२०७७ मंसिर ९, मंगलबार

लेखक बन्नु छ? किताब पढ, पढ र पढ

मानिसहरु साहित्य लेख्न चाहन्छन्, तर कसरी लेख्ने? यो प्रश्न लेख्न चाहनेहरुका निम्ति सधैं अघिल्तिर तेर्सिएर बसिरहेको छ। संसारभर सिर्जनात्मक लेखनका कक्षा पनि हुन्छन्, एकाडेमिक र ननएकाडेमिक।

प्रमाणपत्रधारीहरुले राम्रो लेख्ने भए यो संसारका सबै भाषाका डाक्टर-प्राध्यापकहरु चर्चित र लोकप्रिय लेखक भइसक्थे। तर सिर्जना अर्कै थोक हो। केही दिन वा महिना तालिम लिएर पनि लेखक बन्न सकिने होइन। यस्ता एकेडेमिक प्रमाणपत्र वा तालिमले लेख्ने सूत्र त सिकाउन सक्लान्, तर के लेख्ने भन्ने कदापि सिकाउन सक्दैनन्।

लेख्नु भनेको त मनलाई पोख्नु हो। हरेक मानिसका मन फरक-फरक छन्। त्यस्तो नबुझिने र फरक मनलाई पोख्न अरू कसैले सिकाएर कहाँ पार लाग्छ र! यद्यपि, संसार हल्लाएका लेखकहरु लेखन टिप्स भने दिन पछि पर्दैनन्। कतिपय सिर्जनात्मक लेखनमा ख्याति पाइसकेका लेखक स्वयम्ले सिर्जनाबारे पुस्तक नै लेखेका छन्। ‘दि गार्जियन’ले त्यस्ता केही पुस्तकको छोटो चर्चा गरेको छ। सोही चर्चाको अनुदित तथा सम्पादित अंशः

एक पटक कवि रीता डोभसँग प्रश्न गरिएको थियो- कवितालाई के कुराले सफल बनाउँछ? उनले उत्तरमा तीन कुरालाई महत्व दिइन्। पहिलो, लेखकको मन- त्यसले के भन्न चाहेको छ, राजनीतिक चेतना र संवेदना। दोस्रो, उपकरण। यसले शब्दहरुलाई व्यवस्थित गर्ने काम गर्छ। र तेस्रो, लेखकको पुस्तकप्रेम। लेख्नका लागि किताब पढ, पढ र पढ।

लेख्नुअघि उनी कसरी लेख्ने भन्ने कुराको ‘म्यापिङ’ गर्छिन्। लेखनको विकासमा दृष्टिकोण बनाउँछिन्, सैद्धान्तिक र वैयक्तिक धारणासमेतको। कुनै पनि लेखक शून्यमा बस्दैन, उनीहरुको काम भनेको अन्त्यहीन सिलसिला हो।

लेखेपछि प्रकाशककोमा कसरी पुग्ने? त्यसका लागि उत्तम उपाय के हो? के लेखक स्वयम्ले नै आफ्नो पुस्तक छाप्नुपर्छ? लेखनबाहेकका क्षेत्रमा करिअर बनाउन चाहनेका लागि एउटै बाटो हुँदैन। अथक ढंगमा काम गरेर तयार पारिएका कतिपय पाण्डुलिपि प्रकाशनका लागि योग्य हुँदैनन्। बेलायतमा वार्षिक १,८५,००० नयाँ शीर्षकका पुस्तक आउँछन्, यो विश्वको तेस्रो ठूलो संख्या हो। यति भएर पनि बाँकी आकांक्षी लेखकको संख्या निकै ठूलो छ।

यहाँ केही पुस्तकको चर्चा गरिएको छ। यी पुस्तकले लेखनको ‘पाश्र्व तरिका’ मार्गदर्शन गर्ने छन्, हामी के भन्न चाहिरहेका छौं? हामी आफूले भन्न चाहेका कुरालाई कसरी भनिरहेका छौं?

बेन लर्नरको ‘दि हेट्रेड अफ पोयट्री’

कविता एक बौद्धिक योग र सांस्कृतिक कार्य हो। अन्य काव्य आलोचनाको तुलनामा कम आदर्शवादी। लर्नरले पुस्तकमा कविता र त्यसका पाठकको रुपबारे बहुस्तरीय सन्दर्भ प्रस्तुत गरेका छन्। हामीले आज कला भनेर जुन मूल्य (अभिजात्य र शिथिल)लाई अघि सारेका छौं, त्यसमाथि पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ।

एन्जी थोमसको ‘फाइन्ड योर भ्वाइस’

सिर्जनात्मक लेखनको सबैभन्दा कठिन कार्य भनेको दृष्टिकोणमा सम्झौता नगर्नु र जनसाधारणको आवाज विकसित गर्न नछाड्नु हो। थोमस विशेषगरी किशोर तथा युवाका लागि लेखिने उपन्यासमा यो तथ्य बिर्सन नहुने बताउँछिन्। उनी इमानदारीपूर्ण लेखनका निम्ति अपिल गर्छिन्। लेखकको पहिलो ड्राफ्ट नै अन्तिम तयारी जतिको हुनुपर्ने उनको भनाइ छ। यो पुस्तक लेखनका अन्य कतिपय जुक्ति, संकेत र अभ्यासबारे बताउँछ, साथै सडकबाट उठ्न चाहने लेखकका निम्ति मद्दतकारी पनि छ।

जियोफ्रे के पुलुमको ‘लिंग्विस्टिक्सः ह्वाई इट म्याटर्स’

भाषा यदि प्रवाहका दृष्टिमा स्थिर अवस्थामा छ भने वाक्य निर्माण, अर्थ र तर्कलाई नियन्त्रित गर्ने नियम हमेसा विवादित हुन्छ। यो स्थितिमा भाषा र भाषाविज्ञानले पारम्परिक तरिकाले हाम्रो संस्कृति तथा भैतिक दुनियाँसँग हाम्रो सम्बन्धबारे बताइरहन सक्ला? लेखक पुलुमले मानव भाषाका वैज्ञानिक अध्ययनको माध्यमबाट थुप्रै दार्शनिक प्रश्नहरुको सम्बोधन गरेका छन्। व्याकरण, वाक्यांश र यसका सीमा बताएका छन्। यो पुस्तक शब्दहरुमा यान्त्रिकता मन पराउनेका लागि आकर्षक छ।

मेरी रुएफलको ‘म्याडनेस, र्‍याक, एन्ड हनी’

यो पुस्तक कवि तथा प्राध्यापक रुएफलको लेखकको दिमाग तथा शिल्पका केही पक्षबारेका व्याख्यानहरुको संकलन हो। उनीसँग जटिल र व्यापक विषयको उत्खनन् गर्ने अभूतपूर्व क्षमता छ। यो पुस्तकको मूल आकर्षण भनेको केही पृष्ठ पढ्दा नै नयाँ परिप्रेक्ष्य प्राप्त हुनु हो। कविताको भावुकतादेखि भयसम्म र आश्चर्यबारे यसमा उल्लेख छ। एउटा पाठमा उनी भन्छिन्, ‘एउटा कविता भन्नु मनले गरेको कार्यको समाप्ति हो, यो कुनै समाप्त दिमागको काम होइन।’

जेडी स्मिथको ‘फिल फ्रि’

यो पुस्तकमा स्मिथले २०१० देखि २०१७ सम्म लेखेका निबन्ध छन्। तिनमा ब्रेक्जिटदेखि जस्टिन बिबरसम्मका सन्दर्भ अद्भूत ढंगमा उतारिएका छन्। उच्च दार्शनिक कुराको विखण्डन, आफ्नै आख्यान लेखन अभ्यासका कुरा, निबन्धकृति ‘दि आई हु इज नट मी’को सम्झनालगायत यसमा छन्। कसरी आत्मकथा शैलीले उपन्यास लेखनमा मद्दत गर्छ भन्ने विषय पनि यसमा छ। उनले बेलायती समाज, वर्ग, जातिजस्ता सन्दर्भमा पनि आफ्ना विचार यसमा लेखेकी छन्।

सन्दीप पर्मार, निशा रमाया र भानु कपिलको ‘थ्रेड्स’

कवितामा ‘म’ भनेको को हो? कविहरुले कवितामा आफैंलाई पोख्छन् या फराकिलो आयतनमा पोखिन्छन्, कठिन र बृहत् ढंगमा? के ‘म’ लाई अपरिवर्तनीय मानिन्छ या यो अधिक छिद्रपूर्ण छ? यी प्रश्नहरुलाई थ्रेड्समा स्थान दिइएको छ, जसले श्वेत, पौरुषता र बेलायतीपनको सम्बन्धमा गीतमा प्रयुक्त ‘म’को अर्थ खोज्ने कार्य गरेको छ। यी छोटा तर तिखा निबन्धहरुले साहित्य र भाषामा श्वेत हैकमवादमाथि प्रश्न गर्छ। बाहिरबाट आएका लेखक-साहित्यकारको स्थान तथा ती कसरी कोपभाजनमा परिरहेका छन् भन्नेबारे पनि यसमा केलाइएको छ।

टोनी मरिसनको ‘माउथ फुल अफ ब्लड’

हालै दिवंगत भएकी नोबेल पुरस्कार विजेता मरिसनको बेजोड निबन्ध र प्रवचनहरुको संकलन हाे यो। यसमा उनले नागरिकता, विभेद तथा कलाबारे उल्लेख गर्नुका साथै लेखनको महत्वपूर्ण शैली प्रस्तुत गरेकी छन्। उनको प्रख्यात उपन्यास ‘बिलभेड’का बारेमा पनि उल्लेख छ र लेखनको रुपाकारबारे चर्चा। उनको चर्चित भनाइ ‘एक लेखकका रुपमा, हामीले के गर्छौं त्यो सम्झिइने छ। र, सम्झनामा रहनका लागि यो दुनियाँ हामीले बनाउनु छ’ समेटिएको छ।

जोनाथन डेभिड्सनको ‘अन पोयट्री

कविताको विश्लेषण केही कठिन र अभ्यासका रुपमा यसलाई लिन सकिन्छ। कविता सानासाना कलात्मक परिवृत्ति या माध्यमिक विद्यालयका कक्षामा पनि पाइन्छन्। डेभिड्सनको लेखन किन पनि महत्वपूर्ण मानिन्छ भने, उनी कविता लेख्दा यसलाई अन्तरंग तथा व्यक्तिगत महसुस गरेर लेख्छन्। कवितालाई उनी दूरको वस्तु या सुख्खा चिज बनाउँदैनन्। कविता लेखनको तरिकाबारे उनको दृष्टिकोण, सोच प्रभावकारी छन्। यो पुस्तक लेखनमा आउन चाहनेका निम्ति निश्चित रुपमा समसामयिक र संसाधनपूर्ण छ। यसले कविता कसरी हाम्रो जीवनभर साथै रहने छ भन्नेबारे बताउँछ।

लिडिया डेभिसको ‘एस्सेज’

दु्रत आख्यान (फ्ल्यास फिक्सन)देखि कथा लेखनसम्म डेभिस महत्वपूर्ण लेखकका रुपमा चर्चित छन्। पुस्तकमा राखिएको लामो समयदेखि लेखिएका निबन्धमा उनी आफ्नो लेखन प्रक्रिया र प्रयोगवाद, रुप तथा सम्बन्धबारे उल्लेख गर्छन्। र, भाषा जब सीमाबाहिर धकेलिन्छ तब पनि त्यसले काम गर्ने उनी बताउँछन्। माइक्रो फिक्सन हामी कसरी पढ्छौं, त्यसका तरिका र जोखिमबारे पनि पुस्तकमा उल्लेख छ।

ब्रायन डिलनको ‘एस्सेइज्म’

डिलनले निबन्धलाई ‘ध्यानमा प्रयोग’का रुपमा संक्षेपमा प्रस्तुत गरेका छन्। केही निबन्धहरुले मध्ययुग अन्त्यदेखि हालको समयसम्म कसरी सांस्कृतिक तथा राजनीतिक परिदृश्यलाई बदलिदिएका छन् भन्ने देखाएका छन्। अधिक लोकप्रिय काम भइकन पनि अहिलेसम्म चुनौतीपूर्ण रहेको लेखन उद्यमबारे उत्सुक जिज्ञासा यस पुस्तकमा रहेको छ।

साहित्य

लेखक बन्नु छ? किताब पढ, पढ र पढ

प्रकाशित: आईतबार, कात्तिक २, २०७७ ०७:४१
  • प्रमाणपत्रधारीहरुले राम्रो लेख्ने भए यो संसारका सबै भाषाका डाक्टर-प्राध्यापकहरु चर्चित र लोकप्रिय लेखक भइसक्थे। तर सिर्जना अर्कै थोक हो।
  • पहिलो, लेखकको मन- त्यसले के भन्न चाहेको छ, राजनीतिक चेतना र संवेदना। दोस्रो, उपकरण। यसले शब्दहरुलाई व्यवस्थित गर्ने काम गर्छ। र तेस्रो, लेखकको पुस्तकप्रेम।
  • सिर्जनात्मक लेखनको सबैभन्दा कठिन कार्य भनेको दृष्टिकोणमा सम्झौता नगर्नु र जनसाधारणको आवाज विकसित गर्न नछाड्नु हो।
  • भाषा यदि प्रवाहका दृष्टिमा स्थिर अवस्थामा छ भने वाक्य निर्माण, अर्थ र तर्कलाई नियन्त्रित गर्ने नियम हमेसा विवादित हुन्छ।
  • अधिक लोकप्रिय काम भइकन पनि अहिलेसम्म चुनौतीपूर्ण रहेको लेखन उद्यमबारे उत्सुक जिज्ञासा ‘एस्सेइज्म’ पुस्तकमा रहेको छ।

सिफारिस