२०७७ मंसिर ११, बिहिबार

गौरवको अनुभूति

(महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्याकाशका विशिष्ट प्रतिभा हुन्। उनले आफ्नो प्रतिभा र साधनाबाट नेपाली साहित्यको विविध विधालाई धनीमात्र बनाएनन्, नेपाली साहित्यलाई अन्य देशको साहित्यसँग प्रतिस्पर्धामा उभिन सक्ने बनाए। कविता, खण्डकाव्य, महाकाव्य, कथा र उपन्यास लेखे। आज उनको ११२औं जन्मजयन्ती। उनीप्रति सम्झना र सम्मान प्रकट गर्दै हामीले घटराज भट्टराईद्वारा सम्पादित ‘महाकवि देवकोटाका आनीबानी’ पुस्तकका लागि प्रसिद्ध संगीतकार नातिकाजीले लेखेको आलेख साभार गरेका छौं।)

त्यस बेला म रेडियो नेपाल जाँदा लक्ष्मीप्रसाद देवकोटासँग मेरो लप्टनको होटलमा भेट हुने गर्दथ्यो। मसँग भेट हुँदा देवकोटाजीका कुरा मलाई हो कि होइन जस्तो लाग्थ्यो। तर एक दिन उहाँले ‘म सङ्‍गीत सिक्छु, तपाईं मेरो घरमा आउनुहोस्’ भनेर मलाई आफ्नो निवासमै डाक्नुभयो। त्यसैले त्यसपछि म उहाँलाई सङ्‍गीत सिकाउने उद्देश्यले उहाँको घरमा गएँ। तर उहाँले टिउसन पढाउने क्रममा मलाई बोलाएको कुरा बिर्सनुभएछ। त्यसपछि म उहाँलाई नभेटी फर्केँ।

नातीकाजी

अर्को दिन पुनः उहाँको निवासमा म पुगेँ। त्यस बेला उहाँ हार्मोनियममा स्वर तानेर शास्त्रीय राग गाइरहनुभएको थियो। त्यस दिन उहाँलाई मैले आधुनिक सङ्‍गीत सिकाएँ। उहाँ चेतनाथसँग पनि शास्त्रीय सङ्‍गीत सिक्नुहुँदो रहेछ। उहाँलाई मैले श्यामदासले लेखेको ‘तिम्रै निम्ति बाँचिरहेछु’ भन्ने बोलको गीत सिकाएको थिएँ।

देवकोटाजी मलाई घरमा बोलाउनुहुन्थ्यो र टिउसनमा लागेर बोलाएकै बिर्सिदिनुहुन्थ्यो। त्यसैले म दुई÷चार दिन गएपछि बिस्तारै उहाँको घर जान छोडेँ।

महाकवि देवकोटाले लेखेका दुई गीत मसँग अझै छन्। यी गीतका बोल यस प्रकार छन्ः

रातो प्यारो लच्के धर्को, पातलो पल्लव अधर
त्यो निचोरे आउला के दूध वा अमृत, जहर।
दिल कचौरा यो उचालौं, खान्छु हीरा मर्न देऊ
रित्तो करको यो भिखारी, बर्स आँसु झर्न देऊ।

यी दुवै गीत मैले नै सङ्‍गीत गरेर रेडियोमा गएको पनि थिएँ। तर यी गीत रेकर्डिङ चाहिँ भएका छैनन्। महाकवि देवकोटा जस्ता महान व्यक्तित्त्वलाई दुई÷चार दिन भए पनि सङ्‍गीत सिकाउन पाएकोमा मलाई गौरवको अनुभूति भएको छ।

विचार / अन्तर्वार्ता साहित्य

गौरवको अनुभूति

महाकवि लक्ष्मीप्रसाद देवकोटा।
प्रकाशित: शनिबार, कात्तिक २९, २०७७ ११:५७
सारांशमा :
  • देवकोटाजीका कुरा मलाई हो कि होइन जस्तो लाग्थ्यो।
  • एक दिन उहाँले ‘म सङ्‍गीत सिक्छु, तपाईं मेरो घरमा आउनुहोस्’ भनेर मलाई आफ्नो निवासमै डाक्नुभयो।
  • उहाँलाई मैले श्यामदासले लेखेको ‘तिम्रै निम्ति बाँचिरहेछु’ भन्ने बोलको गीत सिकाएको थिएँ।
पूरा पढ्नुहोस्

सिफारिस