२०७७ मंसिर ११, बिहिबार

कोरोनाको कहर : गाउँघरमा छैन दसैंको रौनक

रामपुर, (पाल्पा)। हिन्दू धर्मावलम्वीहरुको ठूलो पर्व विजया दशमी दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनका हातबाट टीका र जमरा लगाएर धुमधामका साथ मनाउने गरिन्छ। यस वर्षको विजया दशमी पर्व भने कोरोनाको कहरका कारण गाउँघरमा त्यति रमाइलो छैन। आज नवमीको दिन पनि गाउँघर सुनसान छ।

घटस्थापना सुरु भएपछि गाउँघरमा दसैं पर्वको छुट्टै रौनक हुन्थ्यो। रोजगार, अध्ययनका साथै विभिन्न कामको शिलशिलामा देश तथा विदेशमा रहेका नेपाली आफ्ना घर फर्किँदा घरपरिवार तथा गाउँघर नै भरिभराउ हुने गर्दथ्यो। आफन्तमा एक प्रकारको खुसीयाली र उमङ्‍ग छाउँथ्यो।

यसपटक भने महामारीको त्रासका कारण बाहिर रहेका नेपाली आफ्नो गाउँघर त्यति फर्किएका छैनन्। गाउँमै भएका नागरिक पनि एक अर्काबीच सँगै रहेर खुसीयाली साट्न नपाउँदा गाउँघर नै सुनसान जस्तै बनेको छ। विश्वलाई नै प्रभावित बनाएको कोरोना भाइरस सङ्‍क्रमणले माहामारीको रुप लिँदै गएपछि त्यसको कहरमा हाल नेपाल पनि परेको छ। यसका कारण दसैंको उत्साह र रमाइलोले गाउँघरमा कमैलाई मात्र छोएको छ।

कोरोनाको जोखिम सहर बजारदेखि गाउँघरमा पनि बढ्दै गएका कारणले यसपटक आफ्नो पुर्याैली थलोमा टीका थाप्न नजाने निर्णय गरेको पाल्पा रामपुर नगरपालिका स्थायी घर भई हाल काठमाडौंमा बसोबास गर्ने शालिकराम कँडेल बताउँछन्।

“अरु समय त कामको चापले गर्दा गाउँघर जान भ्याइदैनथ्यो। तर वर्षको एक पटक दसैंको बेला भने हरेक वर्ष घर पुग्ने गरिएको थियो। मान्यजनको हातबाट टीका थाप्न घर पुगिन्थ्यो। तर यसपटक कोरोनाको कारण जन्मथलोमा टीका थाप्न नजाने निर्णय गरेको छु। फोन, इमेल, इन्टरनेटबाटै मान्यजनसँग आशीर्वाद लिने बस्ने,” उनले भने।

समुदायस्तरमा कोरोनाको जोखिम दिन प्रतिदिन बढेका कारण बाहिर भएका नेपाली पनि गाउँ फर्कने त्रासमा छन् भने गाउँमा बसेका परिवार, आफन्त, छिमेकी पनि बाहिरबाट गाउँ भित्रने नगारिकसँग त्रसित बनेका छन्। आ-आफ्ना काम तथा व्यवसायले सहरबजारमा रहेका नागरिकका बालबालिका दसैंमा आफ्नो गाउँघर पुग्थे र रमाउँथे। जसका कारण यहाँका पर्यटकीयस्थल तथा गाउँका बस्तीमा बालबालिका रमाएको देखिन्थ्यो। त्यो वातावरण यतिबेला देखिएको छैन।

चाडपर्वलाई लक्षित गरी नयाँ लक्ताकपडा किन्ने, धेरै खर्च गरेर विभिन्न सामान किनमेल गर्ने क्रम पनि यो वर्ष बजारमा खासै देखिएन। विगतका वर्षमा बजारमा नयाँ कपडा किन्ने, गरगहना किन्ने, घरायसी सजावटका लागि नयाँ-नयाँ सामान किनमेल गर्नेको निकै भीड हुन्थ्यो। कोरोनाको कारणले गर्दा विगतका वर्षको तुलनामा यस वर्ष दसैंको बेलामा निकै कम व्यापार भएको रामपुर बेझाडका व्यापारी बैकुण्ठ अधिकारीले बताए।

दसैं पर्वलाई लक्षित गरी गाउँघरका सडक सरसफाइ गर्ने कार्य पनि यसवर्ष खासै देखिएन। दसैंको टीका थाप्न घरबाहेक अन्यत्र आफन्तकहाँ आवतजावत नगर्ने, घरभित्रै बसेर परिवारसँग सीमित रहेर मात्र दसैं मनाउने तयारी गरेको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटा बताउँछन्।

उनी भन्छन्, “घरबाट बाहिर निस्कने परिस्थिति छैन, गाउँघरमा पनि दसैंको विगतका वर्षमा जस्तो उमङ्‍ग र रौनकता देखिँदैन, यस पटकलाई कोरोनाको कहरले गर्दा घरभित्रका परिवारबीच मात्र सहभागी भएर दसैं मनाउनेछौँ।”

अघिल्ला वर्षमा दसैंमा आफन्त, साथीभाइबीच जम्मा भएर रमाइलोका लागि तास खेल्ने, पिङ खेल्ने, घुमफिर गरेर रमाइलो गर्नेको गाउँघरमा निकै उमङ्‍ग रहन्थ्यो। ग्रामीण भेगका पर्यटकीय क्षेत्रमा दसैंको बेला घुमफिर गर्ने आन्तरिक पर्यटकको भरिभराउँ रहन्थ्यो।

भगवान रामचन्द्रले बनबासका बेला दुर्गा स्वरुपा महामायाको नौ दिनसम्म पूजा आराधना गरेपछि महामाया देवीको कृपाले नवमीको रातमा ‘भोलिको दिन मेरो प्रसादस्वरुप टीका जमरा लगाई रावणसँग युद्ध लडेमा विजयी हुन्छौँ’ भनेर आशीर्वाद दिएका थिए।

आश्विन शुक्ल दशमीका दिन घडाको जलले अभिशेक लिई दुर्गा भवानीको प्रसादस्वरुप टीका जमरा लगाई भगवान रामले रावणमाथि विजय प्राप्त गरेका थिए। त्यही दिनदेखि विजया दशमीका नामले यस दिन चामलमा दही र रातो रङ मिसाएर बनाइएको टीका जमरा लगाउने र मान्यजनबाट आशीर्वाद लिएर दसैं मनाउने चलन छ।

पर्यटकीय स्थल सुनसान

दसैं पर्वका बेला आन्तरिक पर्यटकले खचाखच रहने पाल्पाका विभिन्न पर्यटकीयस्थल यसवर्ष सुनसान छन्। एक सय पर्यटकीय गन्तव्यस्थलका रुपमा छनाेटमा पर्न सफल रामपुरको पर्यटकीय तालपोखरा गतवर्ष पर्यटकको ठूलो भीड लागे पनि अहिले भने सुनसान छ।

कोरोनाको विषम परिस्थितिलाई मध्यनजर गर्दै चैतदेखि तालपोखरामा डुङ्‍गा बन्द गरिएपछि आवतजावत नै बन्द छ। रामपुरकै भुजात सिद्धबाबा, राम्चे भ्युटावर, ज्याग्दी वन, रानीवन तथा बडवान सामुदायिक वन, सीताकुण्ड, रामघाटलगायतका क्षेत्र आन्तरिक पर्यटकको पखाइमा छन्।

पाल्पाका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलमा खासै चहलपहल देखिँदैन।

शक्तिपीठमा चहलपहल छैन

नवदुर्गाका समय विभिन्न शक्तिपीठमा पूजाआज गर्नेको निकै घुइँचो लाग्थ्यो। बली चढाउने, पूजाआज गर्नेको भीडले दर्शनार्थीलाई पुजा गर्न निकै सास्ती हुन्थ्यो। अहिले भने कोरोनाको कहरलाई मध्यनजर गर्दै विभिन्न शक्तिपीठमा पूजाआज गर्नेको चहलपहल भने देखिँदैन।

दसैंका बेला शक्तिपीठमा राँगा, बोका, परेवा, हाँस, कुखुरालगायतका विभिन्न पशुपक्षी बली दिनेको ठूलो तामझाम रहन्थ्यो। गाउँमा अहिले बली दिने र भोज भतेर गरेको पनि देखिँदैन।

लोप भयो परम्परागत चर्खे पिङ

गाउँघरमा दसैं तिहारजस्ता पर्वमा परम्परादेखि नै चलनचल्तीमा आएको चर्खे पिङ लोप हुँदै गएको छ। गाउँमा दसैं पर्व सुरु हुनु एक महिना अघिदेखि चर्खे पिङ बनाउनेको निकै उत्साह हुन्थ्यो। अहिले भने परम्परागत चर्खे पिङ बनाउने र खेल्नेको उत्साह नहुँदा संस्कृति नै हराउँदै गएको हो।

झण्डै दुई दशकअघि गाउँ-गाउँमा अनिवार्यजसो चर्खे पिङ बनाइने गरे पनि अहिले पिङको नाममात्र लिनुपरेको बुढापाका बताउँछन्। चारदेखि आठ जनासम्म बस्न मिल्ने खालको काठैकाठले बनेको यस पिङ खेल्दा निकै आनन्द लाग्ने गरेको रामपुरका मित्रलाल ढकाल बताउँछन्।

उनले आफूले जानेबुझेदेखि नै गाउँका साथीभाइ जम्मा भएर जङ्‍गलमा काठ काटेर चर्खे पिङ बनाउँदा निकै रमाइलो भएको आफ्नो अनुभव सुनाउँदै अहिले भने गाउँघर कतै पनि देख्न पनि नपाएकोमा गुनासो गर्छन्।

गाउँघरमा चर्खे पिङ मात्र होइन लिङ्‍गे पिङ पनि कमै मात्रामा देख्न पाइन्छ। केहीले जसोतसो संस्कृति जोगाउन फ्याट्टफुट्ट लिङ्‍गे पिङ राख्ने गरेको पाइए पनि पहिलेजस्तो गाउँघरमा पिङ राख्ने र खेल्नेको यस पटक भने रौनक छैन।

चर्खे पिङ खर्चिलो र निर्माणका लागि धेरै जनशक्ति आवश्यक पर्ने हुँदा पनि अहिले यहाँबाट हट्दै गएको हो। एक पटकमा धेरै जनासम्म खेल्न सकिने र यस पिङ्‍को छुट्टै विशेषता रहेको रामबहादुर सोमैले बताए। पहिले चर्खे पिङ नराखेसम्म गाउँघरमा दसैं पर्वको रौनक नै नहुने सोमै बताउँछन्।

कतिपय स्थानमा भने काठको अभावमा चर्खे पिङ राख्न छाडिएको स्थानीयवासीको भनाइ छ। हिजोआज वनमा काठ दाउरा काट्न नपाइने नियम लगाएपछि काठको अभावले गर्दा चर्खे पिङ राख्न छाडेको उनीहरुले बताए।

पूर्वी पाल्पाका अर्चले, मित्याल, सहलकोट, झिरुवास, बाकामलाङ्‍ग, गल्धालगायतका स्थानमा टाढा टाढाबाट दसैंका बेला चर्खे पिङ खेल्न आउनेको घुइँचो रहने गर्थ्याे। पछिल्ला वर्षहरुमा यो पिङको चलन हट्दै गएको छ। यसवर्ष त झन् लिङ्‍गे पिङ नै निकै कम रहेको तथा गाउँघर नै सुनसान बनेको निस्दी गाउँपालिका-१ बाकामलाङ्‍गका स्थानीय चिन्तामणी पाण्डेयले बताए।

युवा जनशक्ति विदेश पलायन हुनु, बाह्य संस्कृतिको प्रभाव गाउँघरमा पर्न थालेपछि यतिबेला दसैं पर्वले ढपक्कै छोए पनि गाउँघरमा पिङ राख्ने र खेल्नेको उत्साह देखिँदैन। अर्कोतर्फ कोरोनाको माहामारीले पिङ राख्ने र खेल्ने कार्यमा पनि स्थानीयको सहभागिता देखिँदैन।

आजभोलिको युवापुस्ताको पनि पिङप्रति त्यति आकर्षण छैन। साना बच्चाका लागि बजारमा आएका प्लास्टिकको डोरी बाँधेर घर घरमा पिङ राख्ने चलन भने बढ्न थालेको छ। तर बाबियो काटेर पिङ बाट्ने चलन पछिल्लो समय रामपुर क्षेत्रमा बिस्तारै कम हुँदै गएको छ।

गाउँघरमा चलनचल्तीमा आएको चर्खे पिङ, लिङ्‍गे पिङ र घुमाउने पिङ खेलेर मज्जा लिँदै आफन्त, साथीभाइ भेटघाट हुने र शुभकामना आदानप्रदान गर्ने चलन रहेको थियो। कामको व्यस्तता, बाह्य संस्कृतिको प्रभाव, पिङप्रतिको मोह कम हुँदै जादा अहिले गाउँघरबाट परम्परागत हाम्रा चाडपर्व झल्किने खालका संस्कृति पनि लोप हुँदै गएको देखिएको छ। रासस

जीवनशैली समाज कोभिड–१९ महामारी

कोरोनाको कहर : गाउँघरमा छैन दसैंको रौनक

प्रकाशित: आईतबार, कात्तिक ९, २०७७ १५:२२
सारांशमा :
  • यसपटक महामारीको त्रासका कारण बाहिर रहेका नेपाली आफ्नो गाउँघर त्यति फर्किएका छैनन्।
  • गाउँमै भएका नागरिक पनि एक अर्काबीच सँगै रहेर खुसीयाली साट्न नपाउँदा गाउँघर नै सुनसान जस्तै बनेको छ।
  • कोरोनाको कहरलाई मध्यनजर गर्दै विभिन्न शक्तिपीठमा पूजाआज गर्नेको चहलपहल देखिँदैन।
  • गाउँघरमा दसैं तिहारजस्ता पर्वमा परम्परादेखि नै चलनचल्तीमा आएको चर्खे पिङ लोप हुँदै गएको छ।
पूरा पढ्नुहोस्

सिफारिस