२०७७ मंसिर ९, मंगलबार

न्हु दँया भिन्तुना, नेपाल संवत् ११४१ को

न्हु दँया भिन्तुना। अर्थात् नयाँ वर्षको शुभकामना।

नेपाल संवत् ११४१ नयाँ वर्ष सुरु हुँदै छ। संवत् गणना गर्ने मुख्यत: दुई आधार छन्, पहिलो चन्द्रमाले पृथ्वीलाई गर्ने परिक्रमको आधारमा भयो, अर्को सूर्यको आधारमा। नेपाल संवत् चन्द्रको गतिको आधारमा तय हुने गर्दछ। त्यसो भनेको यो चन्द्रमासमा आधारित छ।

कार्तिक शुक्ल पक्षदेखि नेपाल संवतको नयाँ वर्ष सुरु हुन्छ। तिथिमितिको आधारमा भन्ने हो भने यो संवत् कार्तिक शुक्लपक्षको प्रतिपदादेखि सुरु हुन्छ।

यो नेपालको संस्कृति तथा परम्परासँग ठ्याक्कै जोडिएको छ, यो नै नेपाल संवतको सबैभन्दा ठूलो विशेषता हो। नेपाल संवतकाे सबैभन्दा ठूलो विशेषता भन्नु नै यसै आधारमा नेपालका लगभग सबै चाडपर्व, जात्रा र उत्सव तय हुनु र त्यसै अनुसार मनाइनु हो। नेपाल संवतमै टिकेर जात्रा पर्व तय हुन्छ। नेपाल संवतकाे सबैभन्दा ठूलो साँस्कृतिक पक्ष भनेको नै नेपालका माैलिक परम्परा यसमै आधारित हुनु हो। हाम्रोमा शुभ साइत हेर्नु पर्ने हो अथवा केही नयाँ स्थापना गर्ने पर्ने हो, त्यो सबै यसै संवतकाे आधारमा तय गरिन्छ।

जन्मदेखि मृत्युसम्म जति पनि विधि अपनाउनुपर्ने हुन्छ, त्यो तिथिमा मै आधारित हुन्छन्। त्यसैले पनि यसलाई यो नेपालको मौलिक संवत् हो भनिन्छ। इतिहास पल्टाउने हो भने लिच्छवीकालका बेला कुन संवत् चलनचल्तीमा थियो, त्यसबारे एक प्रकारको विवाद पाइन्छ, इतिहासकारहरूमा एक मत छैन। लिच्छवीकालपछि भने हाम्रोमा नयाँ संवत् चलनचल्तीमा आएको देखिन्छ र यो नै नेपाल संवत् हो, कम्तीमा यो तथ्यमा भने सबै इतिहासकार सहमत छन्।

केही समय अगाडिसम्म नेवार जातिले मनाउने विशेष पर्वको रूपमा यसको ब्याख्या गर्ने गरिन्थ्यो। यो एक प्रकारको संकुचित धारणा हो, यो हामी सबैको हो, नेपालकै हो। अझ भन्दा नेपालको मौलिक संवत्।

मल्लकाल आइपुगेपछि भने नेपाल संवतकाे चलन व्यापक भएको पाइन्छ। यो यही समय हो, जति बेला यो संवतले अत्याधिक महत्त्व पनि पायो। मल्लकालयताका जति पनि अभिलेख छन्, त्यसमध्ये अधिकांशमा नेपाल संवत् नै प्रयोग भएको पाइन्छ। यसले पनि यसको ऐतिहासिकता र महत्त्व धेरै भएको हो। नेपालको इतिहास लेख्ने हो भने, विशेषत: मल्लकालबारे अध्ययन गर्ने हो भने नेपाल संवतमा टिकेर नै अनुसन्धान गर्नुपर्ने हुन्छ।

राणाकालमा आएर सरकारी तवरबाट यसलाई बेवास्ता गर्न सुरु भयो। राणाहरूले यसको प्रयोगमा उदासीनता मात्र देखाएनन्, यसलाई निस्तेज गर्ने प्रयास नै गरे, तर उनीहरू सफल भने भएनन्। यसको एक मात्र ठोस कारण हो, नेपालका प्रत्येक पर्व चाडपर्व यसमै आधारित हुनु। त्यसैले पनि यो चलन चल्तीमै रह्यो। शासक वर्गले यसलाई प्रयोगमा नल्याए पनि यसलाई आमजनताले भने आफ्नो दैनिक जीवनमै अभ्यस्त बनाइराखे।

त्यसैले त यो संवतकाे प्रयोग र महत्त्व दुवै कहिले पनि हराएन। पछिल्लो समय यसलाई नेपालकै मौलिक संवत् मानेर यसको प्रयोग र प्रचार बढ्दो छ। केही समय अगाडिसम्म नेवार जातिले मनाउने विशेष पर्वको रूपमा यसको ब्याख्या गर्ने गरिन्थ्यो। यो एक प्रकारको संकुचित धारणा हो, यो हामी सबैको हो, नेपालकै हो। अझ भन्दा नेपालको मौलिक संवत्। त्यसैले सबैले भन्नै पर्छ, न्हु दँया भिन्तुना अर्थात् नयाँ वर्षको शुभकामना, नेपाल संवत् ११४१ को।

विचार / अन्तर्वार्ता जीवनशैली

न्हु दँया भिन्तुना, नेपाल संवत् ११४१ को

प्रकाशित: आईतबार, कात्तिक ३०, २०७७ ०९:२६
  • नेपाल संवत् चन्द्रको गतिको आधारमा तय हुने गर्दछ।
  • यो नेपालको संस्कृति तथा परम्परासँग ठ्याक्कै जोडिएको छ, यो नै नेपाल संवतको सबैभन्दा ठूलो विशेषता हो।
  • पछिल्लो समय यसलाई नेपालकै मौलिक संवत् मानेर यसको प्रयोग र प्रचार बढ्दो छ।

सिफारिस