२०७७ मंसिर ११, बिहिबार

आर्सेन वेंगर अर्थात् ‘रेड एन्ड ह्वाइट’

डिसेम्बर १९९७ मा घरेलु मैदानमा खेल्दा आर्सेन वेंगरको आर्सनल ब्ल्याकबर्न रोभर्ससँग ३-१ गोलले पराजित भएको थियो। घरेलु प्रशंसकहरुले खेलाडीलाई खुब गाली गरेका थिए।

वेंगरका लागि आधा दशक निकै असफल र निराशाजनक हुन पुग्यो। त्यो मध्यान्ह आर्सनलले अर्को अविजितजस्तै रहेको क्लब म्यानचेस्टर युनाइटेडलाई जित्नु निकै टाढाको कुरा ठानेको थियो। खेलपश्चात् आलोचनाबाट आहत भएका स्ट्राइकर इयान राइटले झ्यालबाट बाहिर रहेको भीड नियाले। प्रहरीसँग केही कुरा गरे। उनका लागि हाइबुरी एक पीडादायी स्थानका रुपमा रह्यो।

वेंगर १४ महिनाका लागि क्लबका प्रमुख भएर आएका थिए। उनी क्लबमा आउनुअघि उनका बारेमा कसैलाई केही पनि थाहा थिएन। उनी जापानमा काम गरिरहेका थिए। खेलपश्चात् उनलाई क्लबबाट निकालिदिँदा पनि कसैलाई कुनै वास्ता हुनेवाला थिएन।

उनले क्लबमा आउँदा केही स्तरीय खेलाडी ल्याएका थिए। उनले ल्याएका चारमध्ये तीनजनाले त आठ वर्षअघि नै चर्चित उपाधिका लागि एनफिल्डमा खेलिसकेका थिए। बाँकी एकजनाले भने आर्सनलका लागि पहिलो खेल खेलेका थिए।

उक्त खेल देखेर गाली गरिरहेका मानिसलाई लाग्थ्यो, आर्सनल अब कहीँ पुग्दैन। उनीहरु खोजिरहेका थिए- क्लबमा नयाँ लगानी, नयाँ सोच र निश्चित रुपमा नयाँ व्यवस्थापक।

तर, आश्चर्यजनक रुपमा, ब्ल्याकबर्नसँगको खेलले लामो समयदेखिको हाइबुरीको दुःख अन्त्य गरिदियो। त्यो रातले सारा पीडा मेटाइदियो। त्यो निराश टिम मे महिनामा अर्को प्रिमियर लिग नजितेसम्म अपरिवर्तनीय ढंगमै चल्यो। त्यो सिजनको एफए कप पनि उसले जितिछाड्यो।

अर्को एक च्याम्पियनसिपका साथै एफए कपसमेत २००२ मा उचाल्यो। त्यसपछिको अर्को एफए कप पनि हात पार्‍यो। र, पुनः २००३-०४ लाई अजेय पार्न सक्यो। ‘‘मलाई त्यसबखत टिममा रहेका हरेक खेलाडीको सम्झना छ,’’ वेंगर भन्छन्, ‘‘हो म सम्झन्छु।’’ ब्ल्याकबर्नसँग हारेको भए उनलाई क्लबबाट लखेटिन्थ्यो पक्कै पनि। तर उनी आर्सनलमा थप दुई दशक बसे।

म उनीसँग अन्तर्वार्ता लिन त्यो सिजनको अन्तिम खेलका लागि तालिम भइरहेको मैदानमा पुगेँ। म वेंगरलाई उनकै अफिसमा कुरिरहेको थिएँ। सोही बखत मैले नचिनेको एकजना फ्रेन्च त्यहाँ पसे। उनले आफ्नो हात टेबुलमा बजारे। ‘वाहियात अंग्रेजी नियमहरु,’ उनले भने।

तपाईं सात वर्षको हुनोस् या ७० हाइबुरीमा जस्तो कतै देख्नुभएको हुने छैन, आर्सनलले कुनै पनि उपाधि नजितेकै किन नहोस्! तपाईंले अविस्मरणीय ढंगमा विश्वकै स्तरीय केही खेलाडी आर्सनलमा रहेको सम्झनु हुनेछ- थियरी अनरी, रोबर्ट पाइरेस, प्याट्रिक भियरा, डेनिस बर्गक्याम्प, एस्ली कोल, फ्रेडी योङबर्ग। यदि फुटबल तपाईंका लागि महत्वपूर्ण खेल थियो भने, आर्सनलको खेल भएका बखतको सिजनल टिकट बहुमूल्य हुन्थ्यो। तपाईं जहाँ भए पनि आर्सनलको खेल हेर्न पुग्नु सही निर्णय थियो। क्लब आफ्नो नयाँ रंगशालामा गयो, नयाँ र राम्रा खेलाडी किन्न सक्ने भयो। वेंगरको स्पर्श नै पर्याप्त हुँदै गयो।

क्लब त्यति छिटो कसरी परिवर्तन भयो र बलियो बन्यो? कसरी १९९७ मा डिफेन्डरहरुलाई अन्त पठाउँदा पनि पाँच वर्षपछि टाइटल जित्न सफल भयो? कसरी वेंगर र उनको टिमले चर्चित युवा खेलाडी सेस फाब्रिगास, अनरी, भियरालाई बार्सिलोना, युभेन्टस तथा एसी मिलानजस्ता क्लबबाट ल्याउन सके? सर एलेक्स फर्गुसन, जोजे माउरिन्होलगायतसँग उनको सम्बन्ध कस्तो थियो? (उनीहरु बाहिरबाट हेर्दा निकै डर लाग्दा देखिन्थे।) किन उनलाई गोलकिपरको खासै महत्वपूर्ण भूमिका लागेन? किन जेमी भार्डीलाई लेस्टर सिटीतिर लखेटे? किन वेंगरले च्याम्पियन्स लिग कहिल्यै जितेनन् र खेलाडीलाई अन्त पठाइरहे?

आर्सनलका प्रशंसकहरुका मनमा यस्ता लाखौं प्रश्न छन्, जसको उत्तर वेंगरले दिनुपर्ने छ। तर उनको आत्मकथा ‘माई लाइफ इन रेड एन्ड ह्वाइट’मा पनि यसको उत्तर छैन। उत्तर छ भने पनि त्यो हामीलाई पहिले नै थाहा थियो। उनले आफ्ना क्लब र फर्गुसनसँगको सम्बन्धमा उतारचढाव भोगिरहे। (अहिले यी दुवैबीचको सम्बन्ध राम्रै छ।)

माउरिन्हो, जसको छायाँमा लामो समय वेंगर परिरहे, तिनको सन्दर्भ पुस्तकमा एक ठाउँमा उल्लेख छ। वेंगरले स्टिभ म्याकक्लारेनलाई ८३.३ प्रतिशत जिते भने माउरिन्होलाई केवल १० प्रतिशत।

म उनीसँग अन्तर्वार्ता लिन त्यो सिजनको अन्तिम खेलका लागि तालिम भइरहेको मैदानमा पुगेँ। म वेंगरलाई उनकै अफिसमा कुरिरहेको थिएँ। सोही बखत मैले नचिनेको एकजना फ्रेन्च त्यहाँ पसे। उनले आफ्नो हात टेबुलमा बजारे। ‘वाहियात अंग्रेजी नियमहरु,’ उनले भने। मैले उनीमाथि सहानुभूतिको नजर फ्याँकेँ। उनले थपे, ‘हामी एकजना खेलाडी ल्याउन चाहन्छौं, एक अतुलनीय खेलाडी। याया टुरे। तर काम गर्नै दिँदैनन्! ल्याउनै दिँदैनन्!’

वेंगरको जीवन रंगीन, धनधान्यपूर्ण र विविधताले भरिएको रह्यो। तर जब उनी आर्सनल छिरे, तब ग्लानि र तीक्ततापूर्ण क्षण निकै भोगे।

यो एउटा घटना थियो, जसलाई म सम्झिरहन्छु। केही वर्षपछि टुरेले हरेक प्रिमियर लिगमा महत्वपूर्ण मिडफिल्ड र डिफेन्सका रुपमा स्मरणीय खेल देखाए। यही कारण पनि म त्यो घटना सम्झन्छु। यो लुकेको घटना सार्वजनिक हुँदा वेंगरका अधिकांश प्रशंसकलाई निराश बनाउन सक्छ।

आर्सनल छाड्नुभन्दा केही समयअघि पत्रकार सम्मेलनमा वेंगरलाई यो प्रश्न सोधिएको थियो। त्यसबखत उनी पुस्तक लेखिरहेका थिए। उनले भने, ‘अहिले नै होइन। म कुरा गर्न मन पराउँदिनँ र सत्य भन्दिनँ पनि। लामो समय काम गरिरहँदा के भइरहेको छ भन्ने कुरा बताउन गाह्रो हुन्छ।’

स्मरणीय के छ भने, उनी अहिले पनि फुटबलमै काम गरिरहेका छन्, फिफामा। फिफा, सायद खेल राजनीतिमा सबैभन्दा बलियो संगठन हो। त्यसो त कुशल म्यानेजरमा शान्त र विचारशील गुण चाहिन्छ नै। कतिपय कुराहरु स्वतः बुझ्नुपर्ने हुन्छ। अहिलेका म्यानेजर सीधै कारबाहीमै जान्छन्। वास्तवमा उनीहरुले तीनवटा कुरा हेक्का राख्नुपर्छ– वैज्ञानिक ढंगको स्पष्ट र निरन्तर संवादमा रहनु, जिम्मेवारी बाँडफाँट गर्नु, व्यक्तिगत रुपमा खुल्ला हुनु। रोय किनले सायद यी शब्द लेखेका छैनन्।

पुस्तकका अघिल्ला पाठहरुमा वेंगरको बाल्यकाल र खेल जीवन निश्चित रुपमा रोमाञ्चित पार्नेखालको छ। उनी एल्सेसमा हुर्किए, एक गाउँ। त्यहाँ किसानहरु ट्र्याक्टर होइन घोडा प्रयोग गर्थे। वेंगर गाउँको टिममा खेल्थे, त्यसपछि उनले स्ट्रासबर्गका लागि खेले। विस्तारै उनी फ्रेन्च फुटबलको प्रशिक्षक बने। (उनी जुनजुन टिममा सहभागी भए, ती सबै क्लबको ड्रेस रातो र सेतो रह्यो। यतिसम्म कि उनले पुस्तककै नाम पनि त्यस्तै जुराए।)

उनी भन्छन्, ‘मैले जे जति गर्न सकेँ, त्योभन्दा बढी नै म गर्न सक्थेँ।’ त्यो निश्चित नै हो। वास्तवमा उनीजस्ता चतुर तथा चमत्कारिक मानिस क्लबबाट बिदा हुँदा यति त भन्नै पर्छ। सायद उनका बारेमा बाँकी रहेका अन्य कुराहरु बताउनका लागि अर्को पुस्तक आवश्यक पर्छ। जब उनी सारा जिम्मेवारीबाट मुक्त हुने छन्, तब त्यो आउला नै!

आर्सनलअघि उनी जोडिएको मोनाकोमा जोर्ज वेह नामका खेलाडी थिए, जो संसारकै चर्चित खेलाडी हुन्। उनलाई वेंगरले नै खोजेका थिए र फ्रेन्च लिगको पहिलो सिजन जितेका थिए। उनी अहिले लाइबेरियाका राष्ट्रपति छन्।

उनले पछिल्लो सिजन सकिएपछि पनि धेरै क्लबले गरेका प्रस्ताव अस्वीकार गरेको बताए। पीएसजी, युभेन्टस, रियाल मड्रिड, बायर्न म्युनिखका साथै बेलायत र फ्रान्सले पनि उनलाई प्रस्ताव राखे। ‘म निकै खुसी छु, प्रस्तावलाई नो भन्न पाउँदा। धेरै रकम आउने कुरा अस्वीकृत गर्दा, आफूले काम गरेको क्लबप्रति इमानदार हुन पाउँदाको समय सम्झँदा गर्व लाग्छ,’ वेंगर भन्छन्, ‘मैले यदि पैसालाई प्राथमिकता दिएको भए आर्सनलमा रहँदाको भन्दा दुई–तीन गुणा बढी कमाउन सक्थेँ। धीर भएर इमानदारीमा सधैं अडिरहेँ।’

पैसाको कुरा त उठ्यो नै। उनी आर्सनलमा पछिल्ला सिजनमा रहँदा वार्षिक ८० लाख पाउन्ड कमाउँथे, तर यो तथ्य तपाईंले उनको पुस्तकमा पाउनु हुने छैन। 

(दि गार्जियनबाट अनुदित तथा सम्पादित)

खेलकुद

आर्सेन वेंगर अर्थात् ‘रेड एन्ड ह्वाइट’

प्रकाशित: आईतबार, कात्तिक २, २०७७ १०:५५
सारांशमा :
  • वेंगर क्लबमा आउनुअघि उनका बारेमा कसैलाई केही पनि थाहा थिएन। उनी जापानमा काम गरिरहेका थिए।
  • ब्ल्याकबर्नसँग हारेको भए उनलाई क्लबबाट लखेटिन्थ्यो पक्कै पनि। तर उनी आर्सनलमा थप दुई दशक बसे।
  • कसरी वेंगर र उनको टिमले चर्चित युवा खेलाडी सेस फाब्रिगास, थिएरी अनरी, प्याट्रिक भियरालाई बार्सिलोना, युभेन्टस तथा एसी मिलानजस्ता क्लबबाट ल्याउन सके?
  • उनको आत्मकथा ‘माई लाइफ इन रेड एन्ड ह्वाइट’मा थुप्रै प्रश्नको उत्तर छैन।
  • पुस्तकका अघिल्ला पाठहरूमा वेंगरको बाल्यकाल र खेल जीवन निश्चित रुपमा रोमाञ्चित पार्ने खालको छ।
पूरा पढ्नुहोस्

सिफारिस