२०७७ मंसिर ११, बिहिबार

एउटा व्यापारिक कम्पनीले कसरी लुट्यो भारतको स्वतन्त्रता ?

काठमाडौं। त्यो १६औं शताब्दिको अन्तिम वर्ष थियो। संसारको कुल उत्पादनको एकचौथाइ सामान भारतमा बन्थ्यो। यही कारण भारतलाई ‘सुनको चरा’ भनिन्थ्यो। त्यसबखत दिल्लीको सत्तामा मुगल बादशाह जलालुद्दीन मुहम्मद अकबरको राज थियो।

उनी संसारकै सबैभन्दा धनी बादशाहमध्ये एक थिए। अर्कोतिर ब्रिटेन गृहयुद्धबाट मुक्त हुँदै थियो। ब्रिटेनको अर्थव्यवस्था कृषिमा निर्भर थियो। र, संसारको कुल उत्पादनको करिब तीन प्रतिशत सामान त्यहाँ उत्पादन हुन्थ्यो।

ब्रिटेनमा महारानी एलिजाबेथ प्रथमको शासन थियो। युरोपका प्रमुख शक्तिमा पोर्चुगल, स्पेनले व्यापारमा ब्रिटेनलाई निकै पछाडि पारिदिएका थिए। ब्रिटेनका समुद्री डाँकुहरु पोर्चुगल तथा स्पेनका व्यापारिक जहाज लुटेर सन्तुष्ट हुन्थे।

बेलायतमा एकजना घुमन्ते व्यापारी थिए, राल्फ फिच नामका। उनी हिन्द महासागर, मेसोपोटामिया, फारसका खाडी तथा दक्षिणपूर्वी एसियाको यात्रामा निस्कँदा भारतको समृद्धिबारे थाहा पाए।

उनको यात्रा यति लामो थियो कि, बेलायत फर्कनुअघि नै उनलाई मृत घोषित गर्दै उनको सम्पत्ति वारिसको नाममा सारिएको थियो। पूर्वबाट मसला (सम्पत्ति) हात पार्न लेभेन्ट कम्पनीले गरेको दुई पटकको प्रयास असफल भइसकेको थियो।

भारतबारे फिचले दिएको जानकारीका आधारमा अर्का एकजना घुमन्ते सर जेम्स ल्यांकेस्टरसहित बेलायतका २०० जना अधिक प्रभावशाली तथा व्यावसायिक पेशेवरहरु भारत आउने विचार गर्न थाले।

उनीहरुले सन् १६०० को डिसेम्बर ३१ तारिखका दिन एउटा नयाँ कम्पनीको जग हाले र महारानीबाट पूर्वी एसियामा व्यापार एकाधिकारको हक हात पारे। यो कम्पनीको थुप्रै नाम छ, तर यसलाई ‘इस्ट इन्डिया कम्पनी’का रुपमा बढी चिनिन्छ।

सुरुआती वर्षमा अन्य क्षेत्रहरुको यात्रा गरिसकेपछि १६०८ अगस्टमा क्याप्टेन विलियम हकिन्सले भारतको सुरत बन्दरगाहमा आफ्नो जहाज ‘हेक्टर’मा सहारा (अड्याउने) जोड्दै इस्ट इन्डिया कम्पनी भारत आउने घोषणा गरे।

हिन्द महासागरमा बेलायतका व्यापारिक प्रतिद्वन्द्वी डच तथा पोर्चुगाली पहिलादेखि नै थिए। त्यसबखत कसैले अनुमान गर्न र सोच्न पनि सकेन, कुनै समय यो कम्पनीले आफ्नो देशभन्दा बीस गुना ठूलो, संसारको सबैभन्दा धनी देशमध्ये एक तथा विशाल आवादीमाथि सीधै शासन गर्नेवाला छ!

त्यसबेलासम्म बादशाह अकबरको निधन भइसकेको थियो। सम्पत्तिको सन्दर्भमा त्यो समयमा अकबरसँग प्रतिस्पर्धा गर्न सक्ने चीनका मिङ राजवंश मात्रै थिए।
खाफी खान निजामुल–मुल्कको किताब ‘मुन्तखबुल–बाब’मा अकबरको सम्पत्ति उल्लेख गरिएको छ। उनीसँग पाँच हजार हात्ती, १२ हजार घोडा, एक हजार चितुवा, १० करोड नगद, सय तोलोदेखि पाँच सय तोलासम्मका हजार अशर्फी, दुई सय ७२ मन कच्चा सुन, तीन सयम ७० मन चाँदी, एक मन जवाहरात (त्यसको मूल्य तीन करोड रुपैयाँ पथ्र्यो) थियो।

अकबरका उत्तराधिकारी सलिम, नुरुद्दीन, जहाँगिर उपाधिसहित सत्तामा आसिन भइसकेका थिए। शासनमा सुधार ल्याउने अभियानअन्तर्गत दण्ड दिँदा कान, नाक तथा हात काट्ने चलन हटिसकेको थियो। सडक, इनारलगायतका विकासका काम तथा अस्पतामा निःशुल्क उपचारको व्यवस्था हुँदै थियो।

मुगल बादशाहलाई फकाउने कोसिस

विश्व विख्यात इतिहासकार विलियम डेलरिम्पलका अनुसार हकिन्सले बुझिसकेका थिए कि, ४० लाख मुगल सेनासँग युद्ध गर्न सकिँदैन। व्यापार गर्नका लागि बादशाहको स्वीकृति र सहयोग आवश्यक थियो। हकिन्स एक वर्षभित्रै मुगल राजधानी आगरा पुगे।

कम पढेका हकिन्सलाई व्यापार गर्नका लागि जहाँगिरले अनुमति दिएनन्। त्यसपछि संसद्का सदस्य तथा राजदूत सर थोमस रोलाई शाही दूतका रुपमा भारत पठाइयो। थोमस १६१५ मा आगरा पुगे। उनले राजालाई अमूल्य उपहारसहित भेट गरे, जसमा सिकारी कुकुर र उनलाई मन पर्ने रक्सी पनि थियो।

बेलायतसँग सम्बन्ध राख्ने कुरा जहाँगिरको प्राथमिकतामा थिएन। थोमस रोका अनुसार, बादशाहले व्यापारको कुरा कहिल्यै गरेनन् बरु घोडा, कलाकृति र रक्सीबारे चर्चा गर्ने गर्थे। तीन वर्षसम्म अनुनय–विनय गरेपछि बल्ल थोमसलाई सफलता मिल्यो। जहाँगिरले इस्ट इन्डिया कम्पनीसँग एउटा व्यापारिक सम्झौतामा हस्ताक्षर गरे।

सम्झौतापश्चात्, कम्पनी र बेलायतका सबै व्यापारीले उपमहाद्वीपका प्रत्येक बन्दरगाह किन्ने–बेच्ने कार्य गर्न स्वीकृति पाए। बेलायती व्यापारीले भारतीय सामान किन्ने र बेच्ने काम गरेर खुबै पैसा कमाउन थाले। इस्ट इन्डिया कम्पनी निकै धनी हुँदै गयो।

मुगलसँग कम्पनीको आमनेसामने

ब्रिटिस सम्राट चाल्र्स द्वितीयले इस्ट इन्डिया कम्पनीलाई विदेशमा युद्ध लड्न र उपनिवेश स्थापित गर्न अनुमति दिए। ब्रिटिस सेनाको सशस्त्र बलले भारतमा रहेका पोर्चुगाली, डच तथा फ्रान्सेली प्रतिद्वन्द्वीलाई जिते। विस्तारैविस्तारै तिनले बंगालको तटीय क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिए।

१७औं शताब्दि पुग्दा तिनले एक पटक मात्रै मुगलसँग आमनेसामने गरे। १६८१ मा कम्पनीका कर्मचारीले आफ्ना निर्देशक सर चाइल्डसँग बंगालमा मुगल बादशाह औरंगजेबका भान्जा र अन्य अधिकारीले आफूहरुलाई दुःख दिएको कुरा लगाइदिए।

सर चाइल्डले सैन्य सहायतका लागि आफ्ना सम्राटलाई पत्र लेखे। १६८६ मा १९ युद्धपोत, दुई सय तोप तथा ६ सय सैनिकसहितको नौसैनिक जहाज लन्डनबाट बंगालतर्फ पठाइयो।

मुगल बादशाहका सेना पनि तयार थिए। त्यो युद्धमा मुगलले जिते। १६९५ मा बेलायती समुद्री डाँकु हेनरी एभरीले औरंगजेबका दुई वटा समुद्री जहाज लुटे। त्यसमा रहेका खजानाको मूल्य लगभग सात लाख ब्रिटिस पाउन्डबराबर थियो।

इतिहासकार डेलरिम्पलका अनुसार त्यसबखत मुगल सेनाले बेलायती सेनालाई नराम्ररी पराजित गरे। बंगालमा रहेका कम्पनीका पाँच कारखाना नष्ट गरिदिए र सबै अंग्रेजलाई त्यहाँबाट धपाए।

सुरत र बम्बईमा रहेका कारखाना बन्द गरिदिए। कम्पनीका कर्मचारीलाई सजायँस्वरुप जन्जिरले बाँधेर सहर परिक्रमा गर्दै अपमानित गरिदिए। बेलायती सम्राटले हेनरीको विरोध गर्दै मुगल बादशाहसँग माफी मागे।

औरंगजेब आलमगिरले १६९० मा कम्पनीलाई माफी दिए। १७औं शताब्दिको उत्तराद्र्धमा इस्ट इन्डिया कम्पनीले चीनबाट रेशम र माटोको भाँडा खरिद गथ्र्यो। सामानको भुक्तानी चाँदी दिएर गरिन्थ्यो। कम्पनीसँग चीनबाट सामान ल्याएवापत दिने उत्पादन केही थिएन, त्यसैले चाँदी दिनुपथ्र्यो।

कम्पनीले विस्तारै भुक्तानीको नयाँ उपाय निकाल्यो। कम्पनीले बंगालमा पपी खेती गर्न थाल्यो, बिहारमा अफिम बनाउने कारखाना स्थापना ग¥यो। यही अफिम तस्करी गरेर चीन पुर्‍याउन थालियो।

त्यस समय चीनमा अफिम निकै कम उपयोग हुन्थ्यो। कम्पनीले चिनियाँ एजेन्टमार्फत् त्यहाँका नागरिकसम्म अफिम प्रचुर मात्रामा उपलब्ध गराउन थाल्यो। यही अफिम व्यापारका माध्यमबाट कम्पनीले रेशम र भाँडाको भुक्तानी गर्ने र नाफा कमाउन थाल्यो।

चीन सरकारले जब अफिम रोक्ने कोसिस ग¥यो तब बेलायत र चीनबीच कयौं युद्ध हुन गयो। युद्धमा चीनको हार भयो र अपमानजक शर्त मान्न बाध्य गराइयो अनि थुप्रै सम्झौता भयो। चीन पुगेर नष्ट गरिएको अफिमको मूल्य तिराइयो, बन्दरगाह कब्जा गरियो। हङकङमाथि बेलायती आधिपत्य यही शृंखलाको एक कडी थियो।

१७०७ मा बादशाह औरंगजेबको निधनपश्चात्, देशका विभिन्न क्षेत्रका मानिस एकअर्काको विरुद्ध लाग्न थाले। यही परिस्थितिको फाइदा उठाउँदै कम्पनीले लाखौं स्थानीय जनतालाई सेनामा भर्ती गर्‍यो।

युरोपमा भएको औद्योगिक क्रान्तिले ती युद्धमा पनि आधुनिक र दक्ष बन्न पुगे। स्थानीयस्तरमा भर्ती गरिएको सेनासँग रहेको आधुनिकताले पुराना हतियारमात्र भएका मुगल, मराठी, सिख तथा अन्य स्थानीय नवाबका सेनालाई हराउन थाले।

कम्पनीले कलकत्तामा आफ्नो क्षमता बढाउन थाल्यो र सैनिक वृद्धि पनि गर्न थाल्यो। त्यहाँका नवाबले यसो नगर्न कम्पनीलाई आदेश दिए। तिनले आदेश टेरेनन्। नवाबले कलकत्तामा हमला गरेर आफ्नो कब्जामा लिए र बेलायती सैनिकलाई कैदी बनाए।

मिर जाफरको विश्वासघात र प्लासीको युद्ध

नवाबको सेनाका सेनापति मिर जाफरलाई शासक बन्ने इच्छा थियो। इस्ट इन्डिया कम्पनीले उनलाई आफ्नोतर्फ आकर्षित ग¥यो। १७५७, जुन २३ मा प्लासीमा कम्पनी र नवाबको सेनाबीच युद्ध भयो।

पर्याप्त तोपगोला र मिरको विश्वासघातका कारण बेलायती सेनाले युद्ध जित्यो। मिरलाई तिनले बंगालको सिंहासनमा बसालिदिए। कम्पनीले मिरसँग थुप्रै कुरा असुल्न थाले। त्यसपछि भारतमा लुटपाटको युग आरम्भ भयो। मिर विस्तारै कमजोर हुन थाले, उनले आफ्नो मुक्तिका लागि डच सेनासँग सहयोग मागे।

१७५९ र त्यसपछि १७६४ मा विजय पाएपछि कम्पनीले बंगालमा आफ्नो प्रशासन स्थापना ग¥यो। कम्पनीले नयाँखालका विभिन्न करको बोझ लाद्यो, सस्तोमा बंगाली उत्पादन किनेर अन्य देशमा महँगोमा बेच्न थाल्यो। १८औं शताब्दिको पूर्वाद्धमा बेलायती व्यापारी चाँदीसँग भारतीय कपास र चामल साट्थे।

प्लासीको युद्धपछि कम्पनीले आर्थिक तथा राजस्व प्रणालीको मद्दतबाट भारतसँग व्यापार एकाधिकार स्थापित ग¥यो। व्यापारिक मात्र होइन अन्य सामान खरिद–बिक्रीमा अनेक बाध्यता सिर्जना गरियो।

इस्ट इन्डिया कम्पनीको खराब शासन

इतिहासकार, आलोचक तथा पत्रकार बारी अलिगले आफ्नो पुस्तक ‘कम्पनी की हुकुमत’मा लेखेका छन्, ‘संसारका प्रत्येक देशका व्यापारी भारतसँग कारोबार गर्थे। महान्, सभ्य र श्रेष्ठ मानिसले ढाका र मुर्शिदावादको मलमल प्रयोग गर्ने बुझाइ थियो।

युरोपका सबै देशमा ती दुई सहरका मलमल र चिकेन लोकप्रिय थियो।’ १८औं शताब्दिमा बेलायतमा ढाका र मुर्शिदाबादको मलमलको एकदमै माग थियो। सरकारले यसलाई रोक्न कर बढाइदियो। त्यो समय भारत कपडाका साथै फलाममा समेत निकै धनी थियो।

एकजना अंग्रेजको भनाइ थियो, ‘आमअंग्रेजलाई बेलायती शासनभन्दा अघि भारतीय जनता निकै सुखी र समृद्ध थिए भनी बुझाउन निकै कठिन छ। व्यापारी र अन्य साहसी मानिसका लागि विभिन्न प्रकारका सुविधा उपलब्ध थियो। मलाई पूरा विश्वास छ, अंग्रेजको प्रवेशअघि भारतीय व्यापारी निकै आरामदायी जीवन बाँचिरहेका थिए।’

इस्ट इन्डिया कम्पनी खासमा त एक व्यापारी कम्पनी थियो। तर त्यो कम्पनीसँग अढाइ लाख सेनाको फौज थियो। जहाँ व्यापारबाट कुनै नाफा थिएन, त्यहाँ सेनाले नाफाको अवस्था निर्माण गरिदिन्थ्यो। कम्पनीको सेनाले ५० वर्षमा भारतका अधिकांश हिस्सामा कब्जा जमायो। राज्यको अधिकांश राजस्व ब्रिटिसको सन्दुकमा पुग्थ्यो, जनता विवश थिए।

१७६५, अगस्टमा इस्ट इन्डिया कम्पनीले मुगल बादशाह शाह आलमलाई जिते। लर्ड क्लाइभले पूर्वी प्रान्त बंगाल, बिहार तथा उडिसाबाट राजस्व असुल गर्ने र जनतालाई नियन्त्रण गर्ने अधिकार लिए। त्यसबखत वार्षिक २६ लाख रुपैयाँ राजस्य उठ्थ्यो।
त्यसपछि भारत कम्पनीको शासनको अधिनमा गयो। इतिहासकार सैयद हसन रियाजका अनुसार त्यस समय जनतामा ‘दुनियाँ खुदा की, मुल्क बादशाह का और हुक्म कम्पनी बहादुर का’ भन्ने भनाइ प्रचलित थियो।

शाही परिवारको विलाशिता

मुगल शासनको अन्तिम दिनसम्म पनि जनताको रगतपसिना निचोरेर धनसम्पत्ति एकत्र गरिन्थ्यो। त्यस्तो धन शाही परिवारको विलाशितामा खर्च हुन्थ्यो। मुगल युवराज (सुल्तान) आफ्नो आलस्य, निष्क्रियता, कायरता र विलाशितका लागि कुख्यात थिए।
१७६९ देखि १७७३ सम्म बिहारदेखि बंगालसम्मको दक्षिणी भेग अनिकाल प्रभावित थियो।

त्यसबखत खान नपाएर त्यहाँ लाखौं मानिसको ज्यान गएको अनुमान गरिन्छ। प्रतिकूल मौसम तथा कम्पनीले लगाएको अव्यावहारिक करका कारण गाउँका मानिस कंगाल भएका थिए। नोबेल पुरस्कार विजेता अर्थशास्त्री अमत्र्य सेनका अनुसार बंगालको अनिकाल मानवनिर्मित थियो।

कुनै पनि खालको विवादमा इस्ट इन्डिया कम्पनीले स्थानीय शासकको सहयोगका लागि आफ्ना सेनालाई भाडामा दिने गथ्र्यो। त्यस्तो भाडाको बोझले स्थानीय शासकसमेत कंगाल हुँदै गए र शासनमा आफ्नो अधिकार गुमाउँदै गए।

यसरी कम्पनी आफ्नो पंखा फिजाउँदै जान थाल्यो। कम्पनीले मानवीय त्रासदीबाट समेत खुबै फाइदा उठायो। अत्यवाश्यक सामानको बजारभाउ ह्वात्तै बढाएर फाइदा कमायो। अव्यावहारिक कर लगाएर जनताको ढाड भाँच्यो। मानिसहरु खानेकुराका लागि आफ्ना बालबालिका बेच्न थाले।

मैसुरका शासक टिपु सुल्तान एकजनाले मात्रै कम्पनीलाई युद्धमा दुई पटक हराउन सके। उनले फ्रान्सको प्राविधिक सहयोगमा सफलता पाएका थिए। तर कम्पनीले भारतका अन्य शासकलाई हातमा लिएर टिपुलाई हराए।

१८१३ मा ब्रिटिस संसद्ले भारतमा कम्पनीको व्यापार एकाधिकार समाप्त गरिदियो र अन्य बेलायती कम्पनीले पनि काम गर्न पाउने तथा कार्यालय खोल्न पाउने अनुमति दियो। भारत विस्तौ औद्योगिक देशबाट कृषिप्रधान देश बन्न पुग्यो।

भारतका स्थानीय तथा पुराना कपडा उद्योग बन्द गरेर बेलायती उद्योग स्थापना गरियो। बेलायतबाट भारतमा निर्यात ह्वात्तै बढ्यो। १८१५ मा निर्यात २५ लाख पाउन्ड थियो भने १८२२ मा बढेर ४८ लाख पाउन्ड भयो।

१८३३ मा ब्रिटिस संसद्ले एउटा कानुन पारित ग¥यो, त्यसमा इस्ट इन्डिया कम्पनीको व्यापार गर्ने अधिकार खोसियो र त्यसलाई एउटा सरकारी संस्थानमा परिवर्तन गरियो। 

इतिहासकार डेलरिम्पलका अनुसार ‘इतिहासको एउटा अनौठो उदाहरण के हो भने, १८औं शताब्दिको मध्यमा एक निजी कम्पनीले आफ्नो थलसेना र नौसेनाको मद्दतबाट २० करोड आवादी भएको एक देशलाई गुलाम बनाइदियो’।

१८३५मा भारतमा अंग्रेजी साहित्य र भाषा बलियो पार्न लगानी गरियो। १८५७ को स्वतन्त्रता संग्राम (कम्पनीका अनुसार विद्रोह)मा कम्पनीका हजारौं मानिसलाई बजार, सडकमा झुन्डाएर मारियो। ब्रिटिस उपनिवेशकालको यो सबैभन्दा ठूलो नरसंहार थियो।

स्वतन्त्रता संग्रामको एक वर्षपछि नोभेम्बरमा बेलायती महारानी भिक्टोरियाले कम्पनीको अधिकार समाप्त गर्दै शासनको बागडोर सीधै आफ्नो हातमा लिइन्। कम्पनीका सेनालाई ब्रिटिस सेनामा विलय गरियो। कम्पनी १८७४ सम्म चल्यो।

सोही वर्ष, बेलायती अखबार ‘दि टाइम्स’ले २ जनवरीमा लेख्यो, ‘यसले मानवजातिको इतिहासमा यस्तो काम गर्‍यो, जस्तो कुनै पनि कम्पनीले गर्दैन। आगामी समयमा कसैले यस्तो गर्ने सम्भावना छैन।’

त्यसपछि भारत बेलायतकी महारानीको शासनको अधिनमा रह्यो। १९४७ सम्म भारत बेलायती उपनिवेशमा रह्यो।
(बीबीसीमा आधारित)

राजनीति

एउटा व्यापारिक कम्पनीले कसरी लुट्यो भारतको स्वतन्त्रता ?

प्रकाशित: मंगलबार, मंसिर २, २०७७ ०८:२६
सारांशमा :
  • १६औं शताब्दिको अन्तिम वर्षसम्म संसारको कुल उत्पादनको एकचौथाइ सामान भारतमा बन्थ्यो। यही कारण भारतलाई ‘सुनको चरा’ भनिन्थ्यो।
  • सन् १६०० को डिसेम्बर ३१ तारिखका दिन एउटा नयाँ कम्पनीको जग हाले र महारानीबाट पूर्वी एसियामा व्यापार एकाधिकारको हक हात पारे। यो कम्पनीको थुप्रै नाम छ, तर यसलाई ‘इस्ट इन्डिया कम्पनी’का रुपमा बढी चिनिन्छ।
  • आमअंग्रेजलाई बेलायती शासनभन्दा अघि भारतीय जनता निकै सुखी र समृद्ध थिए भनी बुझाउन निकै कठिन छ।
  • १८औं शताब्दिको मध्यमा एक निजी कम्पनीले आफ्नो थलसेना र नौसेनाको मद्दतबाट २० करोड आवादी भएको एक देशलाई गुलाम बनाइदियो।
पूरा पढ्नुहोस्

सिफारिस