२०७७ मंसिर १०, बुधबार

जसपा संघीय परिषद अध्यक्षमा डा. बाबुराम भट्टराई निर्विरोध चयन

काठमाडौं। हिजोदेखि सुरु भएको जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको दोस्रो बैठकमार्फत संघीय परिषद अध्यक्षमा डा. बाबुराम भट्टराई निर्विरोध चयन भएका छन्।

बालकुमारीस्थित तुल्सीलाल आमात्य प्रतिष्ठानमा बैठक बसिरहेको छ। हिजोको बैठकवाट पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई औपचारिक रूपमा संघीय परिषद्को अध्यक्षसमेत बनाउने तय भएको थियो।

गत साउन २१-२५ मा बसेको पहिलो केन्द्रीय कार्यकारिणी समिति बैठकले पदाधिकारी चयन गर्न नसके पछि त्यसको जिम्मा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसहित वरिष्‍ठ नेताहरू राजेन्द्र महतो, बाबुराम भट्टराई र अशोक राईलाई दिइएको थियो। 

तर, झन्डै २ महिनासम्म पनि केन्द्रीय कार्यकारिणी समितिमा रहेका ५१ जना सदस्यलाई पदाधिकारी बनाउन सकेनन्।

सो विषयमा पनि जारी बैठकमा छलफल हुने नेता केशव झाले जानकारी दिए। यसअघि तत्कालीन नेकपा माओवादी केन्द्रले झन्डै ५ हजार सदस्य रहेको केन्द्रीय समिति गठन गरेको थियो। 

राजनीति

जसपा संघीय परिषद अध्यक्षमा डा. बाबुराम भट्टराई निर्विरोध चयन

प्रकाशित: मंगलबार, कात्तिक ४, २०७७ १५:५२
सारांशमा :
  • बालकुमारीस्थित तुल्सीलाल आमात्य प्रतिष्ठानमा बैठक बसिरहेको छ।
  • हिजोको बैठकवाट पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई औपचारिक रूपमा संघीय परिषद्को अध्यक्षसमेत बनाउने तय भएको थियो।
पूरा पढ्नुहोस्