२०७७ मंसिर १२, शुक्रबार

भीम रावलको माग- ‘जनप्रतिनिधिले दसैँ भत्ता नलिने व्यवस्था गरियोस्’

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं प्रतिनिधि सभा सदस्य डा. भीम रावलले कोही जनप्रतिनिधिले पनि दसैं भत्ता नलिने व्यवस्था गर्न माग गरेका छन्।

कोरोना महामारीको हालको विषम् परिस्थितिमा चुनौती र आर्थिक कठिनाइलाई मनन गरी आफ्नो खाताबाट दसेँ भत्ता कट्टी गर्न मञ्जुर रहेको उनले बताएका छन्। 

आज बिहान ट्वीट गर्दै सांसदहरूले उक्त भत्ता लिनु हुन्न भन्नेमा आफ्नो समर्थन रहेको रावलले बताएका छन्। संसद सचिवालयले मन्त्री, सांसददेखि कर्मचारीहरूसम्मको खातामा दसैं भत्ता जम्मा गरिसकेको छ। 

महामारीको असहज परिस्थितिका कारण जनताले एक छाक खानाको लागि संघर्ष गरिरहेको बेला राज्यकोषबाट कर्मचारी, सांसद र मन्त्रीहरूलाई दसैं खर्च बाँडिएको भन्दै आलोचनासमेत भइरहेको छ। 

राजनीति

भीम रावलको माग- ‘जनप्रतिनिधिले दसैँ भत्ता नलिने व्यवस्था गरियोस्’

प्रकाशित: आईतबार, कात्तिक २, २०७७ १०:४८
सारांशमा :
  • नेकपा नेता रावलले आफ्नो खातामा जम्मा भएको दसैँ भत्ता फिर्ता गर्न तयार रहेको बताएका छन्। 
  • आज बिहान ट्वीट गर्दै रावलले महामारीको विषम् परिस्थितिमा सांसदहरूले भत्ता लिनुहुन्न भन्‍नेमा आफ्नो समर्थन रहेको उल्लेख गरेका छन्।
पूरा पढ्नुहोस्

सिफारिस