२०७७ मंसिर १२, शुक्रबार

सुदूरपश्चिममा साढे सात हजार संक्रमित काेराेनामुक्त

कैलाली। सुदूरपश्चिम प्रदेशमा सात हजार ५४२ संक्रमित कोरोनामुक्त भएका छन्। 

प्रदेश स्वास्थ्य महाशाखाका अनुसार अहिलेसम्म सबभन्दा धेरै संक्रमित रहेको कैलालीका दुई हजार ७२७ जना संक्रमणमुक्त भएका छन्। 

यस्तै डोटीका एक हजार ९५, अछामका एक हजार ७८, कञ्चनपुरका ८९५ जना संक्रमित काेराेना मुक्त भएकाे सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए। 

उनका अनुसार बझाङका ४६० जना, बाजुराका ४५१, बैतडीका ४३८, डडेल्धुराका ३२९ र दार्चुलाका ७२ जना संक्रमित काेराेनामुक्त भएका छन्। 

सुदूरपश्चिम प्रदेशमा मंगलबारसम्ममा कोरोना संक्रमितको संख्या ९ हजार २८६ छ।

संक्रमितमध्ये सबैभन्दा बढी कैलालीमा तीन हजार ६००, कञ्चनपुरमा एक हजार १७, डडेल्धुरामा ४१०, डोटीमा एक हजार ५२, बैतडी ४८०, दार्चुला २६१, बाजुरामा ४५९, बझाङमा ६२७ र अछाममा एक हजार १६१ जना रहेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए।

संक्रमण पुष्टि भएका २१ जना संक्रमितको भने मृत्यु भइसकेको छ।

कोभिड–१९ महामारी

सुदूरपश्चिममा साढे सात हजार संक्रमित काेराेनामुक्त

फाइल तस्वीर।
प्रकाशित: बुधबार, कात्तिक १२, २०७७ ०७:४८
सारांशमा :
  • सुदूरपश्चिम प्रदेशमा सात हजार ५४२ संक्रमित कोरोनामुक्त भएका छन्। 
पूरा पढ्नुहोस्

सिफारिस