२०७७ मंसिर १२, शुक्रबार

प्रहरीद्वयको हत्याबारे मुख्यमन्त्रीको चासो, घटना र अनुसन्धानको प्रगतिबारे जानकारी

कैलाली। सुदूरपश्‍चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढी उपमहानगरपालिका-१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज असई गोविन्द विक र जवान रामबहादुर साउदको हत्याको घटनाबारे जानकारी लिएका छन्। 

मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तम सुवेदीसँग घटनाको विस्तृत विवरण र अनुसन्धानमा भइरहेको प्रगतिबारे जानकारी लिएका हुन्। 

डीआईजी सुवेदीले जुगेडा घटनामा प्रहरीले जारी राखेको कारवाही, अनुसन्धान र हालसम्म प्राप्त उपलब्धीका बारेमा मुख्यमन्त्री भट्टलाई जानकारी गराए। 

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा र सशस्त्र प्रहरी बल नम्बर ७ बैधनाथ बाहिनी कैलालीका बाहिनीपति डीआईजी हरिशंकार बुढाथोकीको समेत छलफलमा उपस्थित थिए।

शनिवार राति धनगढी उपमहानगरपालिका-१० जुगेडा गस्तीमा गएका बेला असई विक र जवान साउदको निर्ममतापूर्वक हत्या गरिएको थियो। 

विकको आइतबार बिहान र साउदको आज बिहान मोहना नदीमा शव भेटिएको छ। उनीहरूको शव ३०० मिटरको दूरीमा भेटिएको हो। नेपाल-भारत सीमा क्षेत्रमा सामान तस्करी गर्ने समूहको आक्रमणबाट प्रहरीद्वयको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

घटनामा संलग्‍न भएको आशंकामा प्रहरीले १६ जनालाई पक्राउ गरेका छन्। पक्राउ परेका ६ जनाले धारिलो हतियार प्रहार गरी आफूहरूले हत्या गरेको स्वीकारेको प्रहरी स्रोतले जनाएको छ। 

राजनीति

प्रकाशित: मंगलबार, कात्तिक ४, २०७७ १३:२५
सारांशमा :
  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश प्रहरी प्रमुखलगायतका सुरक्षा अधिकारीसँग असई गोविन्द विक र जवान रामबहादुर साउदको हत्या, अनुसन्धानमा भइरहेको प्रगतिको जानकारी लिएका छन्। 
पूरा पढ्नुहोस्

सिफारिस