२०७७ मंसिर ११, बिहिबार

अभिनेत्री ऋचा शर्माको कोरोना अनुभव : साइकोलोजिकल प्रभाव बढी पर्दो रहेछ

अभिनेत्री ऋचा शर्मा १८ दिनपछि कोरोना संक्रमणमुक्त भइन्। सावधानी अपनाउँदा-अपनाउँदै पनि उनी र उनका श्रीमान दीपेक्षविक्रम राणा कोरोना संक्रमित भएका थिए। 

१५ दिन पूर्ण रूपमा होम आइसोलेनसमा बसेका दुवैजनाले १६औं दिनमा पीसीआर परीक्षण गराएका थिए। १८औं दिनमा रिपोर्ट नेगेटिभ आयो। कोरोना संक्रमणमुक्त भएकी ऋचासँग कृष्णसिंह धामीले कुराकानी गरेका छन्ः

कसरी कोरोना संक्रमित हुनुभयो?

कोरोना महामारीको सुरूआतदेखि नै म सम्पूर्ण मापदण्ड पालना गर्दै आएकी थिएँ। अनिवार्य मास्क लगाउने, सेनिटाइजर लगाउने, साबुनपानीले हात धुने लगायतका सावधानी अपनाइरहेकी थिएँ। 

घरमा पनि सबैलाई सतर्क रहन आग्रह गर्दै आएकी थिएँ। श्रीमान बढी जसो बाहिर हिँडडुल गर्ने भएकोले उहाँँलाई पनि सचेत गराइराख्थें। यही क्रममा म र मेरो श्रीमान पनि कोरोना संक्रमति हुन पुग्यौं। 

म हरेक वर्ष जाडोयाममा बिरामी भइरहन्छु। यो पटक पनि टाउको दुख्ने, शरीर एकदम कमजोर हुन थाल्यो। मैले त सामान्य फ्लु होला भन्ने सोचेकी थिएँ। टाउको दुख्ने क्रम नरोकिएपछि पीसीआर परीक्षण गराएँ। हामी दुवैजनाको रिपोर्ट पोजिटिभ आयो। 

कोरोना लागेपछि एकदमै जिउ दुख्ने, केही नगरेर बस्दा पनि धेरै काम गरेकाे जस्तो भएर जिउ थाक्ने रहेछ। एकदमै प्रेसर लो हुन्थ्यो। मुठ्ठी कस्न पनि नसकिने। तीन दिन त टाउको बेस्सरी दुख्यो। जे औषधि खाए पनि दुख्न कम भएन। तर, ज्वरो भने थिएन। दुई तीन दिन केही लक्षण देखियो। त्यसपछि भने निको हुन थाल्यो।

लाग्नु भन्दा पहिला र लागेपछि कस्तो पाउनुभयो?

पहिला आफूलाई नहुँदासम्म के हो? के हो? जस्तो लाग्थ्यो। भई नै सकेपछि कोरोना त ए साँच्चिकै रहेछ भन्ने लाग्यो। योबारे जति धेरै पढेका छौं, मिडियामा आएका छन्, ती कुराहरूबाट त डर पैदा भएको छ। जसरी बाहिर डर देखाइएको छ, त्यस्तो मलाई लागेन। हुन त मेरो उमेरले पनि फरक पारेको हुन सक्छ। 

कोरोना लागेपछि मान्छेको मृत्यु नै हुन्छ, एकदमै समस्या गर्छ भनेर जुन डर देखाइएको हुन्छ, मैले भने त्यस्तो पाइनँ। हुन त यो नयाँँ कुरा भएकाले सबैलाई के हो? के हो भन्ने भाको छ। तर, जति धेरै हल्ला फैलाइएको छ, त्यति धेरै डराउनुपर्ने अवस्था भने रहेनछ।

आइसोलेनमा बस्दा के-के गर्नुभयो?

यो बीचमा आफ्नो आत्मबल बढाउन सम्बन्धित धेरै भिडिओ हेरें। तर, त्यति धेरैको संख्यामा भिडिओहरू रहेनछन्। सामाजिक जनचेतना फैलाउने नाममा जनमानसमा त्रास फैलिरहेको पाएँ। 

आइसोलेसनमा बस्दा मैले पुराना पुराना कमेडी चलचित्रहरू हेरें। सिरियस सिनेमा भन्दा पनि विशुद्ध मनोरञ्जन दिने चलचित्रहरू हेरें। घाममा प्रशस्त बस्थें। थुप्रै किताबहरू पढें। कृष्ण धारावासीको ‘राधा’ दोस्रो पटक पढें। जय सेट्टीको ‘थिंक लाइक अ मंक’ पढें।

खानामा पनि गेडागुडीको रस, भात तरकारी खाएँ। घरमै पकाएको खानेकुराहरू खाएँ। पानी भने धेरै पिएँ। मुख सुख्खा हुन्थ्यो। त्यसैले पानी धेरै पिएँ। चिकित्सकहरूको पनि जतिसक्दो मनतातो पानी पिउनु भन्ने सल्लाह हुन्थ्यो। त्यसैले पनि झोल पदार्थ बढी खाएँ।

त्यसपछि दिनको तीन छाक मज्जाले खाना खान्थें। त्यसपछि बेसार, तुलसी, मरिच लगायतका मसला हालेर पानी उमालेर पिएँँ। प्रेसर लो भएकाले गुर्जो नखानुपर्ने रहेछ। त्यो मेरो अनुभव हो। त्यसले रिंगाटा लाग्ने रहेछ। 

पानीको वाफ लिएँ। त्यसैगरी योगा गरें। ‘नेती जल’ योगा गरें। श्वासप्रश्वाससम्बन्धीको योगाशन गरें। ओम शान्ति ओम योगले पनि धेरै हदसम्म श्वासप्रश्वासलाई फाइदा पुग्दोरहेछ। यो फेरि एकदमै सजिलो योगासन पनि हो।

कोरोना के रहेछ?  

कोरोना भनेको ‘साइकोलोजिकल इफेक्ट’ रहेछ। मलाई फ्लु हुँँदा बढी गाह्रो हुन्थ्यो। फ्लु हुँदा ज्वरो आउने, नाकबाट पानी बग्ने, बारम्बार खोकी लाग्ने जस्ता समस्याले सताउँथ्यो। तर, कोरोना हुँदा त्यति धेरै गाह्रो भएन। निकै बढी टाउको दुख्ने, कोठाबाट ट्वाइलेट जाँदा समेत थाकेको जस्तो हुने समस्या भयो। त्यो बाहेक अरू केही पनि गाह्रो भएन। बरू मलाई चिसो लाग्दा धेरै गाह्रो हुन्थ्यो। तर, कोरोना हुँदा त्यति धेरै गाह्रो भएन। 

आइसोलेसनमा बस्दा मलाई कोरोना भनेको बढी मनोवैज्ञानिक त्रास जस्तो लाग्यो। मान्छेले जसरी लियो त्यस्तै हुँदो रहेछ। कोरोना लागिहाल्यो भने हामीले कोरोनालाई नियन्त्रणमा राख्नुपर्‍यो। कोरोनाले हामीलाई नियन्त्रणमा लियो भने समस्या हुनेरहेछ।

हाम्रो वरपरका धेरैजनालाई कोरोना लाग्दा आइसोलेसनमा बसेको देखें। उनीहरूलाई देख्दा पनि कोरोनालाई हामीले आफ्नो नियन्त्रणमा लिनुपर्ने रहेछ भन्ने बुझेँ। 

एकजनालाई पोजिटिभ आउनेबित्तिकै घरको मानिसहरूलाई समेत मनोवैज्ञानिक असर पार्दो रहेछ। त्यही कारण मैले आफूलाई एकदम संयम राखें। 

आइसोलेनसमा बस्दा विभिन्न कुराहरू मनमा खेल्छन् होला, त्यसलाई कसरी नियन्त्रणमा राख्ने?

हो, आइसोलेसनमा बस्दा दिमागमा धेरै कुराहरू खेल्ने रहेछन्। त्यसैले सबैभन्दा ठूलो कुरा आफ्नो दिमागलाई नियन्त्रणमा राख्नुपर्ने रहेछ। दिमाग धेरै चलाउने, जे पायो त्यही सोच्ने बानी गर्नु हुँदैन। आफ्नो दिमागलाई एकदमै नियन्त्रणमा राख्नुपर्छ।  

चिकित्सकहरूले पनि मलाई धेरै कुराहरू नसोच्नु भनेर सुझाव दिइराख्नु हुन्थ्यो। त्यही आधारमा मैले आफ्नो दिमागलाई सोच्ने भन्दा पनि इन्टरटेनमेन्ट बनाउने प्रयास गरे। 

औषधि सेवन गर्नुभयो?

यो बीचमा मैले ‘कोडोपार’ भन्ने औषधि सेवन गरें। चिकित्सकको सल्लाहमा मैले उक्त औषधि सेवन गरेकी थिएँ। यो बीचमा म डा. अनुप बास्तोला र समीरमणि दीक्षितसँग नियमित सर–सल्लाहमै थिए। 

हुन त हामीले तीन-चार महिनादेखि भिटामिन ‘सी’ खाइरहेका थियौं। त्यस्तै भिटामिन ‘डी’ पनि सेवन गरिरहेका थियौं। मैले रेगुलर खाएको भनेको जिंक चक्की हो। यो बीचमा मैले रूघाखोकी हुँदा अवलम्बन गरिने उपाय नै अपनाएकी थिएँ। जस्तो कि आफूलाई चिसो हुन नदिने, त्यसका लागि गर्मी लुगा लगाउने, तातो पानी पिउने। 

अरूलाई तपाईंको सुझाव?

म बिरामी भए, अब मलाई के हुने हो भनेर सोचिरह्यो भने त्यसले असर गर्दो रहेछ। आफूलाई मनोवैज्ञानिक हिसाबले ‘फिट’ राख्नुपर्छ। ध्यान गर्ने, मेडिटेसन गर्ने गर्दा आफ्नो मनमा रहेको नकारात्मक टीकाटिप्पणी हटेर जाँदो रहेछ। 

मलाई धेरै समस्या नभएकाले पनि होला धेरै गाह्रो भएन। तर, कोरोना लागेपछि भन्दा पनि कोरोना लाग्नुभन्दा पहिला नै धेरै कुराहरू गर्नुपर्ने रहेछ। 

आफ्नो जीवनशैलीमा नै परिवर्तन ल्याउनुपर्ने रहेछ। मेडिटेसनदेखि लिएर योगा, शारीरिक स्वास्थ तथा खानपानमा समेत ध्यान दिनुपर्छ।

दैनिक १५ मिनेट घामको प्रकाशमा बस्नुपर्ने रहेछ। अमिलोजन्य कुरा खानुपर्छ। सबै पोषण पुर्‍याएर खानेकुरा खान सक्यो भने मात्र हाम्रो जीवनशैली परिवर्तन हुनसक्छ। 

मनोरञ्‍जन कोभिड–१९ महामारी

अभिनेत्री ऋचा शर्माको कोरोना अनुभव : साइकोलोजिकल प्रभाव बढी पर्दो रहेछ

प्रकाशित: शनिबार, कात्तिक २२, २०७७ ०७:३३
सारांशमा :
  • अभिनेत्री ऋचा शर्मा १८ दिनमा कोरोना संक्रमणमुक्त भएकी छन्। 
  • उनीसँगै उनका श्रीमान पनि कोरोना पोजिटिभ भएका थिए। 
  • तीन दिन टाउको बेस्सरी दुखेको उनकाे भनाइ छ।
  • कोरोना संक्रमित हुँदा उनी होम आइसोलेसनमा बसेकी थिइन्।
पूरा पढ्नुहोस्

सिफारिस