा मार्क्सवाद–लेनिनवाद–माओवादलाई मार्गनिर्देशक सिद्धान्त बनाएर मेरो नेतृत्वमा चीनमा सञ्चालन भएझैं दीर्घकालीन जनयुद्धमार्फत् सत्ता कब्जा गर्ने र नेपालमा नौलो जनवाद लागू गर्ने बाटो तय गर्‍याे। नेपालमा १० वर्षसम्म सञ्चालित सशस्त्र विद्रोहले नेपालको सामन्तवादको जरामात्र हल्लाएन, सन् २००६ मा ऐतिहासिक जनआन्दोलनको सफलतामा यसको प्रमुख भूमिका रह्यो। तर, जब कम्युनिस्टहरुले सत्ता सञ्चालन गर्ने अवसर आयो, जबजकै विशेषताको अवलम्बन गर्नुपर्‍याे। सायद यही कारण हो, कुनैबेला सैद्धान्तिक रुपले बिलकुल भिन्न र कतिपय अवस्थामा शत्रुवत् सम्बन्धमा रहेका तत्कालीन एमाले र माओवादी पार्टीबीच एकता सम्भव भएको हो।

प्रश्नः चिनियाँ पुँजीवादी–जनवादी (नयाँ जनवादी) क्रान्ति र नेपाली पुँजीवादी–जनवादी क्रान्तिबीच कुनै समानता देख्नुहुन्छ?

माओः (मुसुक्क हाँसेर) तपाईंले यो निकै महत्वपूर्ण प्रश्न गर्नुभयो। चिनियाँ क्रान्ति र नेपाली क्रान्ति बिलकुल भिन्न समय, विश्व परिवेशमा भएका क्रान्ति हुन्। सामन्तवादको अन्त्य गर्ने र जनताको सत्ता कायम गर्ने विषयमा केही समानता रहे पनि सत्ता प्राप्ति र सञ्चालन दुवैमा धेरै भिन्नता छन्। साथै, चिनियाँ समाज र नेपाली समाजमा रहेका सांस्कृतिक र चेतनाजन्य भिन्नतालाई पनि नजरअन्दाज गर्न मिल्दैन।

नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी जनताबाट निर्वाचित भएर सत्तामा पुग्नु, सत्ता कब्जा गर्ने ध्येयका साथ जनयुद्ध सञ्चालन गर्ने कमरेड प्रचण्ड पनि संसदीय निर्वाचनबाट मात्र सत्तामा पुग्न सक्नु नेपाली कम्युनिस्ट आन्दोलनका अनुपम विशेषता हुन्। राजनीति, नेता र सत्ताबारे नेपाली जनताको र चिनियाँ जनताको बुझाइ पनि निकै फरक छ। तपाईंले नेहरु लिखित इतिहास पढ्नु भएकै होला। चीनको बारे उनले गरेको टिप्पणी यहाँ स्मरणीय छ, उनी भन्थे- चीनमा धेरै शासकले ५०० वर्ष शासन गरेका थिए। वर्तमान कम्युनिस्ट सत्ता पनि चीनमा ५०० वर्ष टिक्न सक्छ। (हाँसेर) तर, नेपाली जनतालाई चाँडोचाँडो सत्ता वा सरकार फेर्ने बानी नै परिसक्यो। दुईतिहाइ जनमत पाएको बीपी कोइरालाको सरकार दुई वर्ष पनि टिकेन। अहिलेको केपी सरकारचाहिँ टिक्छ कि! मजबुत पार्टी, जनताको उन्नत चेतना र कमरेड ओलीको निष्कलङ्क छविका कारण नेपालको कम्युनिस्ट आन्दोलनको भविष्य उज्यालो देख्छु म। 

प्रश्नः कमरेड तपाईंको विचारमा नेपालले समाजवादी राज्य व्यवस्थामा पुग्न अब के–के गर्नु पर्छ?

माओः समाजवादमा पुग्न प्रशस्त राष्ट्रिय उत्पादन र स्थिर सरकार चाहिएला, देशमा विद्यमान गरिबी, बेरोजगारीको अन्त्य हुनुपर्ला, शक्तिशाली कम्युनिस्ट पार्टीको निर्माण हुनु पर्‍याे, पार्टीले राजकीय हस्तक्षेपद्वारा गरिब र धनीको बीच विद्यमान फासला कम गर्नुपर्‍याे। हालको दलाल पुँजीवादी आर्थिक प्रभुत्वको विधिवत् अन्त्य हुनुपर्‍याे, यही हो। व्यक्तिको विचार, योग्यता, क्षमता र लोकप्रियताको आधारमा पार्टी चल्ने न हो। 

प्रश्नः शक्तिशाली कम्युनिस्ट पार्टीको कुरा गर्नुभो, एकता भएपछि त नेकपा शक्तिशाली नै छ नि!

माओः कुरा त्यति सजिलो छैन। हो, प्राविधिक एकता भागबण्डाको आधारमा टुङ्गिँदैछ। भागबण्डामा नेपाली कमरेडहरू माहिर देखिए। बाम गठबन्धनमै छँदा तत्कालीन एमाले र माओवादी केन्द्रले राम्रै सत्ता साझेदारी गरे। एउटाले राष्ट्रपति लियो, एउटाले उपराष्ट्रपति, एउटाले प्रधानमन्त्री, एउटाले सभामुख। मैले पाइनँ भन्ने ठाउँ त कतै राखेका छैनन्। तर, पार्टी एकता दिगो बनाउन वैचारिक र भावनात्मक एकताको जग मजबुत पारिनु पर्छ। विचारको मामिलामा अब नेतृत्वले विशेष ध्यान दिनु पर्छ। यो पक्षमा धेरै काम भएको देख्दिनँ। भागबण्डा र तेरोमेरोमै रुमलिएर पार्टी कमजोर हुन सक्नेतर्फ सबै सचेत होलान् नै। विशेष परिस्थितिमा पदको भागबण्डा गरिए पनि सिद्धान्तको भागबण्डा हुन नसक्ला नि! तपाईं विचारको भागबण्डा कसरी गर्नुहुन्छ? मिति तोकिसकिएको महाधिवेशनमार्फत् वैचारिक, कार्यक्रमिक र संगठनात्मक रुपमा एकतावद्ध भएपछि मात्र मचाहिँ नेकपालाई शक्तिशाली भएको मान्छु। 

प्रश्नः नेकपाका अध्यक्षद्वय केपी शर्मा र पुष्पकमल दाहालको नेतृत्वदायी भूमिकालाई चाहिँ कसरी हेर्नुभएको छ?

माओः यो विषय कोट्याएर मलाई अप्ठ्यारोमा नपार्नुस्। जेभए पनि केपी र प्रचण्ड आफ्नो जवानीमा सबभन्दा बढी मेरो नाम उच्चारण गर्ने नेतामा पर्छन्। त्यसकारण मलाई कसैको पक्ष वा विपक्षमा बोल्नु छैन। केपी ओलीको अकम्पित राष्ट्रवादी छवि र  भिजन एवम् प्रचण्डको साहसको म प्रशंसक नै हुँ। यो विषयमा मेरा केवल दुई कुरा छन्। पहिलो, पदप्रतिको अति मोह र तेरोमेरोको तानातान क्रान्तिकारी कम्युनिस्ट संकृति होइन। दोस्रो, पार्टी एकता भइसकेपछि यो पार्टी निर्णयको विषय हुन्छ, दुई नेताको मात्र विषय होइन। एकता प्रक्रिया टुङ्गिएपछि त सधैं तेरोमेरो गर्ने भन्ने हुँदैन र पार्टी निर्णयको विषय हो भन्नेमा त केपी कमरेड र प्रचण्ड कमरेड दुवै सहमत छन् अहिले। एमाले-माओवादी एकताको सांगठनिक भागबण्डाको चरण सकिएपछि त व्यक्तिको विचार, योग्यता, क्षमता र लोकप्रियताको आधारमा पार्टी चल्ने न हो। व्यक्तिको विचार, योग्यता, क्षमता र लोकप्रियताको फैसलाचाहिँ महाधिवेशन र अधिवेशनमा नेकपाका सबै सदस्यले गर्ने हो...!

(माओ बोल्दै थिए। बाहिर कुकुर भुकेको आवाजले पटक्कै उनको आवाज सुनिएन। आफू बसेको काठको कुर्सी कसैले पछाडिबाट तानेजस्तो लाग्यो। म लडेँ। आखिर यो त सपना पो रहेछ। ऐँठन भएर आफू सुतेको खाटबाट लडेछु म। उठेर पसिना पुछ्दै यताउति हेरेँ। झ्यालबाट घाम छिरिसकेको रहेछ। मेरो स्टडी टेबुलमा मदन भण्डारीको सङ्कलित रचना, प्रचण्ड लिखित एक्काइसौं शताब्दीको जनवाद, माओ लिखित नौलो जनवादलगायतका किताब छरपष्ट थिए। र, टेबुलमाथि माओको तस्बिर। मैले लामो स्वास तानेँ।)

ब्लग

सपनामा माओ

प्रकाशित: शनिबार, कात्तिक १, २०७७ ०९:१५
सारांशमा :
  • म सम्झन्छु– नेपालमा कम्युनिस्ट पार्टी गठन हुँदा त्यसमा अक्टोबर क्रान्तिको प्रभाव बढी थियो। कमीकमजोरी त नभएका होइनन्, तर असन्तुष्ट हुनुपर्ने कारण खासै छैन। 
  • केही समय पनि नबित्दै विभाजित भएको नेपालको कम्युनिस्ट पार्टी मेरो नेतृत्वमा चीनमा भएको नौलो जनवादी क्रान्तिको प्रेरणाबाट ७०को दशकमा फेरि बौरियो।
  • नेपालमा १० वर्षसम्म सञ्चालित सशस्त्र विद्रोहले नेपालको सामन्तवादको जरामात्र हल्लाएन, सन् २००६ मा ऐतिहासिक जनआन्दोलनको सफलतामा यसको प्रमुख भूमिका रह्यो।
पूरा पढ्नुहोस्

सिफारिस