२०७७ मंसिर १२, शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा पृतनापति सम्मेलनको उद्घाटन

काठमाडौं। नेपाली सेनाको पृतनापति सम्मेलन सुरू भएको छ। प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गरेका छन्।  

मुलुकको शान्ति सुरक्षादेखि कोभिड-१९ को प्रतिकार्यमा भएको गतिविधिबारे समीक्षा गर्न आजदेखि भर्चुअल माध्यमबाट सम्मेलन सुरू भएको हो। 

बालुवाटरस्थित निवासबाट प्रधानमन्त्री ओलीले सम्मेलनको उद्घाटन गरेका हुन्। 

सम्मेलन तीन दिनसम्म सञ्‍चालन हुनेछ। सम्मेलनमा ८ जना पृतनापतिहरूले आ-आफ्नो कार्यक्षेत्रमा भएका उपलब्धि, चुनौती र समाधानका गर्नुपर्ने काम समेटिएको विषयमा रिपोर्टिङ गर्ने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए।

सेनाले ६/६ महिनाको अन्तरमा पृतनापति सम्मेलन गर्दै आएको छ।

हाल सेनाको पूर्वी पृतनामा कायममुकायम पृतनापति सन्तोष ढकाल, मध्यपूर्वी पृतनापति सुरेश कार्की, मध्यपृतनापति ताराध्वज पाण्डे र उपत्यका पृतनापति आनन्दकुमार अधिकारी छन्।

पश्चिम पृतनापति गोकुल भण्डारी, मध्यपश्चिम पृतनापति सञ्जय थापा, उत्तरपश्चिम पृतनापति विज्ञानदेव पाण्डे र सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापा छन्।

राजनीति सुरक्षा

प्रधानमन्त्री ओलीद्वारा पृतनापति सम्मेलनको उद्घाटन

प्रकाशित: आईतबार, कात्तिक २, २०७७ १२:४६
सारांशमा :
  • तीन दिनसम्म सञ्‍चालन हुने भर्चुअल सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्। 
  • मुलुकको शान्ति सुरक्षादेखि कोभिड-१९ को प्रतिकार्यमा भएको गतिविधिबारे सहभागीहरूबीच समीक्षा हुने नेपाली सेनाले जनाएको छ। 
पूरा पढ्नुहोस्

सिफारिस