२०७७ मंसिर ९, मंगलबार

जहाँ विद्यार्थी त्यहीँ स्कुल !

अनलाइन कक्षा राम्ररी चलाएका विद्यालयले तयार पारेका अनलाइन सामग्री जम्मा गरौं। एक सय २० दिन कक्षा चलाइसकेका र एक सय ८० दिनकै पाठ योजना तयार पारिसकेका धेरै विद्यालय छन्। तिनीहरुबाट कम्तीमा पाठ्यक्रमको ७० प्रतिशत भरेज निकालौं। भिडियो र तयारी पाठ योजनालाई सन्दर्भ सामग्रीको मान्यता दिऊँ। सरकारले सामुदायिक विद्यालयका विद्यार्थीलाई भनेर तयार पारी वितरण गरिरहेको अभ्यास पुस्तिकाले समेत यस प्रक्रियामा सजीवता पाउने छ।

पाठ्यक्रमका उद्देश्यमा फोकस हुन पाउने गरी विद्यालय प्रशासनलाई स्वायत्त बनाऔं। प्रशासनले आफ्ना स्थानीय आवश्यकता हेरेर शिक्षकलाई सवलीकरण र प्रोत्साहन गर्ने छन्। प्रत्येक गाउँ र टोलमा शिक्षक जाँदा वा विद्यालयमा बोलाउँदा विद्यार्थीलाई झोलाभरि सिकाइ सामग्री दिएर पठाउने छन्। सामग्री प्रयोगको ओरिएन्टेसन मात्र  गरिने छ, बोलाउन मिले विद्यालयमा नमिले विद्यार्थीको समूह बनाउने ‘जहाँ विद्यार्थी त्यहाँ स्कुल’। 

पढाउने होइन पढ्ने कला सिकाउने। सिक्नका लागि सिकाउने। यो मोडलमा शिक्षक पूर्णतः सहजकर्ता बन्ने छ।

पाठ्यक्रम सकिन्छ त? प्रत्येक पटक शिक्षकले आफ्नो सहज पहुँचको विश्वास दिनुपर्छ। मिल्छ भने फोनमै पनि यो काम गर्न सकिन्छ।

मूल्यांकन कसरी हुन्छ त ? 

सिकाइमा रुब्रिक्स दिने! यति सिके ४ नम्बर। ३ कुरा सिके ३ नम्बर। २ मात्रै सिके २। अन्तिमसम्म मूल्यांकन गर्ने र कक्षा चढाउने।

शिक्षक समुदाय दुःख गर्न तयार रहेछन्। सिक्न तयार रहेछन्। साँझ–बिहान जतिसुकै अप्ठ्यारोमा पनि विद्यार्थी भेट्न तयार रहेछन। तराईमा भएका शिक्षकले शीतलहरकै समयमा पनि आगो ताप्ने ठाउँमा सिकारुलाई बोलाएर जोगिएर सिकाइ जारी राख्ने छन। पहाडमा मेलापातमै पनि शिक्षक सक्रिय भई सिकाइ मर्न नदिने रहेछन। प्रोत्साहित गर्न नजानेर पो अड्किएको रहेछ। यो कोरोना संक्रमणको महामारीले त यही देखायो।

पालिका शिक्षा निकायले मातहतका विद्यालयलाई सवलीकरण गर्ने। राजनीतिक पार्टीले वातावरण बनाउने। अभिभावक सुसूचित गर्ने। प्रत्येक अभिभावकलाई सेवा प्रवाह गर्दा के गर्नुपर्ने हो त्यो राम्ररी सम्झाउने। विद्यार्थी संगठनले अभिभावक सचेतनालाई राजनीति मान्ने र सोही अनुरुप क्रियाशली रहने। प्रदेशले आफ्नो अधिकार क्षेत्र हेर्ने। संघले मातहतका निकायलाई प्रोत्साहन गर्ने। शैक्षिकशत्र ढुस हुँदैन। हुने र नहुनेको ग्याप पनि बढ्दैन।

हाम्रो मोडलको फ्लिप

अनलाइन र अफलाइन क्लासलाई मिलाएर सिकाइ सामग्री बनाउने। सिकाइ सामग्री झोलामा राखेर सिकारुको पहुँचमा पु¥याउने। सिक्ने कसरी भनेर सिकाउने, तर पाठ कसरी पूरा गर्ने भनेर नअल्झिने। के सिक्यौ? भनेर मूल्यांकन गर्ने रुब्रिक्स बनाउने । त्यही मूल्यांकन रेकर्डमा राख्ने र अन्तिममा मूल्यांकन गरी कक्षा चढाउने। पेपर, पेन, टेस्ट नलिने।

अन्त्यमा  

हाम्रो नीति कमजोर छैन, कार्यान्वयन प्रणाली मात्र कमजोर हो।

सिंक्रोनस मात्रै खोज्दा भएन, असिंक्रोनस बनौं। हाम्रै मोडेलको ‘फ्लिप्ड क्लास’ कस्तो होला?

  • कर्णालीका एक लाख विद्यार्थी के गर्लान् ?
  • हुने–खानेले मात्रै सिक्दा वञ्चित को–को होला ?
  • शिक्षक मेहनत गर्न तयार छन्, तर प्रोत्साहन खै ?
     
विचार / अन्तर्वार्ता

जहाँ विद्यार्थी त्यहीँ स्कुल !

प्रकाशित: आईतबार, कात्तिक २३, २०७७ १६:५३
सारांशमा :
  • पढाउने होइन पढ्ने कला सिकाउने। सिक्नका लागि सिकाउने। यो मोडलमा शिक्षक पूर्णतः सहजकर्ता बन्ने छ।  
  • विद्यार्थी संगठनले अभिभावक सचेतनालाई राजनीति मान्ने र सोही अनुरुप क्रियाशली रहने।
  • सिक्ने कसरी भनेर सिकाउने, तर पाठ कसरी पूरा गर्ने भनेर नअल्झिने।
  • हाम्रो नीति कमजोर छैन, कार्यान्वयन प्रणाली मात्र कमजोर हो। सिंक्रोनस मात्रै खोज्दा भएन, असिंक्रोनस बनौं।
पूरा पढ्नुहोस्

सिफारिस