२०७७ मंसिर ११, बिहिबार

दसैं : महिलालाई सास्ती, पुरुषलाई मस्ती!

आमा, दिदी, बैनी हो 
कति बस्छौ दासी भई
सुखको सधैं प्यासी बनेर...

पञ्चायतकालीन समयमा महिला जागरणका निम्ति जनवादी गायक जेबी टुहुरेले गाएको यो गीत आजपर्यन्त उत्तिकै सान्दर्भिक छ। देशमा व्यवस्था परिवर्तन भयो, शासकहरु फेरिए, संविधान फेरियो, तर आमरुपमा महिलाको अवस्था फेरिएन। आज पनि महिला ‘दासी’ को हैसियतबाट माथि उठ्न सकेका छैनन्। 

हो, आवरणमा हेर्दा विगतमा भन्दा अहिले महिलाको अवस्था फेरिएको देखिन्छ। शिक्षामा उनीहरुको पहुँच बढेको छ। सहरका महिला घरको चुलोचौकोबाट बाहिर निस्केर जागिर वा अन्य व्यवसायमा आवद्ध हुने क्रम बढेको छ। पहिला सारी लगाउने महिलाहरु अहिले टिसर्ट–पाइन्ट लगाउन थालेका छन्। पुरुषको बाइकको पछाडि बस्ने महिला अहिले आफैं स्कुटर चढ्न थालेका छन्। तर, यो आवरणमा देखिएको परिवर्तन मात्र हो, अन्तर्यमा अवस्था फरक छ। यही आवरणको परिवर्तनलाई औंल्याएर कतिपय बूढाबूढीले भनेको सुनिन्छ, ‘हाम्रो पालामा बुहारी हुन कति गाह्रो थियो, अहिलेका बुहारीलाई त के छ र?’

हो, आजभन्दा ४०-५० वर्ष अगाडिका बुहारीहरु वास्तवमै दयनीय जीवन बाँच्न विवश थिए। उनीहरु नामले बुहारी भए पनि कामले घरको ‘नोकर्नी’ थिए। हाम्रै आमा-हजुरआमाहरुले भोगेको नियतिका कथाहरु सुन्दा अपत्यारिला लाग्छन् र आँखाबाट आँसु  खस्न थाल्छन्। घरको भातभान्सादेखि दाउरा-घाँस-गर्नुपर्ने, बर्सेनि सन्तान जन्माएर हुर्काउनुपर्ने, सासुको गोडा मालिस गर्दिनुपर्नेसम्मका काम त्यसबेलाका बुहारीहरुको जिम्मामा थिए। त्योभन्दा अहिलेका महिलाको अवस्था फरक छ। तर, अहिलेका महिलाले आफ्नो घर-व्यवहार र कार्यालय वा व्यवसायको दोहोरो दबाब थेग्नु परिरहेको छ। सहरका महिलाको लाइफस्टाइल हाइफाइ देखिए पनि उनीहरुले निर्वाह गर्नुपर्ने दायित्वको बोझ कम भएको छैन।

सबै पुरुष यस्तै हुन्छन् भन्ने होइन। सासुससुरा नहुँदाको अवस्थामा घरका काममा श्रीमतीलाई पुरुषले सघाएको पनि पाइन्छ। यस्ता पुरुष पनि बुवाआमा हुँदा चाहिँ भान्साको काममा श्रीमतीलाई सघाउन लाज मान्छन्। श्रीमतीलाई सघाउँदा सानो भइन्छ भन्ने खालको लघुताभाष अहिलेका आधुनिक पुरुषहरुमा पनि छ।

उदाहरणको लागि महिला बिहान ५ बजे उठेर नुहाइधुवाइ गरी नित्यकर्म सकी घरको सरसफाइ गरिसक्दा श्रीमानहरु ओछ्यानबाटै चिच्याउँछन्- खोइ, चिया पाकेन? ओछ्यानमै चिया टक्राएर फेरि खानाको सुरसार। श्रीमानलाई अफिसका लागि र बच्चालाई स्कुलका लागि तयार पारिसकेपछि आफू तयार हुनुपर्ने! दुई गाँस मुखमा हालेर हतार–हतार कार्यालय दौडिनुपर्ने। अनि दिनभर अफिसको काम सकेर थकित भएर घर आउँदा चिया–खाजाको चटारो। अनि बेलुकी भएपछि फेरि खानाको धपेडी। बीचमा यसो फुर्सद निकालेर मोबाइल चलाउन थाल्यो भने सबैले कर्के नजरले हेरिहाल्छन्। हप्तामा एक दिन अफिस बिदा हुन्छ। त्यसमा पनि लुगा धुने र घरको सरसफाइको काम गर्दै ठिक्क।

यदि बुहारी गृहिणी मात्रै हुन् भने उनले निरन्तर टोकसो सहनुपर्छ। परिवार र आफन्तले सबैसँग गुनासो गर्छन्- ‘बुहारी केही काम गर्दिनन्, सबै छोराको भरमा घर चलेको छ।’ मानाैं घरभित्रका काम मूल्यहीन छन्। तीनलाई कामको मान्यता नै छैन, किनकि घरभित्रको काम गरेर मासिक तलब आउँदैन। त्यसैले अहिले त गृहिणीमात्र हुनु भनेको अभिशाप जस्तो हुन पुगेको छ। केही गृहिणीले मसँगको कुराकानीमा घण्टौं लगाएर आफ्नो दुःख सुनाएका छन्। तिनका दुःख यति छन् कि, भनेर कहिल्यै सकिँदैन। बिहे गर्ने बेलामा त रानी बनाएर राख्छु भन्ने पुरुष बिहेपछि कसरी श्रीमतीलाई दलनमा राख्छन् भन्ने उनीहरुको वर्णनबाट म पीडा महसुस गर्न सक्छु।

तथापि, सबै पुरुष यस्तै हुन्छन् भन्ने होइन। सासुससुरा नहुँदाको अवस्थामा घरका काममा श्रीमतीलाई पुरुषले सघाएको पनि पाइन्छ। यस्ता पुरुष पनि बुवाआमा हुँदा चाहिँ भान्साको काममा श्रीमतीलाई सघाउन लाज मान्छन्। श्रीमतीलाई सघाउँदा सानो भइन्छ भन्ने खालको लघुताभाष अहिलेका आधुनिक पुरुषहरुमा पनि छ।

यतिबेला सिंगै देश चाडवाडको रौनकमा छ। दसैं त झन् हिन्दू धर्मावलम्बी नेपालीको सबैभन्दा ठूलो चाड। बच्चादेखि वृद्धसम्म रमाउने अवसर। तर, महिला? अहँ महिलाको लागि दसैं ‘रमाइलो’ पर्व हुँदै होइन। सुन्दा अलि कठोर लाग्ला, तर यो यथार्थ हो। दसैं मात्र होइन, कुनै पनि चाडपर्व, घरायसी भेला र जमघटमा गृहिणी महिलालाई रमाइलो कम र सास्ती ज्यादा हुन्छ। बिहानदेखि रातिसम्म भातभान्सामै उनीहरुलाई फुर्सद हुँदैन।

पुरुषहरुलाई के छ र? अफिस छुट्टी हुन्छ। बिहान ८-९ बजेसम्म कोल्टे फेरी-फेरी सुत्दा भइहाल्यो! सरसफाइदेखि किनमेलसम्म, भातभान्सादेखि बच्चा-वृद्धको स्याहारसम्मको जिम्मेवारी महिलाकै थाप्लोमा त हो। अरुबेला भन्दा ३-४ गुणा बढी खटिनुपर्छ दसैंमा उनीहरुले। एक/एक छिनमा आउने पाहुनाको सत्कार, उनीहरुका लागि खानेकुरा तयार गर्ने, उफ्...। अनि तास खेल्न बसेका पुरुषलाई छिनछिनमा चिया, खाजा टक्राउने, यस्तैमा त बित्छ महिलाको दसैं! आफूले खाने टुंगो हुँदैन। आफ्नी श्रीमती-बुहारीले खाएनखाएको सोध्ने पुरुषलाई फुर्सद हुँदैन।

सबै घरमा यस्तो नहोला। सबै परिवार उस्तै नहोलान्। भाग्यले कसैकसैलाई यस्ता सासुससुरा पनि पर्छन्, जसले बुहारीलाई छोरीजस्तै माया-ममता दिन्छन्। देवरजेठाजु असल परे भने दिदीबहिनीको जस्तै व्यवहार गर्छन्। कसैलाई काममा सघाउने श्रीमान् पनि पर्लान्। तर, यो अपवाद हो।

घरको कामबाट फुत्किएर आफूलाई जन्म दिने बुवाआमाको हातको टीका थाप्न जाने समय निकाल्न पनि उनीहरुलाई निकै कठिन हुन्छ। माइती छेउछाउमै छ भने आफ्नो घरमा पाहुना नआएको मौका पारी फुत्त गाएर एक घण्टाभित्रै फर्किहाल्नुपर्छ। ढिला गर्‍याे भने सासुससुराको फोनको घण्टी बज्न थालिहाल्छ। माइती टाढा छ भने त टीकाको दिन जान पाउने कुरै भएन। द्वादशी-त्रयोदशीको दिन बल्लतल्ल उनीहरुले छुट्कारा पाउँछन् माइती जान। अनि माइतीमा एक रात बिताउन पनि नपाइ श्रीमानकाे कचकच सुरु भइहाल्छ- छिटो फर्क। ससुरालीमा धेरै समय बिताउन ज्वाइँलाई लाज हुन्छ नि त! यसरी माइतीमा आमासित सुखदु:ख साट्नका लागि पनि उनीहरुले फुर्सद पाउँदैनन्।

सबै घरमा यस्तो नहोला। सबै परिवार उस्तै नहोलान्। भाग्यले कसैकसैलाई यस्ता सासुससुरा पनि पर्छन्, जसले बुहारीलाई छोरीजस्तै माया-ममता दिन्छन्। देवरजेठाजु असल परे भने दिदीबहिनीको जस्तै व्यवहार गर्छन्। कसैलाई काममा सघाउने श्रीमान् पनि पर्लान्। तर, यो अपवाद हो। त्यसैले प्रायः महिला दसैं नजिकिँदै जाँदा टाउकोमा गह्रुँगो भारीले थिच्दै गएको महसुस गर्छन्। जब दसैं सकिन्छ, उनीहरुको बोझ पनि हलुका हुन थाल्छ। 

देश यतिबेला विश्वव्यापी कोभिड-१९ महाव्याधिबाट थलिएको छ। यस्तो व्याधि जसको अनुभव बाँचिरहेको पुस्तालाई थिएन। एकातिर शोक, पीडा र भयसँगै अनिश्चित भविष्यको मनोदशा अनि अर्कोतिर जीवनप्रतिको प्रेम। हामी साँच्चै नै संकटपूर्ण अवस्थामा छौं। यही बेला आइपुगेको दसैंले हामीलाई क्षणिकरुपमा भए पनि खुसी दिएको छ। दसैं शब्द सुन्नासाथ मनमा एक किसिमको ऊर्जा पैदा हुन्छ।

दसैंमा देवी दुर्गाको पूजाआराधना गरिन्छ। विनाशकारी दानव महिषासुरको बध गरेर असत्यमाथि सत्यको विजयको तत्वबोध गराउने दुर्गालाई शक्तिको स्रोतका रुपमा लिने गरिएको छ। पौराणिक कथाकी देवीलाई घरघरमा पूजा गर्ने, तर त्यही देवीका प्रतीक मानिने नारीलाई चाहिँ उपेक्षा गर्ने तरिका कहाँसम्म ठीक होला? महिलालाई पिँजडाभित्र राखेर देवीको फोटोलाई पूजा गर्दैमा चाहेको फल प्राप्ति होला र? दसैंको अवसरमा सबैले एकपटक चिन्तन मनन् गर्ने कि?

विचार / अन्तर्वार्ता जीवनशैली

दसैं : महिलालाई सास्ती, पुरुषलाई मस्ती!

ज्यास्मिन ओझा
प्रकाशित: सोमबार, कात्तिक १०, २०७७ १४:२६
  • गृहिणीमात्र हुनु भनेको अभिशाप जस्तो हुन पुगेको छ।
  • प्रायः महिला दसैं नजिकिँदै जाँदा टाउकोमा गह्रुँगो भारीले थिच्दै गएको महसुस गर्छन्। जब दसैं सकिन्छ, उनीहरुको बोझ पनि हलुका हुन थाल्छ।
  • दसैं त झन् हिन्दू धर्मावलम्बी नेपालीको सबैभन्दा ठूलो चाड। बच्चादेखि वृद्धसम्म रमाउने अवसर। तर, महिला? अहँ महिलाको लागि दसैं ‘रमाइलो’ पर्व हुँदै होइन।
  • पौराणिक कथाकी देवीलाई घरघरमा पूजा गर्ने, तर त्यही देवीका प्रतीक मानिने नारीलाई चाहिँ उपेक्षा गर्ने तरिका कहाँसम्म ठीक होला?

सिफारिस