२०७७ कात्तिक १२, बुधबार
फोटो फिचर जीवनशैली

दसैँघरसहित शक्तिपीठहरुमा मनाइयाे घटस्थापना (तस्वीरहरु)


गाेपेन राई
शनिबार, कात्तिक १, २०७७ १५:०४
प्रकाशित: शनिबार, कात्तिक १, २०७७ १५:०४

काठमाडौं। हिन्दू धर्मावलम्बीहरुको महान् पर्व बडादसैँको आज पहिलो दिन। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि बडादसैं सुरु हुन्छ।

दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक गणेश र कलश स्थापनासहित घटस्थापना गरिन्छ।

यही अवसरमा काठमाडौँको हनुमानढोका दरबारस्थित दसैँघरमा आज वैदिक विधिअनुसार बिहानको साइतमा जमरा राखिएको छ।
 
त्यसैगरी, उक्त दरबारकै नासल चोकमा रहेको दसैँघरमा पनि जमरा राखिएको छ। सो क्रममा नेपाली सेनाको टोलीले मंगल धुन बजाउनुका साथै बढाइँ पनि गरेको थियो।

कोरोनाका महामारीका कारण शक्तिपीठमा भीड नगर्न भनिएता पनि आजै काठमाडौँको भद्रकाली मन्दिरमा भने भक्तजनको भीड देखिएको छ। यससँगै अन्य विभिन्न शक्तिपीठ तथा मन्दिरमा पनि भक्तजनको उपस्थिति रहेको थियो।
 
आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमासम्म गरी १५ दिन दुर्गापक्ष धूमधामका साथ मनाइन्छ।