२०७७ मंसिर ११, बिहिबार

अमेरिकी विदेशमन्त्री पोम्पेओ भारत भ्रमणमा

नयाँदिल्ली। संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइप पोम्पेओ आफ्नी श्रीमती सुसनका साथ सोमबार भारत आएका छन्।

भारत-अमेरिका मन्त्रीस्तरीय बैठकका लागि पोम्पेओ भारतको केन्द्रीय राजधानी नयाँदिल्ली आएका हुन्। बैठकमा खासगरी विस्तृत विश्वव्यापी रणनीतिक साझेदारी तथा भारत-प्रशान्त क्षेत्रमा स्थायित्व र समृद्धि प्रर्द्धनका लागि सहयोग बढाउने बारेमा छलफल हुने जनाइएको छ।

छलफलमा भारतीय पक्षबाट विदेशमन्त्री एस जयशंकर र रक्षा मन्त्री राजनाथ सिंह रहने अधिकारीहरुले जनाएका छन्। मंगलबार हुने भारत र अमेरिकाबीचको यो बैठक तेस्रो उच्चस्तरीय बैठक हो।

भारत प्रस्थान गर्नुअघि अमेरिकी विदेशमन्त्री पोम्पेओले ट्वीट गर्दै भनेका थिए- म भारत, श्रीलंका, माल्दिभ्स र इन्डोनेसियाको भ्रमणमा जाँदै छु। स्वतन्त्र र खुला इन्डो-प्यासिफिक क्षेत्रका मुलुकहरुबीच अझ स्वतन्त्र, सुदृढ र समृद्ध मुलुकको निर्माणमा साझा धारणा बनाउनु मेरो भ्रमणको मुख्य उद्देश्य हो।

भारत र अमेरिकाबीचको वार्तामा क्षेत्रीय सुरक्षा सहयोग, प्रतिरक्षा सूचना आदानप्रदान, सैनिक-सैनिकबीचको अन्तर्क्रिया तथा प्रतिरक्षा व्यापारका बारेमा पनि छलफल हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

यसअघि दुई मुलुकबीच सेप्टेम्बर २०१८ मा नयाँदिल्लीमा र सन् २०१९ मा वासिङट्न डिसीमा यस्तै मन्त्रीस्तरीय बैठकहरु भएका थिए। रासस/एएनआई
 
अन्तर्राष्ट्रिय

अमेरिकी विदेशमन्त्री पोम्पेओ भारत भ्रमणमा

प्रकाशित: सोमबार, कात्तिक १०, २०७७ २०:२६
  • संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइप पोम्पेओ आफ्नी श्रीमती सुसनका साथ सोमबार भारत आएका छन्।
  • भारत-अमेरिका मन्त्रीस्तरीय बैठकका लागि पोम्पेओ भारतको केन्द्रीय राजधानी नयाँदिल्ली आएका हुन्।

सिफारिस