२०७७ कात्तिक १२, बुधबार

आगलागीमा परी एक वृद्धाको मृत्यु

काठमाडौं। धादिङ बेनिघाटरोराङ गाउँपालिका-६ रोटेस बस्ने ६२ वर्षीया जकमाया चेपाङको आगलागीमा परी मृत्यु भएको छ।
आफ्नै घरमा खाना बनाउने क्रममा शुक्रबार शरीरमा आगो लाग्दा उनी गम्भीर घाइते भएकी थिइन्।

उपचारको लागि राजमार्ग अस्पताल मलेखु लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

यस्तै, कैलालीको लम्कीचुहा नगरपालिका-६ गुलरा बस्ने इन्द्रकला जोशीको दुई तले कच्ची घरमा शुक्रबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो।

समाज

आगलागीमा परी एक वृद्धाको मृत्यु

प्रकाशित: शनिबार, कात्तिक १, २०७७ १८:५४
सारांशमा :
  • खाना बनाउने क्रममा शरीरमा आगो लाग्दा जकमायाँ चेपाङको मृत्यु भएको हो।
पूरा पढ्नुहोस्

सिफारिस