२०७७ मंसिर ११, बिहिबार

दसैँ र तुलजा भवानी

सबै परिस्थिति सामान्य हुन्थ्यो त दसैंमा नवमीको दिन काठमाडौंको हनुमानढोका तुलजा भवानीमा पूजाका लागि बिहानदेखि ठूलो भीड लाग्ने गर्थ्यो। वर्षमा एकैपल्ट मात्र खोलिने हुनाले पनि यसको आकर्षण छुट्टै हुन्थ्यो। 

शाहवंशीय राजाहरूले पनि काठमाडौं जितेयता तुलजा भवानीलाई आफ्नो इस्टदेवी माने र यसैअनुसार पूरा परम्परालाई सुरु गरे। यसले गर्दा पनि सर्व साधारणमा तुलजा भवानीको प्रभाव र महत्त्व बढ्नु स्वभाविक नै हो।

हनुमानढोकाको मूलचोकमा नवमीको दिन तुलजा भवानीको ठूलो पूजा हुन्छ र गणतन्त्र आएयता पनि यो कायम छ। इतिहास पल्टाउने हो भने हामी सबैभन्दा पहिले मल्ल राजाहरूको एकीकृत काठमाडौं राज्यको बेला फर्कनु पर्छ, जतिबेला यसमा विभाजन आएको थिएन। यसको केन्द्र भने भक्तपुर नै थियो। भक्तपुरका मल्ल राजाहरूले शैव धर्म मान्थे। उनीहरूकै अभीष्ट देवी तुलजा भवानी थियो र त्यति बेलाका राजाले तुलजा भवानीलाई राजकीय मानसम्मान सबै दिएका थिए।

काठमाडौंका तीन दरबारमध्ये सबैभन्दा पुरानो भक्तपुरकै हो, काठमाडौं र ललितपुरको भन्दा पनि प्राचीन। पछि काठमाडौं तीन राज्यमा विभाजित भयो। 

यक्ष मल्लका पालामा तीन राज्य अस्तित्वमा आए। यी तीन राज्यबीच शत्रुताको सम्बन्ध थियो, तर काठमाडौंका मल्ल राजाले पनि आफ्नो इस्टदेवीका रूपमा तुलजा भवानीलाई माने र हनुमानढोकामा मन्दिर बनाए। यो हनुमानढोका क्षेत्रको सबैभन्दा विशाल र भव्य मन्दिरका रूपमा रहेको छ।

शाहकाल सुरु भएयता काठमाडौं नै केन्द्र रह्यो र यसले तलेजु मन्दिरको महत्त्व झन् चुलियो। दसैँका क्रममा शक्तिको पूजा गर्ने परम्परा रहेको छ र यसमा तुलजा भवानीको पूजा विशेष तथा राजकीय दुवै हुन पुग्यो। हनुमानढोकाको तलेजु मन्दिरको निर्माण मल्लकालको धेरैपछि मात्र भएको पाइन्छ, जतिबेला काठमाडौंमा तीन स्वतन्त्र राज्य देखा परिसकेको थियो। महीन्द्र मल्लले यसको निर्माण सुरु गरे र यसलाई प्रताप मल्लले पुनर्निर्माण गरेको मानिन्छ।

तलेजु मन्दिर आफैंमा सुन्दर छ र यसपल्ट अवसर नमिले पनि कम्तीमा चाँडै अर्को अवसरमा त्यहाँ पुग्नु सर्वथा उपयुक्त छ। यस मन्दिरभित्र पूर्ण कलशको रूपमा तुलजा भवानीको प्रतीक रहेको छ। हाम्रोतिर के भन्ने गरिन्छ भने यस तलेजु मन्दिर तयार भइसकेपछि नवमीको रातमा तुलजा भवानीले त्यस मन्दिरमा प्रवेश गरेकी थिइन्। यो किंवदन्तीको रूपमा पनि हाम्रोतिर सांस्कृतिक रूपमा खुबै प्रख्यात रहेको पाइन्छ र संस्कृतिविद्हरूले पनि यसलाई खुबै महत्त्व दिने गरेका छन्।

हाम्रो आफ्नो सांस्कृतिक परम्पराको मुख्य विशेषता हो, भगवतीको मन्दिरभित्र देवीको प्रतिमा भने हुने गर्दैन। बरु त्यसको ठाउँमा आह्वान गरेर स्थापना गरिएको पूर्णकलश हुने गर्छ। यो नै हाम्रो सांस्कृतिक परम्पराको अत्याधिक रोचक पक्ष रहेको संस्कृतिविद्हरू मान्छन्। 

दसैंमा तुलजा भवानीलाई गरिने पूजालाई कालरात्रि पूजा भनिन्छ। त्यसअनुसार विश्वको सबैभन्दा ठूलो शक्ति नै स्त्री हो। यसै सिद्धान्तमा कालतन्त्रको निर्माण भएको विश्वास गरिन्छ। 

खासमा घटस्थापनासँगै दसैंको नवरात्रि पूजा सुरु हुन्छ। दसैंमा शक्ति पूजा गर्ने परम्पराअनुसार देवदेवीको पूजा गर्दा सबैभन्दा पहिले आफ्नो अभीष्ट देवदेवीको आह्वान गर्ने चलन छ। यसको उद्देश्य आफ्नो अभीष्ट देवदेवीलाई आफूनजिक उपस्थिति गराउनु हो।

यसका लागि कुनै पवित्र वस्तुमा आसीन गराउने पनि चलन रहेको पाइन्छ। यसका लागि हाम्रो परम्पराअनुसार कलश उपयुक्त रहेको मानिएको हो। त्यसैले देवदेवी कलशमा प्रवेश गराएपछिका पूजा त्यसै कलशबाट सुरु हुन्छ।

नवरात्रि पूजा हाम्रोमा कहिलेदेखि सुरु भयो, त्यो भने यकिन गरेर भन्न सकिन्न। तर, यसका लागि हामी फेरि इतिहासमा फर्कनुपर्ने हुन्छ र त्यही मल्ल काल फर्कनुपर्छ, जति बेला काठमाडौं एकीकृत राज्य थियो। प्रत्येक वर्ष भक्तपुरमा नवदुर्गाको पूजा र जात्रा हुन्छ।

भक्तपुर नवदुर्गाको विशेष केन्द्र रहेको छ र यसको पूजाको चलन सबैभन्दा पहिले हाम्रोमा त्यहीँबाट सुरु भएको पनि मानिन्छ। हाम्रोमा तान्त्रिक धर्मको ठूलो प्रचारप्रसार धेरै अगाडि भइसकेको थियो, नवदूर्गा पूजा यसकै कारण हुन सक्छ।

जीवनशैली

दसैँ र तुलजा भवानी

तलेजु मन्दिर। तस्वीरः विकिपिडिया।
प्रकाशित: आईतबार, कात्तिक ९, २०७७ ०९:१५
सारांशमा :
  • काठमाडौंका तीन दरबारमध्ये सबैभन्दा पुरानो भक्तपुरकै हो, काठमाडौं र ललितपुरको भन्दा पनि प्राचीन।
  • तलेजु मन्दिर आफैंमा सुन्दर छ र यसपल्ट अवसर नमिले पनि कम्तीमा चाँडै अर्को अवसरमा त्यहाँ पुग्नु सर्वथा उपयुक्त छ।
  • तलेजु मन्दिर तयार भइसकेपछि नवमीको रातमा तुलजा भवानीले त्यस मन्दिरमा प्रवेश गरेकी थिइन्।
  • विश्वको सबैभन्दा ठूलो शक्ति नै स्त्री हो। यसै सिद्धान्तमा कालतन्त्रको निर्माण भएको विश्वास गरिन्छ।  
  • नवरात्रि पूजा हाम्रोमा कहिलेदेखि सुरु भयो, त्यो भने यकिन गरेर भन्न सकिन्न।
पूरा पढ्नुहोस्

सिफारिस