२०७७ मंसिर ११, बिहिबार

सलाम छ सफलताका संवाहक महिलाहरूलाई

काठमाडौं। अचेल महिलाहरू कुनै पनि क्षेत्रमा पुरुषभन्दा कम छैनन्। उनीहरू पुरुषलाई ठाडै प्रतिस्पर्धात्मक चुनौती दिन सक्छन्।

कैयौं महिलाले आफ्नो देशको नाम संसारमा फैलाएका छन्। कला–साहित्य, मनोरञ्जन, खेलकुद, राजनीति, व्यवसायलगायत हरेक क्षेत्रमा महिलाले नेतृत्व कौशल देखाउँदै आएका छन्।

आज हिन्दू नेपालीहरूको महान् चाड विजयादशमी। यो चाडमा देवीदुर्गाको उपासना गरिन्छ। देवीदुर्गाको उपासना भन्नु महिलाको सम्मान पनि हो। पौराणिककालदेखि नै महिलाको सम्मान हुँदै आएको तथ्यमध्ये दसैँ पनि एक हो। 

यहाँ केही यस्ता सफल महिलाको छोटो चर्चा गरिन्छ, जो व्यावसायिक रूपमा अब्बल छन्। उनीहरूले संसारका ठूल्ठूला कम्पनीलाई सहज रुपमा र सफल ढंगमा सञ्चालन गरेर देखाइदिएका छन्।

किरण मजुमदार श

किरण बायोकोन लिमिटेडकी अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन्। यिनले २००५ मा भारतको प्रसिद्ध सम्मान पद्म भूषण पाएकी थिइन्।

१९८९ मा पद्मश्री पनि पाएकी मजुमदार १९७८ देखि नै बायोकोनको नेतृत्व गर्दै आएकी छन्। उनलाई प्रसिद्ध टाइम म्यागजिनले संसारकै सबैभन्दा प्रभावशाली सय महिलाको सूचीमा राखेको थियो।

बायोकोन प्रसिद्ध र ठूलो कम्पनी हो। सेन्सेक्समा यो कम्पनीको मार्केट क्याप ३४ हजार ६४४ करोड (गत जनवरी) रहेको छ।

रोशनी नडार

रोशनी आईटी कम्पनी एचसीएलकी कार्यकारी निर्देशक तथा प्रमुख हुन्। २०१९ मा फोर्ब्सको ‘वल्र्ड मोस्ट पावरफुल हन्ड्रेड वुमन’ सूचीमा उनी ५४ औं स्थानमा परेकी थिइन्।

आईआईएफएल मुताबिक २०१९ मा रोशनी भारतकी सबैभन्दा धनी महिला बन्न सफल भएकी थिइन्। उक्त कम्पनीको मार्केट क्याप १.६३ लाख करोड रूपैयाँ रहेको छ।

जेनिफर मोर्गन

जेनिफर जर्मन सफ्टवेयर तथा क्लाउड कम्प्युटिङ कम्पनी एसएपीकी सहायक प्रमुख कार्यकारी हुन्। २०१९ देखि उनी यो जिम्मेवारीमा छिन्। एसएपीको बोर्डमा सामेल हुने उनी अमेरिकाको पहिलो महिला हुन्।

इन्दिरा नुई

इन्दिरा नुई निकै चर्चित महिला हुन्। फोर्ब्सको मोस्ट पावरफुल महिलामा उनको नाम थुप्रै वर्षसम्म कायम रह्यो। उनी पेप्सिकोकी पूर्वअध्यक्ष तथा प्रमुख कार्यकारी हुन्।

१९९४ मा उनी पेप्सिकोसँग जोडिन पुगेकी थिइन् र २०१९ सम्म सोही कम्पनीलाई सफलतापूर्वक सञ्चालन गरिन्। २०१९ को फेब्रुअरीमा उनी अमेजनको सञ्चालक समितिमा पुगिन्।

गिनी रोमेटी

टेक्नोलोजी जाइन्टका रुपमा प्रख्यात आईबीएममा गिनी अध्यक्ष तथा प्रमुख कार्यकारी छिन्। उनले उक्त जिम्मेवारी २०१२ मा पाएकी थिइन्। आईबीएमजस्तो विख्यात कम्पनीको शीर्ष पदमा पुग्ने उनी पहिलो महिला हुन्। उनी सिस्टम इन्जिनियरका रुपमा १९८१ मा आईबीएमसँग जोडिएकी थिइन्।

दुनियाँमा थुप्रै महिलाले सफलताको शिखर चुमेका छन्। महिलाका सफलताबारे वास्तवमै कम चर्चा हुँदै आएको छ। चिकित्सक, पाइलट, वैज्ञानिकजस्ता अत्यन्तै महत्वपूर्ण क्षेत्रमा सफलता पाउने महिलाको संख्या अब कम छैन। उनीहरूले हाँकेका कतिपय ठूला कम्पनीहरु सफल बनेका छन्। केवल खाँचो छ, महिलालाई अवसरको। सफलता उनीहरुलाई प्रतीक्षा गरेर बसिरहेको छ।(एजेन्सीहरूको सहयोगमा)

अन्तर्राष्ट्रिय

सलाम छ सफलताका संवाहक महिलाहरूलाई

प्रकाशित: सोमबार, कात्तिक १०, २०७७ ०९:२१
सारांशमा :
  • देवीदुर्गाको उपासना भन्नु महिलाको सम्मान पनि हो। पौराणिककालदेखि नै महिलाको सम्मान हुँदै आएको तथ्यमध्ये दसैँ पनि एक हो।
  • एसएपी, आईबीएम, बायोकोन, पेप्सिकोजस्ता कम्पनीमा महिलाले सफल नेतृत्व दिएका छन्।
  • दुनियाँमा थुप्रै महिलाले सफलताको शिखर चुमेका छन्। चिकित्सक, पाइलट, वैज्ञानिकजस्ता अत्यन्तै महत्वपूर्ण क्षेत्रमा सफलता पाउने महिलाको संख्या अब कम छैन।
पूरा पढ्नुहोस्

सिफारिस