२०७७ मंसिर ११, बिहिबार

काेराेना कहरमा वृद्धवृद्धाको दसैं : मणि हराएको सर्प जस्तै!

झापा।

यसपालि दसैंमा ठूलो दाइ आउने रे
बाबालाई रेडियो, आमालाई साडी
भाइलाई घडी अनि मलाई जिनको पाइन्ट ल्याउने रे! 

कूल पोखरेलको यो गीतले कुन नेपालीको मन नछुँदो हो? यो गीतले दसैं परिवेशको नेपाली समाजको संस्कार, शैली र जनजीवन बयान गरेको छ। 

लामो समयदेखि मुग्लान भासिएका नेपालीहरूले दसैंमा घर फर्कने सपना बुनेका हुन्छन्। घर फर्कंदा खाली हात नजाने नेपाली संस्कार हो। त्यही संस्कारलाई कूलले गीतमा जोडेका छन्, बा, आमा, भाइ लगायतलाई दसैंमा घर जाँदा रेडियो, साडी, घडी लग्ने सन्दर्भमार्फत्। 

तर, यसपालिको दसैं कूलको गीतजस्तै भएको छ- अर्कोपालि पक्कै आउने रे।

कोरोना महामारीको त्रासका कारण मानिसको जनजीवन विगत वर्षहरूमा जस्तो सामान्य छैन। कोरोना महामारी पछिल्लो समय नेपालमा तीव्र गतिमा बढिरहेको छ। लामो समयपछि आफन्त भेट्ने र मान्यजनबाट आशीर्वाद लिने कामका लागि हुने भेटघाट र आउजाउले पनि महामारी फैलाउन मलजल गर्ने खतरा रहेकाले अधिकांश मानिसको जीवन जहाँको तही टक्क उभिएको छ। 

बडादसैंको अवसरमा पनि कामको सिलसिलामा बाहिरिएकाहरू परिवार भेट्न थातथलो फर्किन पाएका छैनन्।

मेदनीप्रसाद खरेल

त्यसैले त झापा बिर्तामोडका मेदनीप्रसाद खरेलले यस वर्षको दसैंमा सहरबाट आउने छोराछोरीको मुख देख्न पाउने छैनन्। लामो समयपछि घर आउने छोराछोरीको सानिध्य पनि यसपालि उनको भाग्यमा रहेन। हरेक वर्ष काठमाडौंबाट आउने १७ जना छोराबुहारी, छोरीज्वाइँ, नातीनातिनीहरू पनि यसपालि वृद्ध बुबाआमा/हजुरबुबा हजुरआमाको आशीर्वादबाट वञ्चित भए।

“दसैंमा सन्तानले ल्याएका अनेक उपहारले विशेष खुसी त दिन्छ नै, त्यो भन्दा ठूलो माया बाँडिन्थ्यो। लामो समयपछि आफ्ना सन्तानको अनुहार देख्न पाइन्थ्यो,” श्रीमती गोमासँगै सन्तानविनाको चाड मनाउने तयारीमा रहेका ८५ वर्षीय खरेल भन्छन्, “हाम्रा लागि यसपालिको दसैं मणि हराएको सर्पझैँ भएको छ।” 

अरूबेला जहाँ भए पनि दसैंमा छोराछोरी टुप्लुक्क घर आइपुग्थे। तर, यसपालि भने कोरोना महामारीका कारण तामाङका छोराछोरीले भारतबाट घर फर्किन पाइला चालेनन्। दुई बुढाबुढी मात्र बस्ने तामाङको घर दसैंमा पनि उज्यालो हुन सकेन।

खरेलको जस्तै छ, झापा बुधबारेकी सुनमाया तामाडको पीडा पनि। यसपालि दसैंमा दुई छोराछोरीलाई उनले फेसबुकबाटै हेरेर चित्त बुझाउनुपर्ने भएको छ।

हरेक वर्षको दसैंमा छोराछोरीले ल्याइदिने उपहारका कारण तामाङ दम्पतीले आफ्ना लागि कपडा किन्न बजार कहिल्यै धाउनु परेको थिएन। तर, यसपालि भने उनी आफैं बजार धाउनुपर्ने अवस्थामा पुगेका छन्।

“छोराछोरीले चाडवाडमा ल्याइदिने लुगा र खानेकुराले घर जहिल्यै भरिभराउ हुन्थ्यो। तर, यसपालि आफैं बजार जानुपर्छ,” तामाङ भावुक भइन्।

जलपा भेट्‍वाल

“गाउँमा दसैं त तिथि मितिले भन्दा पनि छोराछोरीको आगमनले भित्र्याउँछ,” अर्की ८७ वर्षीया वृद्धा जलपा भेट्‍वाल भन्छिन्।

मुखका सबै दाँत झरिसकेकी भेट्‍वालले कृत्रिम दाँत हालेकी छिन्। दाँत नभएकाले उनलाई दूधको कुरौनी खुब मनपर्छ। आमालाई ल्याउने उपहारमा काठमाडौं बस्ने कान्छी छोरीले कहिल्यै कुरौनी छुटाउदिन थिइन्। “यसपालि त छोरी नै नआउने भई। कुरौनी त बरू खान्नथेँ, तर छोरीलाई पनि भेट्न नपाइने भयो,” उनले भनिन्। १० छोराछोरीको आमा भेट्‍वाल यसपालि आफूसँगै रहेका छोराबुहारी र एक नातीनीसँग दसैं मान्दै छिन्।

७६ वर्षका कमल परियारको बिर्तामोड, अदुवा पुल छेवैमा माछा पसल छ। उनका एक छोरा साउदी अरेबिया गएका छन् भने अर्का पोखरामा बस्छन्। यसअघिका कुनै पनि दसैं बुढाबुढीलेमात्र मनाउनुपरेको थिएन। विदेशिएको छोरो प्रत्येक वर्ष नआए पनि पोखरामा हुने कान्छा छोरा प्रत्येक दसैंमा झापा पुगेकै हुन्थे। 

“यसपालि त जेठो पनि साउदीबाट आउँछु भन्थ्यो। तर कोरोनाका कारण यहीँ भएको कान्छो पनि आउन सकेन। चाडवाडमा घर रित्तै हुने भो,” परियारले दु:ख पोखे।

जीवनशैली कोभिड–१९ महामारी

काेराेना कहरमा वृद्धवृद्धाको दसैं : मणि हराएको सर्प जस्तै!

प्रकाशित: आईतबार, कात्तिक ९, २०७७ १९:०७
सारांशमा :
  • यसपालिको दसैं कूलको गीतजस्तै भएको छ- अर्कोपालि पक्कै आउने रे।
  • बडादसैंको अवसरमा पनि कामको सिलसिलामा बाहिरिएकाहरू परिवार भेट्न थातथलो फर्किन पाएका छैनन्।
  • मान्यजनबाट आशीर्वाद लिने कामका लागि हुने भेटघाट र आउजाउले पनि महामारी फैलाउन मलजल गर्ने खतरा रहेकाले अधिकांश मानिस जहाँको तहीँ रोकिएका छन्।
पूरा पढ्नुहोस्

सिफारिस