२०७७ मंसिर १२, शुक्रबार

कर्णालीमा प्रमुख सचेतक विवादबारे नेकपाका दुई अध्यक्षको फरक-फरक धारणा

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा भएको सहमतिबारे फरक-फरक धारणा आएको छ। यी फरक धारणा दुई अध्यक्षका सचिवालयमार्फत् आज जारी प्रेस नोटमा देखिएको हो। 

नेकपाका दुई अध्यक्षमध्ये पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा जुगलद्वारा जारी प्रेस नोटमा दुवै अध्यक्षबीच भएको भेटघाटमा “प्रमुख सचेतकसम्बन्धी विषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको” जनाइएको छ। तर, नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाद्वारा जारी प्रेस नोटमा भने “कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने” र “प्रमुख सचेतकमा उहाँद्वारा नियुक्त सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने” जनाइएको छ। 

दुवै प्रेस नोटमा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने भन्ने चाहिँ समान नै रहेको छ। 

राजनीति

कर्णालीमा प्रमुख सचेतक विवादबारे नेकपाका दुई अध्यक्षको फरक-फरक धारणा

प्रकाशित: मंगलबार, कात्तिक ४, २०७७ १९:०२
सारांशमा :
  • यी फरक धारणा दुई अध्यक्षका सचिवालयमार्फत् आज जारी प्रेस नोटमा देखिएको हो। 
  • प्रचण्डको निजी सचिवालयअनुसार “प्रमुख सचेतकसम्बन्धी प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्ने” जनाइएको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकारअनुसार “कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक हटाउने र नयाँ नियुक्ति बदर गर्ने निर्णय” भएको जनाइएको छ। 
पूरा पढ्नुहोस्

सिफारिस