२०७७ मंसिर ११, बिहिबार

मोहनी अर्थात् कालो टीका

जति बेला अरू सबै दसैँ मनाइरहेका हुन्छन्, काठमाडौं उपत्यकाका नेवार भने मोहनी मनाइरहेका हुन्छन्। दसैँ र मोहनी एउटै हो कि फरक ?

एकथरी संस्कृतिविद्हरू भन्ने गर्छन्, दसैँ र मोहनीमा फरक छ। यी दुवै फरक पर्व हुन्, खाली मनाउने समय मात्र एउटै परेको हो।

अर्कोथरी संस्कृतिविद्हरू के भन्छन् भने दसैँ र मोहनी दुवै एउटै हो, फरक छैन। उनीहरूका लागि ‘दसैँ’ लाई नेपाल भाषामा केही भनिन्छ भने त्यो ‘मोहनी’ हो।

यो लेखको उद्देश्य दसैँ र मोहनीमा फरक छ अथवा छैन भनेर देखाउन खोज्ने होइन। बरू यसको उद्देश्य शक्तिको आराधना गरेर कसरी मोहनी मनाइन्छ, त्यसको सार खोज्ने प्रयास हो।

खासमा मोहनी पनि शक्तिको आराधना गरेर मनाइने पर्व नै हो र यसको सबैभन्दा ठूलो विशेषता हो, कालो टीका। यसलाई नै मोहनी भनिन्छ र विश्वास गरिएको छ, यसबाटै पूरा पर्वको पनि नाम रहेको हो। कालो टीका लगाएर आफूलाई सिद्ध प्राप्त होस् भनेर कामना गरिन्छ।

यस अर्थका हामी के भन्न सक्छौं भने कसैले दशमीको दिन कालो टीका लगाएको छ भने उसले मोहनी मनाएको छ। यसलाई ‘मोहनी सिन्ह’ भनिन्छ, एक अर्थमा कालो टीका।

यो कालो टीका बनाउने चलन पनि आफैं विशिष्ट छ। यो पूरा एक रात अनुष्ठान गरेर बनाइएको हुन्छ, नवमीको रातदेखि दशमीको बिहानसम्म। यसका लागि लागि दियोको बत्ती बालेर त्यसमाथि माटोको पाला राखिन्छ। यसक्रममा बत्तीको कालो धूवाँ पालामा लागेर जम्मा हुन्छ र तयार हुन्छ, कालो टीका।

यो टीका घरमा मुख्य व्यक्तिले परिवारका लागि अन्य सबैलाई लगाइदिन्छन्। त्यति मात्र होइन, यो आ-आफ्नो पेशासँग सम्बन्धित ज्यावलमा पनि लगाइन्छ। त्यसको अर्थ आफूलाई मात्र सिद्ध प्राप्त भएर पुगेन, आफ्नो पेशालाई चाहिने ज्यावललाई समेत सिद्ध प्राप्त हुनु पर्छ।

यस्तोमा यो पूरा मोहनी पर्व नै आफ्नो शक्ति बढाउने गरिने आराधना हो। मोहनीमा अन्तिम तीन दिन महत्त्वको खास हुन्छ। मोहनी सुरु हुने पनि घटस्थापनाबाट नै, जुन दिन जमरा रोपिन्छ।

त्यसपछि बीचमा केही गर्नु पर्दैन, सीधै अन्तिम तीन दिन मनाइने गरिन्छ। यसमध्ये अष्टमीमा सबै परिवार एकै स्थानमा भेला भएर भोज खाने गर्छन्। नवमीको दिन आफ्नो पेशासँग सम्बन्धित ज्यावलसँगै मेसिनरी र सवारीसाधनको पूरा गरिन्छ।

यो साँझ पनि भोज हुने गर्छ। दशमीको दिन मोहनी टीका लगाइन्छ। यो दिन फेरि एकपल्ट भोजको आयोजना गर्ने गरिन्छ। यसरी लगातार तीन दिन भोज चल्छ र यो समयमा भात खानु हुन्न भन्ने विश्वास छ। 

मोहनीमा आफूभन्दा ठूलोको घरमा टीका थाप्न जाने चलन त हुन्छ, तर यसका लागि औपचारिक रूपमा निमन्त्रणा नै गर्नु पर्ने हुन्छ र यसलाई नै भन्ने गरिन्छ, ‘नखत्या: सतेगु’। यही बेला त हो विवाह भएर गइसकेका छोरीलाई खुबै महत्त्व र सम्मान दिएर बोलाउने, अनि मीठो भोज खुवाउने। यसमा परिवारका अन्य सदस्यलाई पनि निमन्त्रणा गरिएको हुन्छ, तर छोरी वर्गलाई बढी मान सम्मान दिइन्छ। यो पनि मोहनीको अर्को विशिष्ट पक्ष रह्यो। 

जीवनशैली ब्लग

मोहनी अर्थात् कालो टीका

फाइल तस्वीर: हेरिटेजवाकर
प्रकाशित: सोमबार, कात्तिक १०, २०७७ ०७:५६
सारांशमा :
  • संस्कृतिविद्हरूमा दसैँ र मोहनी एउटै हो कि फरक भन्नेमा एकमत छैन।
  • मोहनी पनि शक्तिको आराधना गरेर मनाइने पर्व नै हो र यसको सबैभन्दा ठूलो विशेषता हो, कालो टीका।
  • माेहनीमा छोरी वर्गलाई बढी मान सम्मान दिइन्छ। यो पनि मोहनीको अर्को विशिष्ट पक्ष रह्यो।
पूरा पढ्नुहोस्

सिफारिस