२०७७ मंसिर ११, बिहिबार

को हुन् शंखधर साख्वा: ?

नेपाल संवतकाे नयाँ वर्ष ११४१ सुरु हुँदै छ। नेपाल संवतका प्रवर्तक शंखधर साख्वा:लाई मानिन्छ। त्यसैले नेपाल संवतको नयाँ वर्ष सुरु हुने बेला प्राय: उनको चर्चा हुने गर्छ।

को हुन् त शंखधर साख्वा:? उनलाई लिएर इतिहासकारबीच एक प्रकारको फरक मत नभएको पनि होइन्, केहीका लागि उनी अझै विवादका पात्रसमेत हुन्। तर एउटा तथ्य के निश्चित छ भने उनले नै नेपाल संवत् सुरु गरे र यो अहिलेसम्म पनि कायम छ। अझै पनि यसको महत्त्व घटेको छैन, बरू बढेको छ।

उनलाई ऐतिहासिक पात्र मान्नेको संख्या धेरै छन्। अहिले त उनलाई नेपालको राष्ट्रिय विभूति नै मानिन्छ। उनले घरमा ल्याएको बालुवा सुनमा परिणत भएपछि त्यसैको मद्दतले उनले जनतालाई ऋणबाट मुक्त गरेका थिए भनिन्छ, त्यसैको सम्झनामा नेपाल संवत् सुरु भएको मानिन्छ। 

यो उनलाई जोडिएर आउने पहिलो किम्वदन्ती भयो। उनीबारे अर्को कथा पनि छ। त्यसअनुसार शंखधर साख्वा: व्यापारी थिए। उनी नजिकका केहीलाई उनको समृद्धतामा यति धेरै डाहा लाग्यो कि उनको गलत प्रचार गरे।

यसक्रममा तात्कालीन राजाले उनको सम्पत्ति अतिक्रमण गरे, डाहा गर्नेकै कुरा सुनेर। पछि शंखधर साख्वा:को इमान्दारिताबारे सबैले थाहा पाए। उनको सम्पत्ति पनि फिर्ता भयो। पछि शंखधर साख्वाले त्यसै सम्पत्तिको मद्दतले सबै जनताको ऋण मोचन गरे। यसै घटनालाई सम्झेर नयाँ संवत् भयो। जति धेरै यो किम्वदन्तीमा विश्वास गर्न सकिन्छ, उनले घरमा ल्याएको बालुवा सुनमा परिणत भएको र पछि त्यसैको मद्दतले जनतालाई ऋणबाट मुक्त गरेको किम्वदन्ती विश्वास गर्न सकिन्न।

तिब्बतसँगको व्यापारका क्रममा शंखधर साख्वा: त्यहाँका बौद्ध धर्मका ठूल-ठूला धर्मगुरुहरूसँग सम्पर्कमा आएको हुन सक्छ र त्यसकै प्रभावमा उनले आफूले आर्जन गरेको सम्पत्ति दान गरेर जनताको ऋण मुक्त गरेको हुनुपर्छ।

खासमा शंखधर साख्वा: एक व्यापारी थिए, वंशावली र जनविश्वासलाई आधार मान्ने हो भने उनी काठमाडौंका इलाछें टोलका बासिन्दा हुन्, त्यो भनेको अहिलेको भीमसेनस्थान हो। यो टोलमा अझै पनि भीमसेनको मन्दिर रहेको छ र यसको व्यापारसँग नजिकको सम्बन्ध छ। कुनै समय यो टोल आफैं काठमाडौंको व्यापारको केन्द्र थियो, त्यसमाथि शंखधर साख्वा: आफैंले तिब्बतसँग जोडिएको व्यापार गर्थे। काठमाडौं र तिब्बतबीचको व्यापार आफैंमा अद्वितीय र ऐतिहासिक छ।

केशर पुस्तकालयमा रहेको वंशावलीलाई आधार मानेर भन्दा उनलाई राजा राघवदेवको समकालीन मानिन्छ। इतिहास पल्टाउँदै जाँदा के थाहा हुन्छ भने तिनै राजा राघवदेवको पालादेखि नेपालमा, विशेषत: काठमाडौं उपत्यकामा शक संवतको चलन सकिन्छ र सुरु हुन्छ, नेपाल संवतको। यो नयाँ संवत थियो र यहाँनिर राजा राघवदेव, शंखधर साख्वा:, तिब्बतसँगको व्यापार आदिको धेरै संयोग जोडिन आउँछ। शंखधर साख्वा:ले तिब्बत व्यापारका क्रममा अकुत सम्पत्ति कमाए।

बौद्ध धर्ममा दानको ठूलो महत्त्व छ र यसका अनुयायीलाई दान गर्न प्रेरित गरिन्छ। शंखधर साख्वा: पनि यसबाटै प्रभावित भएर ठूलो संख्यामा दान गर्न तयार भए, जसले त्यतिबेलाको जनताको ऋण नै तिर्न पुगेको थियो। अनि त्यसकै सम्झनामा एउटा सर्वथा नयाँ संवत् नै सुरु भयो।

विचार / अन्तर्वार्ता

को हुन् शंखधर साख्वा: ?

प्रकाशित: शनिबार, कात्तिक २९, २०७७ ११:१५
  • नेपाल संवतका प्रवर्तक शंखधर साख्वा:लाई मानिन्छ।
  • उनलाई ऐतिहासिक पात्र मान्नेको संख्या धेरै छन्।
  • अहिले उनलाई नेपालको राष्ट्रिय विभूति नै मानिन्छ।
  • शंखधर साख्वा: बौद्ध धर्मका गुरुहरुबाट प्रभावित भएर ठूलो संख्यामा दान गर्न तयार भए, जसले त्यतिबेलाको जनताको ऋण नै तिर्न पुगेको थियो।

सिफारिस