२०७७ मंसिर ९, मंगलबार

म्ह:पूजाको दार्शनिक पक्ष

लक्ष्मी पूजाको भोलिपल्टबाट सुरु हुन्छ, नेपाल संवतको नयाँ वर्ष। यही दिन नेवार समुदायमा मनाइन्छ, ‘म्ह:पूजा’। यसपल्ट केहीले आइतबार नै म्ह:पूजा मनाइसके। 

अधिकांशले भने आज सोमबार यसलाई मनाउँदै छन्। यो लेखका हामी केन्द्रित हुन चाहेका होइनौं, बरू म्ह:पूजाको दार्शनिक पक्षको चर्चा गर्ने प्रयास गर्नेछौं। म्ह:पूजा ठ्याक्कै नेपाल भाषाको शब्दावली हो र यसको अर्थ हुन्छ, शरीर पूजा। म्ह अर्थात् शरीर। 

नयाँ वर्षको पहिलो दिन आफ्नै शरीरलाई पूजा गर्ने परम्परा आफैंमा विशिष्ट र मौलिक रहेको मान्न सकिन्छ, त्यो पनि आफैंले। म्ह:पूजा गर्ने दिन केही विधि भने पुर्‍याउनुपर्ने हुन्छ। जस्तो, म्ह:पूजाको दिन विहान सबेरै उठेर नुहाउने काम हुन्छ। नसक्नेले कम्तीमा राम्रोसँग हातमुख धुने चलन छ। सक्नेले सक्दो सुकिलो र नयाँ लुगा लगाउने पनि गरिन्छ। म्ह:पूजा गर्ने स्थान निश्चित गरेपछि त्यसलाई सफा सुग्घर राखिन्छ। यस्तै म्ह:पूजाका क्रममा प्रयोग हुने सामग्रीलाई पनि सफा गरिन्छ। 

गोबरले भुइँ लिप्नुपर्छ, भलै यो चलन भने केही हदसम्म हराएको छ। परिवारमा सदस्यको संख्या जति छ, त्यसैअनुसार पूजा सामान र त्यसमा प्रयोग हुने अरु सामग्रीको व्यवस्था गर्ने गरिन्छ। सगुनका लागि विशेष खाले पूजा थालीका रूपमा कोत:लाई प्रयोग गरिन्छ। फूलमा सयपत्री, भीमसेनपाती, मखमली र गोदावरी चाहिन्छ। यस्तै पूजाका क्रममा सिन्दुर, अक्षता, नैवद्य, इता (सानो बत्ती), जजंका (जनै) पनि प्रयोगमा आउँछ। 

सगुनमा हाँसको फुल नै चाहिन्छ, यो अर्को महत्त्वपूर्ण पक्ष भयो। यस्तै सिंगो माछाको आवश्यकता हुन्छ। भोजमा भने यस्तै हुनुपर्छ भन्ने हुन्न, त्यो आफूखुसी हुन्छ। भोज व्यक्ति विशेष र परिवारको निर्भर हुन्छ, किनभने यो आफूखुसी गर्ने काम हो। सूर्य उदय हुने पूर्व अथवा अस्त हुने पश्चिम दिशातिर फर्केर म्ह:पूजा गरिन्छ। दक्षिण र उत्तर दिशातर्फ फर्केर म्ह:पूजा गरिन्न। यही स्थानका अभाव अथवा अप्ठ्यारो छ भने कम्तीमा परिवारको मूलले भएपनि पूर्व अथवा पश्चिम दिशातर्फ फर्केर आसन लगाउने गरिन्छ।

म्ह:पूजाको दिन बौद्ध नेवारले बुद्ध, धर्म र संघ, कुलदेवता तथा इष्ट देवताको पूजा गर्ने गर्छन्। यस्तै हिन्दू नेवारले भने बलि राजाको पूजा। यी दुवै पूजाको मूल आयस भने एउटै छ, त्याग र दान शीलताको भावना। मानिसले आफ्नो जीवन सबै प्राणीको हित र उद्धारका लागि तल्लीन हुन सकोस् भनेर कामना गर्दै  प्रत्येक वर्ष नयाँ वर्षको अवसरमा आफ्नै शरीरको पूजा गरिन्छ। 

म्ह:पूजा गर्ने जति परिवारका सदस्य छन्, ती सबैको अगाडि जलमण्डल बनाउनुपर्छ। त्यही जल मण्डलको बीचमा पाँच वटा तेलको चक्का बनाउनु पर्छ। यो चिकंमन्द (तेल मण्डल) का रूपमा प्रसिद्ध छ। त्यस मण्डलको नजिक बस्नेले त्यसमा पनि पूजा गर्ने गर्छन्। परिवारको कोही सदस्य बिरामी छन् अथवा घरबाहिर विदेशमा छन् भने पनि उनको प्रतिनिधित्व गर्दै मण्डल बनाइने गरिन्छ। यो म्ह:पूजाको अर्को एउटा विशिष्ट पक्ष हो। 

पूजाका क्रममा पुरुषले टोपी लगाउँछन्। यस्तै महिलाले दायाँ हात बाहिर निकालेर पछ्यौरा ओढ्ने गर्छन्। यो परम्परा अहिलेसम्म पनि कायम छ। अब दार्शनिक पक्ष।

म्ह:पूजाका बेला मंगलका सबै प्रतीक फलफूल, माछा, फूल आदि ग्रहण गर्ने परम्परा रहेको छ। शरीरको तान्त्रिक विधिबाट पूजा गरिन्छ। वर्षभरि चोट नलाग्ने, बिरामी नहुने, सुख शान्ति प्राप्त हुने कामना पनि गरिन्छ। त्यसैले परिवारको सबै सदस्य एकै स्थानमा भेला भएर सामूहिक पूजा गर्छन्।

म्ह:पूजाको दिन बौद्ध नेवारले बुद्ध, धर्म र संघ, कुलदेवता तथा इष्ट देवताको पूजा गर्ने गर्छन्। यस्तै हिन्दू नेवारले भने बलि राजाको पूजा। यी दुवै पूजाको मूल आयस भने एउटै छ, त्याग र दान शीलताको भावना। मानिसले आफ्नो जीवन सबै प्राणीको हित र उद्धारका लागि तल्लीन हुन सकोस् भनेर कामना गर्दै  प्रत्येक वर्ष नयाँ वर्षको अवसरमा आफ्नै शरीरको पूजा गरिन्छ। आफूभित्रको लोभ, मोह, तृष्णा, लालसा आदिलाई त्यागेर सबै प्राणीको उद्धार गर्न सकोस भनेर नै प्रतीकात्मक रूपले नै म्ह:पूजा गरिन्छ। 

म्ह:पूजाको क्रममा प्रयोगमा आउने मखमलको फूल र ओखर त्याग भावनाका लागि प्रेरणा मानिन्छ। ओखर कहिले पनि कुहिँदैन। त्यसैले यो स्वास्थ लाभ होस् भनेर गरिने कामना हो। फूल, माछा र फलफूलको मिश्रण त शक्तिको प्रतीक भयो नै। माछालाई प्रज्ञाको प्रतीक मानिन्छ, फूललाई भने करुणा। कमलको फूलको आठ भागले आठ दिशा तथा अष्टांगिक मार्गको प्रतिनिधित्व गर्छ। यो अर्थमा म्ह:पूजा खालि पूजामै मात्र सीमित छैन, यसमा विशिष्ट दार्शनिक पक्ष लुकेको छ।

विचार / अन्तर्वार्ता जीवनशैली

म्ह:पूजाको दार्शनिक पक्ष

प्रकाशित: सोमबार, मंसिर १, २०७७ ०८:३०
सारांशमा :
  • नयाँ वर्षको पहिलो दिन आफ्नै शरीरलाई पूजा गर्ने परम्परा आफैंमा विशिष्ट र मौलिक रहेको मान्न सकिन्छ, त्यो पनि आफैंले। म्ह:पूजा गर्ने दिन केही विधि भने पुर्‍याउनुपर्ने हुन्छ।
  • म्ह:पूजाको क्रममा प्रयोगमा आउने मखमलको फूल र ओखर त्याग भावनाका लागि प्रेरणा मानिन्छ।
  • म्ह:पूजा खालि पूजामै मात्र सीमित छैन, यसमा विशिष्ट दार्शनिक पक्ष लुकेको छ।
पूरा पढ्नुहोस्

सिफारिस