२०७७ मंसिर ११, बिहिबार

संक्रमणले सिकाएको पाठ

अनुभवकै आधारमा लेखिएका कृति संसारका महान् साहित्य बनेका छन्। माया, विछोड, पीडा अनि चोटहरूको अनुभूतिबाट थुप्रै जीवन्त साहित्य जन्मिएका छन्। 

नेपाली साहित्यमा माया, प्रेम अनि विछोडका अनुभूतिबाट नै जन्मिएका धेरै विशिष्ट कृतिहरू छन्। कसैले अनुभूत गरेका कुराले पक्कै पनि समाजमा केही न केही सन्देश र हौसला अनि योगदान दिएकै हुन्छ। 

अहिले कोरोना महामारीको शिकार भएका धेरै व्यक्तित्वले आफ्नो अनुभव बाँड्दै आएका छन्। यसले व्यक्तिपिच्छे फरकफरक प्रभाव पारेको हुन सक्छ। कसैलाई अनावश्यक तर्साएको जस्तो पनि देखिन्छ। कसैको लागि उपयोगी पनि। कोरोनाले नराम्ररी थलिएकाहरूको अनुभव भयावह लाग्न पनि सक्छ। तर, अनुभवलाई कसैले पनि बंग्याएर, अरुलाई भ्रमित तथा त्रसित पार्ने हेतुले बाँडेका हुँदैनन्। 

कोरोनासँगको आफ्नो नमिठो साक्षात्कारसँगै केही अनुभव पोख्न मन लाग्यो। साहित्यमा रुचि राख्ने हुँदा समय र परिस्थिति अनुकूल भएसम्म केही लेख्न मन लाग्छ। मैले अनुभूत गरेका कुराहरू कुनै विशिष्ट साहित्यकारका भोगाइबाट जन्मिएका मूल्यवान् रचनावस्ता त कहाँ हुन सक्ला र ? तर पनि मेरो आफ्नै सम्झनाको दस्तावेज हुन सक्ने हुँदा यसलाई सबैसामु राख्ने प्रयास हो यो।

सामाजिक दूरी कायम गर्ने, नियमित हात धुने, मास्क प्रयोग गर्नेजस्ता सुरक्षा मापदण्ड पालना गर्न झर्को कसैले पनि नमानौं। संक्रमितलाई सके सहयोग गरौं, नसके अपहेलना र तिरस्कार नगरौं। 

असोज महिनाको दोस्रो साता सुरू हुनै लाग्दा मलाई सामान्य टाउको र शरीर दुखाइबाट क्रमशः कोरोना भाइरसको लक्षण देखिन सुरू गर्‍यो। विस्तारै आँखाको गेडी दुख्ने तथा शरीरको तापक्रम बढ्न थाल्यो। मसमेत मेरा डाक्टर श्रीमान्लाई ज्वरो तथा शरीर दुख्ने, अत्यधिक पसिना आउने, खोकी लाग्ने र विस्तारै स्वाद तथा गन्ध थाहा नहुने लक्षणहरू देखिए। 

त्यसपछि हामी दुवैजना एकान्तवासमा गयौं। हामीलाई लक्षण देखिएको दिनदेखि तीन दिनसम्म लखतरान परेर सुत्यौं। श्रीमान् डाक्टर भएका कारण कोरोना भाइरसको प्रकोप बढ्दै जाने क्रममा यो हाम्रो घरभित्र पनि पस्नेमा हामी पक्काजस्तै थियौं। ६/७ महिनासम्म त जोगाएकै थियौं। तर, सरकारले २० प्रतिशत कोरोनाका विरामी निजी अस्पतालले हेर्नुपर्ने भनेर निर्देशन दिएपछिको अवस्थामा संक्रमणको सम्भावना झन् बढेको थियो। 

अस्पतालमा कोरोनाका सामान्य लक्षणले आएका बिरामीलाई पीसीआर रिपोर्ट नआउँदासम्म हाम्रै अस्पतालमा राख्न थालिएको थियो। यसै कारणले हुन सक्छ, श्रीमान्‌बाट घरसम्मको यात्रा भाइरसले तय गरेको थियो। हामीमा लक्षण देखिएको पाँचौ दिन हामी दुवैले निजी प्रयोगशालामा पीसीआर टेस्ट गरायौं। 

सरकारले निःशुल्क उपलब्ध गराएको परीक्षण गरेर रिपोर्ट कुर्न हामीसँग समय र धैर्य दुवै थिएन। किनकि हामी घरभित्र एउटा कोठामा एकान्तवासमा भए पनि घरमा वृद्ध अवस्थाका बुवा, आमा र साना छोराछोरीमा पनि संक्रमण भइसकेको होला भन्ने त्रास जो थियो। घरका अरुमा भाइरस सरे/नसरेको कुरा हाम्रो नतिजामा निर्भर हुन्छ भनेर पनि हामी हतारिएका थियौं। 

बिहान गराएको पीसीआरको नतिजा दिउँसो ४ बजे पोजिटिभ आयो। धेरैजसो कुरामा ‘पोजिटिभ’ नतिजा आउनु राम्रो भनिँदै आए पनि कोरोना भाइरसको नतिजा सकारात्मक आउनुलाई कसरी राम्रो भन्ने ? सकारात्मक मान्छेको सकारात्मक आइहाल्छ नि, श्रीमान्‌ले ठट्टा गर्नुभयो।

आफ्नो डर त छँदै थियो, अब परिवारतिर पनि संक्रमण फैलिएको त छैन भन्ने चिन्ता बढ्न थाल्यो। भोलिपल्टै सबैको परीक्षण गरियो। बुवाबाहेक सबै श्रीमान्‌ले भनेजस्तै सकारात्मक भइयो। ६८ वर्षकी बुढीआमासँगै १३ वर्षको छोरा र ७ वर्षकी छोरीमा पनि संक्रमण देखिँदा डरको पारो झनै चढ्यो। 

आमा सँधैजसो बिरामी भइरहने। उच्च रक्तचापको औषधि सेवन गर्नुहुन्थ्यो। उहाँ र सानी छोरीलाई पनि दुई दिनअघिदेखि ज्वरो आएको थियो। हाम्रो चिन्ता बढाउनुको त्यो मुख्य कारण थियो। 

घरका सबैमा संक्रमण भएपछि आफन्त, साथीभाइ र शुभेच्छुकहरूका जिज्ञासा, स्वास्थ्यलाभका कामना र आशिर्वादहरू फोन, फेसबुक, म्यासेन्जर र भाइबरबाट आइरहेकै थिए। फोन उठाएर आफ्नो अवस्थाको बेलिविस्तार लगाउन पनि गाह्रो हुने गरी शरीर गलिसकेको थियो। तथापी, माया, हौसला र सहानुभूतिका शब्दहरू प्रेमिल थिए। हामीले यति धेरै सद्भाव पायौं कि त्यसको बदलामा धन्यवाद दिन पनि हामीसँग शब्द फिका छन्।

हामी एकान्तवासमा बसेको पछिल्ला पाँच दिनदेखि बुबाले भान्छा सम्हाल्दै आउनुभएको थियो। त्यसैले हामीलाई खुवाउनुको साथै केटाकेटीको रेखदेख गर्दै आउनुभएको बुवालाई संक्रमण देखिएला भन्ने झन् ठूलो चिन्ता थियो। त्यसैले हामी पाँचजना घरमा बसेर बुवालाई एकान्तवासमा पठायौं। साँझ परेपछि बुवालाई काकाको घरमा बास बस्न पठाइयो।

सम्पूर्ण घरायसी काममा म आफैं अग्रसर हुनुपर्ने बाध्यता भयो। कोरोनाले शिथिल शरीरलाई आराम दिनुपर्ने बेला झन् असहज अवस्था झेल्नुपपर्‍यो। 

घरका सबैमा संक्रमण भएपछि आफन्त, साथीभाइ र शुभेच्छुकहरूका जिज्ञासा, स्वास्थ्यलाभका कामना र आशिर्वादहरू फोन, फेसबुक, म्यासेन्जर र भाइबरबाट आइरहेकै थिए। फोन उठाएर आफ्नो अवस्थाको बेलिविस्तार लगाउन पनि गाह्रो हुने गरी शरीर गलिसकेको थियो। 

तथापी, माया, हौसला र सहानुभूतिका शब्दहरू प्रेमिल थिए। हामीले यति धेरै सद्भाव पायौं कि त्यसको बदलामा धन्यवाद दिन पनि हामीसँग शब्द फिका छन्। जीवनमा धनसम्पत्ति सबैले कमाउलान्, तर मान्छे कमाउन जोकोहीले सक्दैन। हामीले पनि सम्बन्ध कमाएका रहेछौं भनेर गर्व लाग्यो। 

हामी सबैको स्थिति ठिकै थियो। घरमै डाक्टर भएकोले स्वास्थ्यसम्बन्धी कुनै समस्या आए पनि समाधान गर्न सकिनेमा ढुक्क थिएँ म। त्यसैले जति गाह्रो हुँदा पनि मैले सबैजनाको रेखदेख र सेवा गर्दै थिएँ। त्यसबेला मैले जन्म दिने आमाबुवालाई धेरै सम्झिएँ। 

हामी अरुको अवस्था जटिल नभए पनि श्रीमान्‌को ज्वरो घटेन। सिटामोलले केहीबेर काम गरे पनि खाएको केही घण्टामै फेरि ज्वरो चढिहाल्ने भयो। फोक्सो नै बाहिर निस्केला जसरी खोकी लागिरहेकै थियो। 

सिटामोल, खोकीको लागि झोल औषधि, भिटामिन सी ट्याबलेट, जिंक चक्की, भिटामिन डी, गुर्जो, बेसार पानी, जजसले जेजे सम्झाउनुहुन्थ्यो, त्यही खाँदै गयौं। रक्तचाप कम हुनेलाई गुर्जो औषधि होइन विष हुँदोरहेछ। हामीलाई पनि फापेन। श्रीमान्‌को प्रेसर निक्कै तल झरेर केही पटक ढल्नुभयो पनि। हामीले ब्याक्टेरियल संक्रमण नहोस् भनेर एक कोर्स एन्टिबायोटिक सुरू गरिसकेका थियौं। तर, पनि संक्रमणको ८ दिनसम्म ज्वरो नियन्त्रण नहुँदा धेरै दुःख पायौं।

संक्रमणको जोखिमले गर्दा सामाजिक रूपमा पनि टाढिनुपर्‍यो। तर, आत्मीय रूपमा भने हामी समाजसँग अझ निकट भयौं। घरको गेटमै गाइको दुध, तागतिला फलफूल, तरकारी, हर्लिक्स र सुपजस्ता खानेकुरा आइपुग्थे। छिमेकीहरू के ल्याइदिऊँ, के चाहिएको छ भनेर सोधिरहन्थे। यसले संघर्षको कठिन घडीमा पनि मनभित्र सकारात्मक ऊर्जा दिइरहेको थियो। 
 
म आफूले पनि ब्याक्टेरिया र भाइरससम्बन्धी नै अध्ययन गरेको हुँदा धेरै कुरा थाहा थियो। तर पनि अत्यास लागिरहेको थियो। ज्वरो नियन्त्रण नभएकाले घरबाट आफैंले रगत तानेर विभिन्न प्ररीक्षणका लागि प्रयोगशालाबाट मान्छे बोलाएर पठायौं। नतिजा राम्रो थिएन र छातीमा संक्रमण भएको संकेत पाएपछि अरु डाक्टरहरूको सल्लाहमा श्रीमान्‌लाई अस्पताल लाने निर्णय गर्‍यौं। 

श्रीमान्‌कै साथी डा. सुवासप्रसाद आचार्यको सल्लाहबमोजिम उहाँलाई ग्रान्डी अस्पताल लगियो। अस्पताल जानका लागि कोभिडका विरामी बोक्ने एम्बुलेन्स दुई घण्टा कुर्दा पनि आइपुगेको थिएन। त्यसैले उहाँ आफैं गाडी चलाएर जान तयार हुनुभयो। कोभिडले पूरा गालिसकेको अवस्थामा पनि उहाँमा मनोबल भने एक इन्च घटेको थिएन ! 

उहाँलाई कुर्न म अस्पताल जाने योजना बनाएको थिएँ। तर, आफू पोजिटिभ नै भए पनि अस्पतालका कोभिड विभागमा कुरुवा बस्न नपाइने नियम रहेछ। उहाँलाई भर्ना गरेपछि घर फर्किएँ। म आउँदा बुबा पनि घर फर्किइसक्नुभएको रहेछ। लाख विन्ती गर्दा पनि तिमीहरूलाई पकाएर खुवाउँछु। सुरक्षित भएर बस्छु भनेर मान्दै मान्नुभएन। 

मेरा ससुराबुबा मलाई अत्यन्तै स्नेह गर्नुहुन्छ। पितृसत्तात्मक मानसिकता भएको समाजमा उहाँ निक्कै फरक हुनुहुन्छ। त्यसैले उहाँले मेरै लागि मेरो अनुरोध नमान्नुभएको थियो। तर, आफ्नो सुविधाका लागि उहाँमा संक्रमणको जोखिम हुन दिने कुरै थिएन। हामी अनुरोधबाट जिद्दी गर्ने अवस्थामा पुग्यौं। त्यसपछि बुबाले हार खानुभयो र फर्किनुभयो।

घरमा बिरामी सासुआमा संक्रमित हुनुहुन्थ्यो। स-साना नानीहरू पनि संक्रमित थिए। सबै बिरामीको रेखदेख गर्ने जिम्मा म आफैं बिरामीको थियो। साह्रै एक्लोपना अनुभव भयो। 

अस्पताल लानेवित्तिकै उहाँको सबै जाँच गराइयो। सबैजसो जाँचहरूको नतिजा राम्रो आएन। स्टेरोइड थेरापी र रेमडिसिभिर चलाउनुपर्नेसम्मको जोखिमको अवस्थामा उहाँ पुगिसक्नुभएको रहेछ। त्यसले मलाई झनै विचलित पारिरहेको थियो। आँखामा आँसुले डेरा खोजिरहेको थियो, तर अडिन सकिरहेको थिएन। 

त्यति हुँदाहुँदै पनि घरमा आफैं रोएर आमा र बालबालिकाको मनोबल गिराउन पनि मिल्दैनथ्यो। मैले रुन पनि पाइनँ। आफूलाई सानै ठान्ने म आफैं घरमा सबैको अभिभावक भएकी थिएँ। त्यसैले कठोर हुनु त्योबेला मेरो बाध्यता थियो।

घरको नियमित सरसफाइ, भातभान्छा, पूजापाठसँगै कोरोनाका कारण नियमित सबैको अक्सिजनको मात्रा जाँच्ने, बेलाबेलामा तातो पानी तताएर आफैं खाने र सबैलाई खुवाउने, नर्सले जस्तै आमाको प्रेसर, ज्वरो नाप्ने र औषधि दिने काम पनि मेरो दैनिकीमा थपिएको थियो। सबै कामबाट फुर्सद पाउँदा अस्पतालको बेडमा संक्रमणमुक्त हुन संघर्ष गरिरहनुभएका श्रीमान्‌सँग छोटो कुरा हुन्थ्यो।

खबर बुझ्न शुभेच्छुकहरूको फोन बजिरहेकै हुन्थे। उनीहरूसँग बोल्दा पनि मुटुमा गाँठो पर्थ्यो। कतिको फोन उठाउन भ्याइएन, कुरा गर्न नसक्ने भएर कतिको थाहा पाएर पनि उठाउन सकिएन। पाँच दिनसम्म यसैगरी त्रास, पीडा र संघर्षमा बित्यो।

पाँच दिनको अस्पताल बसाइमा २ लाख ५० हजार रूपैयाँ खर्च भयो। तर श्रीमान् निको भएर घर फर्किनुभयो। उहाँ आफैंले वर्षौंसम्म विरामी जाँचेर कमाउनुभएको पैसा आफ्नो उपचारमा खर्च गर्नुभयो। 

कोरोना संक्रमितलाई समाजले तिरस्कार र अपहेलना गरेको सुन्दै आएका हामीले भने ठिक उल्टो समाजबाट स्नेह, माया र सहयोगमात्र पायौं। 

सरकारी अस्पतालहरूमै पर्याप्त बेड भएको भए हामीले त्यति धेरै खर्च गर्नुपर्ने थिएन। तथापी, श्रीमान् पूर्ण स्वस्थ भएर फर्किनु हाम्रा लागि महत्वपूर्ण कुरा थियो। त्यसैले उहाँ फर्किएको राति कुम्भकर्णजस्तो मिठो र गहिरो निद्रा पर्‍यो। 

लक्षणसहितको संक्रमणले धेरै कमजोरी गराउँदो रहेछ। अहिले हामी सबैजना सम्पूर्ण रूपमा निको भएको पनि एक साता भइसक्यो। तर, कमजोरी अझै छ। तागतिला खानेकुरा खाएर चाँडै पुरानै अवस्थामा फर्किने प्रयास गरिरहेका छौं। हजारौं आफन्त र शुभेच्छुकको आशिर्वादका कारण हामी ठिक भयौं।
 
आफू निको भइसक्दा पनि कमजोरीले गलित भएका कारण सामाजिक दूरी कायम गर्ने, नियमित हात धुने, मास्क प्रयोग गर्नेजस्ता सुरक्षा मापदण्ड पालना गर्न झर्को कसैले पनि नमानौं। संक्रमितलाई सके सहयोग गरौं, नसके अपहेलना र तिरस्कार नगरौं। 

कोरोना महामारीबाट विश्वले चाँडै उन्मुक्ति पाओस्। आँखाले देख्न नसकिने र भौतिक उपस्थितिको पूर्वानुमान गर्न नसकिने एउटा तत्वले पूरा विश्वलाई हल्लाइदिएको छ। त्यसैले घमण्ड नगरौं। स्वस्थ भएर बाचौं, स्वस्थ भएर बाँच्ने वातावरण बनाऊँ।

ब्लग

संक्रमणले सिकाएको पाठ

प्रकाशित: बिहिबार, कात्तिक ६, २०७७ ०९:०४
सारांशमा :
  • कोरोनाले नराम्ररी थलिएकाहरूको अनुभव भयावह लाग्न पनि सक्छ। तर, अनुभवलाई कसैले पनि बंग्याएर, अरुलाई भ्रमित तथा त्रसित पार्ने हेतुले बाँडेका हुँदैनन्। 
  • असोज महिनाको दोस्रो साता सुरू हुनै लाग्दा मलाई सामान्य टाउको र शरीर दुखाइबाट क्रमशः कोरोना भाइरसको लक्षण देखिन सुरू गर्‍यो।
  • आँखाले देख्न नसकिने र भौतिक उपस्थितिको पूर्वानुमान गर्न नसकिने एउटा तत्वले पूरा विश्वलाई हल्लाइदिएको छ। त्यसैले घमण्ड नगरौं।
पूरा पढ्नुहोस्

सिफारिस