२०७७ मंसिर ११, बिहिबार

नेपाललाई ६० लाख डोज कोरोनाविरुद्धको खोप दिने प्रतिबद्धता

काठमाडौँ। विश्वव्यापी महामारीविरुद्ध लड्न बन्ने खोपका लागि नेपालले ६० लाख डोजको प्रतिबद्धता पाएको छ। विश्वभर खतरनाक रोगविरुद्ध बालबालिकालाई खोप लगाउँने संस्था गाभी र खोप विकास, उत्पादन र विश्वव्यापी रूपमा समानुपातिक वितरणको अभियान कोभ्याक्सले जुनसुकै खोप बनेको खण्डमा नेपाललाई ६० लाख डोज दिने प्रतिबद्धता जनाएको हो। 

कोभ्याकले राष्ट्रप्रमुखलाई पत्र लेखेर उक्त प्रतिबद्धता जनाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले केही समयअगाडि कोभ्याक्सले खोप बनेको खण्डमा ६० लाख डोज उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताएका छन्। 

“कोभ्याक्सले राष्ट्रप्रमुखलाई पत्र पठाएर जुनसुकै खोप बनेको खण्डमा ६० लाख डोज उपलब्ध गराउँछौं भनेर प्रतिबद्धता जनाएको छ। स्वास्थ्य मन्त्रालयलाई पनि बोधार्थ गरिएको छ,” प्रवक्ता प्रा.डा. गौतमले देखापढीसँग भने।
 
उपलब्ध हुने खोपका लागि २० प्रतिशत नेपाल सरकारले बेहोर्नुपर्नेछ भने ८० प्रतिशत खर्च कोभ्याक्स अभियानले बेहोर्नेछ। 

“अहिलेसम्म हेर्दा एउटा खोपको १० डलर पर्छ भन्ने छ। त्यसमा दुई डलर हामीले तिर्छौँ भने ८ डलर कोभ्याक्सको तर्फबाट व्यवस्था हुनेछ। उक्त खोप प्राथमिकताका आधारमा लगाइन्छ,” उनले भने। 

उक्त खोप महामारीको फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतको समूहलाई लगाइनेछ। 

“उच्च जोखिममा रहेको जनसङ्ख्यालाई दिने गरी उक्त खोप उपलब्ध हुनेछ। बृद्धबद्धा, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरू प्राथमिकतामा पर्नेछन्।” गौतमले भने। 

खोपका लागि नेपालको तयारी के छ?

अहिले विश्वका धनी देशहरू तीब्र गतिमा खोप निर्माणतिर लागिरहेका छन्। केही कम्पनीका खोप तेस्रो चरणको परीक्षणमा छन्। तेस्रो चरण सफल भएको खण्डमा ति खोपहरू सर्वसाधारणलाई उपलब्ध गराइनेछन्। 

फाईजर कम्पनीले बनाएको खोपले ९० प्रतिशत सुरक्षा प्रदान गरेको देखाएको छ। त्यस्तै मोडर्ना कम्पनीले बनाएको खोपले ९५ प्रतिशत संक्रमण रोक्न सक्ने देखिएको छ।

नेपालले पनि कोरोना भाइरसविरुद्धको खोप खरिद गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद् बैठकले कोरोनाविरूद्ध खोप तयार भएका मुलुकबाट खरिदको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

त्यसका लागि अर्थ, परराष्ट्र र स्वास्थ्य मन्त्रालयका सचिव सदस्य रहेको समिति गठन गर्ने निर्णय गरेको थियो। खोप खरिद जीटुजी अर्थात् सरकारले सिधै सरकारसँग गर्नेगरी तयारी थालिएको छ। 

त्यस्तै सरकारले खोपका लागि आवश्यक पर्ने पूर्वाधारको विकास गर्ने तयारी थालिएको प्रवक्ता गौतमले बताए। मन्त्रालयले खोपका लागि कुटनीतिक प्रयास गरिरहेको भन्दै उनले भने, “हामीले सम्भावित खोप कम्पनीसँग कूटनीतिक हिसाबले छलफल गरिरहेका छौं। कूटनीतिक नोट पठाएका छौं। खोपै नबनेको अवस्थामा पूर्ण रूपमा लाग्न सकिएको छैन्।” 

खोप राख्ने संरचना बनाउन नै अर्बौ खर्चिनुपर्नेः

फाइजर कम्पनीले विकास गरेको खोप –७० डिग्री सेन्टिग्रेटको तापक्रम चाहिन्छ। तर, नेपालसँग अहिले दुई देखि आठ डिग्री सेन्टिग्रेटका खोप राख्ने संरचना मात्र छन्। 

नयाँ संरचना बनाउनकै लागी अर्बौ रूपैयाँ खर्च गर्नुपर्ने उनको भनाई छ। “हामीसँग अहिले दुई देखि ८ डिग्री सेन्टिग्रेट सम्म तापक्रममा भ्याक्सिन राख्न मिल्ने संरचना छन्। अहिले विकास भएको भनिएको खोप त –७० डिग्री सेन्टिग्रेटमा राख्नुपर्नेछ। नयाँ संरचना बनाउन ठूलो धनराशी चाहिन्छ।” उनले भने। 

विश्वबजारमा सहज रूपमा खोप विकास भएको खण्डमा नेपालले पनि सहज रूपमा खोप पाउने उनको भनाई छ। अहिले विश्वका धनी देशहरू नै खोपका लागि हानथाप गरिरहेका छन्। उनीहरूले विकास गरेको खोपले सतप्रतिशत काम गरेको खण्डमा नेपालले पनि पाउने उनले बताए। 

नेपालका कति जनसंख्यालाई खोप दिनुपर्छ?

अहिलेसम्म विकास भइरहेका खोप १२ वर्षभन्दा मुनीका बच्चाहरूका लागि होइनन्। ति खोपले पूर्ण रूपमा काम गरेको खण्डमा नेपालमा पनि १२ वर्षमुनीका बच्चालाई छोडेर अन्य पुरै जनसंख्या खोप दिईनेछ। 

सरकारले १२ वर्षमुनीका बच्चाहरूलाई छोडेर ९० प्रतिशत जनसंख्यालाई खोप दिनुपर्ने आकलन गरेको उनको भनाई छ। 

“१२ वर्षमुनीका बच्चा छोडेर सबैलाई लगाइन्छ। अहिलेसम्मको अन्य खोपको कुरा गर्दा पनि सतप्रतिशत खोप लगाउन सकिएको छैन्। अन्य खोप पनि ९० प्रतिशतसम्मलाई खोप दिन सकिएको छ। त्यही भएर ९० प्रतिशत जनसंख्यालाई खोप दिनुपर्छ भन्ने छ।” प्रवक्ता प्रा.डा. गौतमले भने। 

खोपको छनोट कसरी गर्ने?

प्रवक्ता प्रा.डा.का अनुसार खोपको छनोट गर्दा पाँच कुरामा ध्यान दिईन्छ। खोपको प्रभावकारी (इफेक्टिनेश), उपलब्धता (एभालिबिलिटी), मूल्य (कस्ट), कति वर्षलाई काम गर्छ (टाइम), कति तापक्रममा राख्नुपर्छ (टेम्प्रेचर) भन्ने कुरालाई हेरेर मात्र खोप छनोट गरिने उनको भनाई छ। 
“हामीले आफ्नो देशमा खोप बनाईरहेका छैनौं। अर्काको देशबाट किन्ने हो। किन्ने परेपछि किन नराम्रो किन्ने ? राम्रै किन्नुपर्छ। त्यही भएर हामीले धेरै कुरामा विचार गरेर मात्र किन्छौं।” उनले भने। 

नेपालमा कहिले हुन्छ क्लिनिकल ट्रायल ?

नेपालमा क्लिनिकल ट्रायलका लागि विभिन्न कम्पनीले अनुमति मागेका छन्। तर, सरकारले अहिलेसम्म कुनै पनि कम्पनीलाई त्यसका लागि अनुमति नदिएको प्रवक्ता गौतमको भनाई छ। 

“क्लिनिकल ट्रायल गर्न सकिन्छ। तर, त्यसका लागि अहिलेसम्म कुनै पनि कम्पनीलाई अनुमति दिएका छैनौं। पहिलो र दोस्रो चरण पार गरेका खोपलाई तेस्रो चरणमा क्लिनिकल ट्रायलका लागि अनुमति दिईन्छ। तर, अहिलेसम्म हामीले कसैलाई पनि अनुमति दिएका छैनौं।” डा. गौतमले भने। 

नेपालले खोप विकास नगरेको भन्दै अन्य देशमा बनेको खोपको परीक्षण भएरमात्र प्रयोगमा आउने उनको भनाई छ। “हामीले त खोप बनाएका छैनौं। अन्य देशमा बनेका खोप हाम्रा लागि कतिको भरपर्दौ छन्, त्यो परीक्षण गरेर मात्र प्रयोगमा ल्याउँछौं।” उनले भने। 

स्वास्थ्य कोभिड–१९ महामारी

नेपाललाई ६० लाख डोज कोरोनाविरुद्धको खोप दिने प्रतिबद्धता

प्रकाशित: मंगलबार, मंसिर २, २०७७ १९:२१
सारांशमा :
  • खोप विकास भएलगत्तै कोभ्याक्सले ६० लाख डोज खोप उपलब्ध गराउनेछ। 
  • खोपका लागि नेपालले २० र कोभ्याक्सले ८० प्रतिशत खर्च बेर्होनेछन्। 
  • अन्य खोपका लागि पनि नेपालले कूटनीतिक नोट पठाउने काम गरेको छ।
  • खोप निर्माता कम्पनीसँग पनि बेला बेला भर्चुअल छलफल भइरहेको छ। 
  • नेपालमा ९० प्रतिशत जनसंख्यालाई खोप दिनुपर्नेछ। 
  • खोपका लागि नेपालको अहिलेको संरचनाले काम गर्नेछन्। 
  • नयाँ संरचना तयार गर्न अर्बौ रूपैयाँ खर्चिनुपर्नेछ। 
पूरा पढ्नुहोस्

सिफारिस