२०७७ कात्तिक १२, बुधबार

वडा कार्यालय भवन उद्घाटन समाराेहमै उपप्रमुख ताेडफाेडमा उत्रिएपछि...

कैलाली। कैलालीको घोडाघोडी नगरपालिकामा शनिबार वडा कार्यालयको भवन उद्घाटन गर्न आयोजित कार्यक्रम विवादित बनेकाे छ। 

नगरप्रमुखले वडा नम्बर ७ को नवनिर्मित भवनमा राखिएकाे शिलालेख अनावरण गरिरहँदा उपप्रमुखले ताेडफाेड गर्ने प्रयास गरेपछि विवाद उत्पन्न भएकाे हाे।

नगरपालिकाकी उपप्रमुख प्रेमकुमारी थापाले आफ्नो नाम समावेश नगरिएको भन्दै शिलालेखमा ढुंगाले हिर्काएकी हुन्।

शिलालेखको अनावरण गरिरहेका बेला ढुङ्‍गा प्रहार भएपछि दुई जनाबीच हात हालाहालकाे स्थिति सिर्जना भएको थियाे। शिलालेखमा नगरप्रमुखको नाम समावेश भएको तर आफ्नो नाम नभएको भन्दै उपप्रमुख आक्रोसित बनेकी हुन्।

प्रमुखविरुद्ध उपप्रमुख थापाले नाराबाजी गर्दै शिलालेखमा ढुङ्‍गा र मुक्का प्रहार गरेकी थिइन्। कार्यपालिकामा कुनै छलफल नगरी नगरप्रमुखले एकलौटी ढङ्‍गले आफ्नोमात्र नाम लेख्न लगाएको उनको आरोप छ।

राजनीति

वडा कार्यालय भवन उद्घाटन समाराेहमै उपप्रमुख ताेडफाेडमा उत्रिएपछि...

प्रकाशित: शनिबार, कात्तिक १, २०७७ १७:३९
  • नगरपालिकाकी उपप्रमुख प्रेमकुमारी थापाले आफ्नो नाम समावेश नगरिएको भन्दै शिलालेखमा ढुंगाले हिर्काएकी छन्।
  • शिलालेखमा नगरप्रमुखको नाम समावेश भएको तर आफ्नो नाम नभएको भन्दै उपप्रमुख आक्रोसित बनेकी हुन्।

सिफारिस