२०७७ मंसिर ९, मंगलबार

एकै वर्ष १२ हजार ७ सयभन्दा बढी नेपाली विद्यार्थी गए अमेरिका, अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीमा १२ औँ ठूलो सङ्ख्या नेपालीको 

काठमाडौँ। अमेरिकामा आर्थिक वर्ष २०१९/२० मा अध्ययन गर्न गएका अन्तर्राष्ट्रिय (विदेशी) विद्यार्थीमा १२ औँ ठूलो सङ्ख्या नेपालीको रहेको छ। 

इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसन र यु.एस. डिपार्टमेन्ट अफ स्टेट ब्युरो अफ एजुकेशन एण्ड कल्चरल अफेयर्सले सोमबार जारी गरेको रिपोर्टमा अमेरिकामा गत आर्थिक वर्ष भर्ना भएका अन्तर्राष्ट्रिय विद्यार्थीमा १२ औँ ठूलो सङ्ख्या नेपालीको देखाइएको छ। उक्त रिपोर्ट ओपन डोर्सले तयार पारेको हो। 

रिपोर्टमा आर्थिक वर्ष २०१९/२० अमेरिकामा १२,७३० जना नेपाली विद्यार्थी अध्ययनको लागि त्यहाँका विभिन्न विश्वविद्यालय तथा कलेजहरूमा भर्ना भएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा २०१९/२० मा अमेरिकामा भर्ना हुने नेपाली विद्यार्थीको सङ्ख्या ३.८ प्रतिशतले घटेको छ।

अमेरिकामा भर्ना भएका अन्तर्राष्ट्रिय विद्यार्थीमा ५३ प्रतिशत हिस्सा चिनियाँ र भारतीय विद्यार्थीको मात्र रहेको छ।

रिपोर्टअनुसार आर्थिक वर्ष २०१८/१९ मा अमेरिकामा १३,२२९ जना नेपाली विद्यार्थी भर्ना भएका थिए।

आर्थिक वर्ष २०१९/२० मा अमेरिकामा भर्ना भएका कूल अन्तर्राष्ट्रिय विद्यार्थीको १.२ प्रतिशत हिस्सा नेपाली विद्यार्थीको रहेको छ। अमेरिकामा सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विद्यार्थी सङ्ख्या चिनियाँ र भारतीयको रहेको छ। 

आर्थिक वर्ष २०१९/२० मा अमेरिकामा भर्ना भएका अन्तर्राष्ट्रिय विद्यार्थीमा ५३ प्रतिशत हिस्सा चिनियाँ र भारतीय विद्यार्थीको मात्र रहेको छ। उक्त वर्ष अमेरिकामा चिनियाँ विद्यार्थी ३,७२,५३२ जना र भारतीय विद्यार्थी १,९३,१२४ जना भर्ना भएका थिए।

आर्थिक वर्ष २०१९/२० मा अमेरिकामा कूल १०,७५,४९६ जना अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना भएका थिए। अमेरिकामा सबैभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी क्रमशः चीन, भारत, दक्षिण कोरिया, साउदी अरेबिया, क्यानडा, भियतनाम, ताइवान, जापान, ब्राजिल, मेक्सिको, नाइजेरिया, नेपाल, इरान र बेलायतबाट गएका छन्।

आर्थिक वर्ष २०१८/१९ को तुलनामा २०१९/२० मा अमेरिकामा भर्ना हुने अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्यामा १.८ प्रतिशतले गिरावट आएको छ। आर्थिक वर्ष २०१८/१९ मा अमेरिकामा १० लाख ९५ हजार २९९ जना अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना भएका थिए। 

अमेरिका अध्ययन गर्न जाने सबैभन्दा धेरै विद्यार्थीको रोजाइ इन्जिनियरिङ हुने गरेको छ।

अमेरिका अध्ययन गर्न जाने सबैभन्दा धेरै विद्यार्थीको रोजाइ इन्जिनियरिङ हुने गरेको छ। गत आर्थिक वर्ष अमेरिका भर्ना भएकाहरूमध्ये २,२०,५४२ जनाको रोजाइमा इन्जिनियरिङ विषय परेको थियो। 

इन्जिनियरिङपछि क्रमशः गणित तथा कम्प्युटर विज्ञान, व्यवस्थापन, सामाजिक शिक्षा, भौतिक तथा जीवन विज्ञान, आटर््स, स्वास्थ्य, सञ्चार तथा पत्रकारिता, इन्टेन्सिभ इङ्ग्लिस, मानविकी, कानून, शिक्षा र कृषि विषय धेरैको रोजाइमा पर्ने गरेको छ। 

शिक्षा बाहिरको नेपाल

एकै वर्ष १२ हजार ७ सयभन्दा बढी नेपाली विद्यार्थी गए अमेरिका, अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीमा १२ औँ ठूलो सङ्ख्या नेपालीको 

प्रकाशित: मंगलबार, मंसिर २, २०७७ १७:२८
सारांशमा :
  • आर्थिक वर्ष २०१९/२० अमेरिकामा १२,७३० जना नेपाली विद्यार्थी अध्ययनका लागि त्यहाँका विभिन्न विश्वविद्यालय तथा कलेजहरूमा भर्ना भएका छन्। 
  • अघिल्लो आर्थिक वर्षको तुलनामा २०१९/२० मा अमेरिकामा भर्ना हुने नेपाली विद्यार्थीको सङ्ख्या ३.८ प्रतिशतले घटेको छ। 
  • आर्थिक वर्ष २०१८/१९ मा अमेरिकामा १३,२२९ जना नेपाली विद्यार्थी भर्ना भएका थिए। 
पूरा पढ्नुहोस्

सिफारिस