२०७७ कात्तिक ४, मंगलबार

अनलाइनबाट यौनजन्य अश्लिलता फैलाउने घटना बढ्दै

काठमाडौं। साइबर अपराधका घटनामध्ये पछिल्लो समय यौनजन्य अश्लिलता फैलाउने घटना हुने गरेको देखिएको छ।

‘पोर्न वेभसाइट’ अनधिकृत खोलेर अश्लिल भिडिओ राख्ने, फेसबुकको म्यासेन्जरबाट त्यस्ता भिडिओ पठाएर मानिसहरूलाई हैरानी लगाउनेदेखि ख्याति प्राप्त महिला कलाकारहरूको तस्वीर सम्पादन गर्दै ‘ट्रोल’ बनाइदिने गरेको देखिएको हो।

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार यसका अतिरिक्त केहीले भने बलात्कार जस्ता जघन्य प्रकृतिका घटनामा दुरूत्साहन गर्ने र सामाजिक सद्भावसँगै शिष्टाचार विरूद्धका गतिविधि पनि गर्दै आएका छन्।

जुन, विद्युतीय कारोबार ऐन-२०६३ विरूद्धका गतिविधि हुन्। कानुनतः त्यस्ता गतिविधिलाई साइबर अपराध मानिएको छ। र, कैद सजायदेखि जरिवानासम्मको व्यवस्था छ। 

ब्यूरोले त्यस्ता गतिविधिमा संलग्न भएकाहरूलाई नियन्त्रणमा लिएर कानुनी कारबाहीको दायरामा ल्याउने गरेको छ।
शुक्रबार मात्रै ब्यूरोले प्युठानको झिन्द्रुक गाउँपालिका वडा नम्बर ७ घर भएका १९ वर्षीय नवीन खड्काविरूद्ध विद्युतीय कारोबार ऐन-२०६३ अनुसार मुद्दा चलाएको छ।

उनी नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर-१६ मा बस्दै आएका थिए।
 
प्रारम्भिक अनुसन्धानको क्रममा नवीनले सामाजिक सञ्जाल फेसबुकमा ‘रेपर एसोसिएसन’ अर्थात् ‘बलात्कारी संगठन’ नामको पेज नै खोलेको पाइएको छ।
 
ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तथा प्रवक्ता नविन्द अर्यालले नवीनले बलात्कार जस्तो जघन्य अपराध गर्न दुरूत्साहनसम्बन्धी कसूर गरेको बताए।

प्रवक्ता अर्यालले पक्राउ परेकामध्येका किरणले सामाजिक सञ्जाल फेसबुकमा फेक अकाउन्ट र पेज बनाएर ख्याति प्राप्त महिला कलाकारहरूको यौनजन्य अश्लिलता र अपमानजनक सामग्री पोस्ट गर्ने गरेको पाइएको बताए।

त्यसअघि बिहीबार प्रहरीले यौनजन्य अश्लिलता फैलाएको आरोपमा अछामको ढकारी गाउँपालिका वडा नम्बर-५, चैनपुरका किरण क्षेत्री भनिने किरण बूढालाई पक्राउ गरेको थियो।

सोही दिन बाल अश्लिलता फैलाएको आरोपमा खोटाङको रावावेंशी गाउँपालिका-६ का २१ वर्षी प्रवीण ढकाल पनि पक्राउ परे। उनको बसाइ काठमाडौंकै कागेश्वरी-मनोहरा नगरपालिका वडा नम्बर ८ मा हो।

यससँगै उनले फोटोको आकृति बिगारेर ‘ट्रोल’ बनाउने र पोस्ट गरी सामाजिक सञ्जालमा घृणा, द्वेष फैलाउनेसँगै महिलालाई अपमान गर्ने गरेको पनि बताइएको छ।

प्रवीणले भने एक नाबालकलाई म्यासेन्जरबाट अश्लिल भिडिओ पठाएर बाल अश्लिलता फैलाएको भनिएको छ।

साइबर टिप्लीनको रिपोर्ट र पीडित नाबालकको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन्।

पीडित नाबालकका आफन्तले प्रवीणविरूद्ध विद्युतीय कारोबार ऐन-२०६३ अनुसार सजाय र क्षतिपूर्तिको मागदाबी गरेका छन्।

प्रविधिको दुरूपयोगबाट हुने साइबर अपराध त्यसअघि पनि नभएको होइन। गत असार २८ गते ‘पोर्न वेभसाइट’ बनाएर १७ वर्षीया किशोरीको अश्लिल भिडिओ वेभसाइटमा राखेको अभियोगमा सुरज श्रेष्ठ पक्राउ परे। २३ वर्षीय श्रेष्ठ काठमाडौंको गोंगबुका हुन्।

उनीबाट पीडित किशोरी भने चितवनकी हुन्। अनुसन्धानको क्रममा सुरजले ‘ब्लूसंसार डटकम’ नामको पोर्न साइट खोलेका थिए। त्यही साइटमा किशोरीको अश्लिल भिडिओ अपलोड गरेको पाइएको साइबर ब्यूरोले जनाएको छ।

एकपछि अर्को यौन अश्लिलता फैलाउने गरिएका साइबर अपराधका घटना भइरहेको देखिएको छ। प्रहरीले त्यस्ता गतिविधिमा संलग्न सबैलाई नियन्त्रणमा लिइसकेको छ। कानुनअनुसार दण्डित पनि भएका छन्। तर, इन्टरनेट प्रविधिको बढ्दो पहुँजले गर्दा यस्ता अपराधिक गतिविधि बढेको प्रहरीले जनाएको छ।

त्यसपछि, फेक आइडी बनाएर फेसबुकमा अश्लिल फोटो लगाएको अभियोगमा काठमाडौं महानगरपालिका वडा नम्बर १६ का ३८ वर्षीय सविनराज मिश्र पक्राउ परे।
 
उनी एक लाख रूपैयाँ धरौटी बुझाएर जिल्ला अदालत काठमाडौंबाट छुटिसकेका छन्। साइबर ब्यूरोका अनुसार उनले तनहुँको १३ वर्षीया नाबालिकाको फोटो प्रयोग गरी त्यस्ता अपराधिक धन्दा गरेका थिए।

यसरी, एकपछि अर्को यौन अश्लिलता फैलाउने गरिएका साइबर अपराधका घटना भइरहेको देखिएको छ।

प्रहरीले त्यस्ता गतिविधिमा संलग्न सबैलाई नियन्त्रणमा लिइसकेको छ। कानुनअनुसार दण्डित पनि भएका छन्। तर, इन्टरनेट प्रविधिको बढ्दो पहुँजले गर्दा यस्ता अपराधिक गतिविधि बढेको प्रहरीले जनाएको छ।

विद्युतीय कारोबार ऐन-२०६३ को परिच्छेद-९, दफा ४७ मा “कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनि रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचारविरूद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने” प्रावधान छ।

तर, पनि यौनजन्य अश्लिलता फैलाउने खालका साइबर अपराध नियन्त्रण प्रहरीका लागि चुनौतीपूर्ण बन्दै गएको छ।

अपराध

अनलाइनबाट यौनजन्य अश्लिलता फैलाउने घटना बढ्दै

साङ्‍केतिक तस्वीर
प्रकाशित: शनिबार, कात्तिक १, २०७७ १८:०९
  • पोर्न वेभसाइट बनाइ अश्लिल भिडिओ राख्ने, म्यासेन्जरबाट पठाउने, ख्याति प्राप्त महिला कलाकारको तस्वीर सम्पादन गर्दै ‘ट्रोल’ बनाइदिने र बलात्कार गर्न दुरूत्साहन गर्ने जस्ता यौनजन्य अश्लिलता फैलाउने गरेको देखिएको छ।
  • इन्टरनेट प्रविधिमा बढ्दो पहुँजले यौनजन्य अश्लिलता फैलाउने जस्ता साइबर अपराधका घटना हुँदै।
  • साइबर अपराध गर्नेलाई कानुनतः एक लाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने।

सिफारिस